Khabar Dabali Logo
  January 16, Sat

रसायन अभावपछि आयोजना बन्द: किसानको दूध गयो खेर

मङ्गलबारे । इलामका किसानले उत्पादन गरेको दूध बिक्न छाडेपछि किसान चिन्तित भएका छन् । विराटनगरस्थित दुग्ध वितरण आयोजनामा केमिकल सकिएकाले दूध बन्द गरेपछि किसान चिन्तित भएका हुन् ।

आयोजनाको पाउडर प्लान्ट बन्द भएपछि इलामबाट दूध निकासी बन्द भएको छ । गत मङ्सिर २५ गतेदेखि दूध बिक्री बन्द भएपछि इलामका किसानले उत्पादन गरेको दूग्ध खेर जाने स्थितिमा पुगेको छ । कतिपय किसानले निजी डेरीमा दूग्ध बेच्न थालेका छन् भने कतिपयले घरमै बिग्रिएको बताउन थालेका छन् ।

विभिन्न दुग्घ उत्पादक सहकारीमार्फत सङ्कलन भएको दूध चिस्यान केन्द्र हुँदै विराटनगर दुग्घ वितरण आयोजनामा पुग्ने गरेको थियो । आयोजनाको पाउडर प्लान्टमा चाहिने रसायन नभएपछि गत मङ्सिर २५ गतेदेखि इलामबाट विराटनगर दूग्ध निकासी बन्द भएको हो । दूध बिक्री बन्द हुँदा इलामका किसान मारमा परेका छन् ।

दूध किसान धातृप्रसाद निरौलाले दैनिकी आम्दानीका रुपमा बिक्री हुँदै आएको दूध बिक्न छोडेपछि समस्या आएको बताए । उनले यस्तो समस्या तत्काल नहटे आफूहरुले उत्पादन गरेको दूध खेर जाने बताए । पाउडर प्लान्टमा चाहिने रसायन भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताइएको छ । विराटनगर दुग्घ वितरण आयोजनाले भारतबाट ल्याउँदै गरेको रसायन ल्याउन नसक्दा यहाँका किसानले दूध बेच्न नपाएका हुन् ।

रसायन आउनासाथ सम्पूर्ण सङ्कलन केन्द्रबाट दूध लिन शुरु गरिने आयोजनाले जानकारी दिएको छ । आयोजनाले दूध पाउडर उत्पादनका साथै दैनिक उपभोक्तालाई दूध बिक्रीसमेत गर्दै आएको चिस्यान केन्द्र इलामका प्रमुख नन्दकुमार कोइरालाले बताए ।

इलामका विभिन्न दुग्घ उत्पादक सहकारीमार्फत सङ्कलन भई दैनिक १६ हजार लिटर दूध विराटनगर निकासी हुने गरेको छ । इलाम बाहेक पाँचथर, झापा, सुनसरी, धनकुटा जिल्लाबाट समेत दूध सङ्कलन हुने गरेकामा हाल बन्द भएको छ । तत्काल रसायन ल्याएर समस्या समाधानमा लाग्नुपर्ने किसानको माग छ । किसानले दैनिक उत्पादन गर्ने वस्तु बिक्री गर्न नपाउँदा समस्या आएको भन्दै स्थानीय र प्रदेश सरकारले पहल गरेर भए पनि समस्या समाधान गर्न माग गरेका छन् ।

पुस १ गते, २०७७ - १४:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रत्ननगरमा जिल्लाकै पहिलो आकाशे पुलको उद्घाटन

चितवन । पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार...   

महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो

संयुक्त राष्ट्रसंघ । विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको...   

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रधानमन्त्री मोदीद्धारा उद्घाटन

नयाँदिल्ली । भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री...   

देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली

काठमाडौँ । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको...   

चिसो बढेपछि ढोरपाटनमा ४५ दिनका लागि विद्यालय बन्द

बलेवा । चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारी चौरमा...   

दाङमा व्यावसायिकरुपमा माछापालन फस्टाउँदै, माछाको माग धान्न कठिन

दाङ । दाङमा पछिल्लो समयमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पहिलेको समयमा नदी, खोला र प्राकृतिक पोखरीमा...   

माघीमा थारू सङ्ग्रहालय अवलोकन गर्नेको सङ्ख्यामा वृद्धि

तुलसीपुर । दाङको थारू सङ्ग्रहालय अवलोकन गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । थारूको परम्परालाई हेर्न...   

मोटरसाइकल प्रयोग गरी सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

पर्वत । बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह...   

भारतद्वारा पाम आयलमा प्रतिबन्ध: नेपाली उद्योग धराशायी हुँदै

वीरगञ्ज । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग...   
विश्व ब्याडमिन्टन जुनियरतर्फको बरियतामा प्रिन्सको छलाङ

विश्व ब्याडमिन्टन जुनियरतर्फको बरियतामा प्रिन्सको छलाङ

काठमाडौँ । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top