


ललितपुरको ठैव–बाडेगाउँ मूल सडक अवरुद्ध


-
-
पुस १ गते, २०७७ - १४:१५

ललितपुर । सातदोवाटो–गोदावरी सडक खण्डअन्तर्गतको ठैव–बाडेगाउँ मूल सडक यही पुस ५ देखि २० गतेसम्म अवरुद्ध हुने भएको छ । सो सडक स्तरोन्नतिलगायत कालोपत्रका लागि नाली तथा ढल व्यवस्थापनको कार्य गरिने भएकाले आउँदो आइतबारदेखि अर्को हप्ता सोमबारसम्मका लागि बन्द हुने भएको हो ।
सो सडकअन्तर्गत ठाउँठाउँमा प्वाल खन्ने काम भइरहेको छ । आवश्यक प्वाल खन्न र पाइप हाल्न अनि यसलाई सुकाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न गोदावरी नगरपालिका–१४ का वडाध्यक्ष जगनाथ महर्जनले अनुरोध गरे । उनले भने, “तीस मिटर अन्तरमा सडक खनेर नाली तथा ढलका सामग्री हालिने भएको छ । यो काम हुँदा यस सडक यात्रा नगरिदिएर सहयोग पुर्याउन साविकका गोदावरी, बडिखेल, हाँडेगाउँ र बाडेगाउँवासीलाई विशेष आग्रह गर्दछु ।”
ती दिनमा गोदावरी र बडिखेलवासीले झरुवारासी अनि हाडेगाउँ तथा बाडेगाउँवासीले दमैटारको सडक प्रयोग गरिदिँदा दिनभरिको कामलाई निरन्तर अघि बढाउन सकिने महर्जनको बुझाइ छ । “यदि मौसम परिवर्तन तथा प्राविधिक समस्या हुन गएमा कार्यको मिति तथा समय पनि हेरफेर हुन सक्नेछ”, उनले थपे ।
केही वर्ष अघिदेखि सातदोवाटो–गोदावरी सडकको अवस्था एकदमै दयनीय बन्दै गइरहँदा आफूहरुले विभिन्न समस्या भोग्नुपरिरहेको स्थानीयवासी सविता महर्जनको गुनासो छ । “सडकमा भएका खाल्डाखुल्डी, हिलो र धुलोका कारण वर्षैपिच्छे दुर्घटना हुने र सडक छेउमै घर भएका कारण दैनिक उड्ने धुलोले भित्रसमेत बस्न कठिन भइरहेको छ”, महर्जनले भने ।
यसैगरी लगनखेल हुँदै गोदावरी एक टिप यात्री बोकेर गन्तव्यमा पुर्याउन पनि एक घण्टा बढी समय खर्च गर्नुपरिरहेको यहाँको चालकका आ–आफ्नै मर्म छन् । कहिले पूर्णरुपमा सातदोवाटो गोदावरी खण्डको सडक सुधार होला भन्ने कुरा अझै अन्योलमा नै रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
प्रेस सङ्गठनको भेला माघ ८ गते काठमाडौँमा गर्ने निर्णय
काठमाडौँ । प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीको आज सम्पन्न उपलब्ध सदस्यको बैठकले दोस्रो राष्ट्रिय...बेलायतका राजदूतमा रेग्मी नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य...स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी
गण्डकी । हिमाल पारिको जिल्ला मुस्ताङका किसान यतिखेर स्याउको कलमीमा जुटेका छन् । हिमाली क्षेत्रमा...नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि
काठमाडौँ । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया...स्थानीय तहमा वित्तीय पहुँच पुग्दै
बझाङ । बझाङ जिल्लाको एक स्थानीय तह बाहेक बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका...वन सुधार गर्न प्राविधिकको माग
काठमाडौँ । पछिल्लो समय निकै विवादमा रहेको वैज्ञानिक वन परिमार्जन अर्थात् सुधार गरी लागू गर्न वन प्राविधिकले...तनहुँ कालिका मन्दिर परिसरमा चौध बोरा फोहर
तनहुँ । गण्डकी प्रदेश सरकारले धार्मिक पर्यटनको गन्तव्यका रुपमा सूचीकृत गरेको तनहुँ कालिका मन्दिर...भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती
ब्रिस्बेन । अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल...सुडान झडपमा ८० भन्दा बढीको मृत्यु
सुडान । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...बेलकामा व्यावसायिक प्याराग्लाइडिङ शुरु हुँदै
उदउपुर । उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ...
