Khabar Dabali Logo
  January 24, Sun

दाङको पत्रेखोला पुल निर्माण काम शुरु

तुलसीपुर । दाङको पत्रेखोलाको पुल निर्माणको काम पुनः शुरु भएको छ । घोराही–तुलसीपुर सडकखण्डमा पर्ने पत्रेखोला पुलको पुनः डिजाइन स्वीकृत भएर आएपछि निर्माण शुरु भएको हो । पुलको सुपरस्ट्रक्चर डिजाइन स्वीकृत भएर आएपछि अहिले पुल ढलानको काम शुरु भएको सडक डिभिजन कार्यालय दाङका इञ्जिनीयर अमिर सुवेदीले बताए ।

यसअघि सोही खोलामा दुईवटा पिलर मात्रै निर्माण गरिएको थियो । विसं २०७३ मा पुलको सुपरस्ट्रक्चर नमिलेको भन्दै पुनः पुलको डिजाइन गर्नुपर्ने भएपछि पुल निमार्णको काम रोकिएको थियो । यही पुसमा काम सक्नुपर्ने भए पनि कोरोनाका कारणले काम शुरु हुन नसकेकाले छ महिनाका लागि पुनः म्याद थप गरिएको छ ।

दुई वर्षभित्र पुल निमार्णको काम सक्ने गरी विसं २०७१ असोज ११ गते निमार्ण कम्पनी शङ्करमाली निमार्ण सेवाले ठेक्का सम्झौता पाएको भए पनि पटक–पटक म्याद थप गर्दा पनि पुल निर्माणको काम अघि बढ्न सकेको थिएन । अहिले पनि पुनः शङ्करमालीले नै निर्माणको जिम्मा पाएको छ । सोही पुल निर्माणका लागि रु साढे चार करोड बजेट रहेको उहाँको भनाइ छ । पुल निर्माण नहुँदा यात्रुहरुले निकै सास्ती खेप्नुपरेको छ । बर्खामा बाढी आएमा आवतजावत नै ठप्प हुने गर्छ ।

मंसिर ३० गते, २०७७ - ११:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लीकनको आग्रह

वासिङट्न । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति...   

व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित

वाग्मती । मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् ।...   

कृषकलाई एक लाख जडीबुटीको बिरुवा वितरण गरिने

भोजपुर । नाङ्गा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडीबुटीको बिरुवा वितरण गरिने...   

भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु...   

श्रीलङ्काद्धारा कोरोनाका कारण बन्द सीमा सबै देशका लागि खुला

कोलम्बो । श्रीलङ्काले कोभिड १९को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै...   

भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा

चितवन । राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग...   

डेढ वर्षीय बालकको डुबेर मृत्यु

रौतहट । दुर्गाभगवती नगरपालिका १ कोईरी टोल बस्ने अनन्त महतोको डेढ वर्षीय छोरा छपुकुमार महतोको घर अगाडि...   

आफ्नै आमाको हत्या गरेको अभियोगमा ३३ वर्षीय प्रेम पक्राउ

तनहुँ । आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका ११ दरैपधेरो बस्ने...   
शुक्लाफाँटाका काउलीले बजारमा मूल्य पाएन

शुक्लाफाँटाका काउलीले बजारमा मूल्य पाएन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा...   
नेपालमै चिनिँदैन अर्थोडक्स चिया

नेपालमै चिनिँदैन अर्थोडक्स चिया

इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top