Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

बालाजु–त्रिशूली–छहरे सडक निर्माण अन्तिम चरणमा

काठमाडौँ । बालाजु–त्रिशूली–छहरे सडकअन्तर्गतको छहरेदेखि गङ्गटेसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ । तीन ठेक्कामा निर्माण भइरहेको यो सडकमा पछिल्लो समयमा सबैभन्दा बढी भौतिक प्रगति यो खण्डमा देखिएको छ ।

जम्मा ११ किमी लम्बाइको सडकमा नौ किमी कालोपत्र भइसकेको बालाजु–त्रिशूली–छहरे सडक योजनाले जनाएको छ । तिहारलगत्तै सडक निर्माणको काम धमाधम भइरहेको योजना प्रमुख जगत प्रजापतिले बताए । काम नियमित हुँदा अबको एक महिनामा सकिने देखिएको छ । ढिकुरेमा जग्गासम्बन्धी विवादका कारण झण्डै २०० मिटरमा निर्माण अघि बढ्न नसके पनि अरु खण्डमा निर्माण सम्पन्न हुने उनले बताए । उनले भने, “ढिकुरेमा मुआब्जाका लागि जग्गाको मूल्य निर्धारण भए पनि स्थानीयवासीले त्यसमा चित्त बुझाउनुभएको छैन ।”

त्यो ठाउँलाई छाडेर अन्यत्र सडक कालोपत्रको काम भइरहेको प्रमुख प्रजापतिले बताए । छहरेबाट शुरु गरेर त्रिशूलीतर्फको सडक निर्माण अघि बढाइएको छ । समग्रमा छहरेबाट उता प्रगति राम्रो छ । सात वर्ष पहिले शुरु भएको यो सडकमा निर्माण कम्पनीलाई सडक विभागले अहिलेसम्म चारपटक अवधि थपिसकेको उनले बताए । सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधनअनुसार पछिल्लोपटक गत फागुनमा रुग्ण ठेक्कालाई अन्तिमपटक एक वर्ष अवधि थप भएको थियो । आयोजनाअन्तर्गतका अरु दुई ठेक्कामा अझै अर्कोपटक अवधि थप्न आवेदन आइसकेको उनले जनाए । उनले थपे, “यो खण्डमा मुआब्जा विवाद भएका ठाउँबाहेक अरु ठाउँमा पुससम्ममा सकिनेछ ।”

यो सडकको जम्मा तीन ठेक्कामा निर्माणको काम अघि बढाइएको छ । आयोजनाले बालाजुबाट त्रिशूली ५५ किमी र त्रिशूलीबाट छहरे ११ किमी गरेर यो आयोजनाले ६६ किमी हेरिरहेको छ । विसं २०७०/७१ मा ठेक्का सम्झौता भएको थियो । बालाजु–त्रिशूली सडकको निर्माण भने अझै पनि सुस्त छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies