


प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि कास्कीबाट १६ खेलाडी छनोट


-
-
मंसिर ३० गते, २०७७ - १०:१३

कास्की । कास्की जिल्ला क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय त्रिकेट प्रतियोगिताका लागि कास्की जिल्लाबाट पुरुष खेलाडी छनोट गरेको छ । गत मङ्सिर २३ देखि २९ सम्म पोखरा रङ्गशालामा आयोजना गरिएको क्लबस्तरीय छनोट प्रतियोगिताबाट दुई वैकल्पिकसहित १६ खेलाडी छनोट गरिएको क्रिकेट सङ्घका जिल्ला अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए।
छनोट भएका खेलाडीमा विपीन खत्री (कप्तान), दिपेश खत्री, अभिषेक थापा, साहिल कार्की, अरुण अधिकारी, सुदीप पौडेल, अर्जुन कुमाल, कृष्ण पौडेल, अमृत गुरुङ, विश्व कार्की, रमेश बस्नेत (विकेट किपर), सुवास भण्डारी, नितेश गिरी र देव साह छन्।
यसैगरी वैकल्पिक खेलाडीमा विकास क्षेत्री र तेजेन्द्र घर्तीमगर तथा टोली प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापक चन्द्रकुमार गुरुङ छन् । सङ्घका अध्यक्ष सिग्देलका अनुसार छनोट भएका खेलाडी आगामी पुस ३ देखि शुरु हुने प्रादेशिक छनोट प्रतियोगिताका लागि पुस १ गतेदेखि पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । प्रदेश छनोटमा कास्कीसहित नवलपुर, तनहुँ र स्याङजाको टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
चार जिल्लाका खेलाडीबीचको प्रतिस्पर्धाबाट गण्डकी प्रदेशस्तरीय टोली छनोट गरी पुस ११ देखि सञ्चालन हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेशको टोलीले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला क्रिकेट सङ्घले जनाएको छ ।
साङ्ग्रिला क्लबस्तरीय क्रिकेटको च्याम्पियन
साङ्ग्रिला क्रिकेट क्लब जिल्ला क्रिकेट सङ्घले आयोजना गरेको क्लबस्तरीय छनोट प्रतियोगिताको विजेता बनेको छ । सोमबार पोखरा रङ्गशालामा भएको प्रतियोगितामा साङ्ग्रिलाले माछापुच्छ«े क्रिकेट क्लबलाई २८ रनले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको साङ्ग्रिला क्रिकेट क्लबले ३५ दशमलव एक ओभर खेल्दै १४९ रन बनाएको थियो । जीतका लागि १५० रनको लक्ष्य पछ्याएको माछापुच्छ«ले १२१ रन मात्र बनाउन सफल भएको थियो । प्रतियोगितामा साङ्ग्रिला क्रिकेट क्लब, माछापुच्छ«े क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब, अरण्यज्योति क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र राइजिङ पोखरा क्रिकेट क्लबसहित छ टोलीले सहभागिता जनाएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अन्य दलसँग मिलेर नयाँ सरकार निर्माण गर्न लागेपछि संसद् विघटन : गृहमन्त्री थापा
सोलु । गृहमन्त्री रामबहादुर थापाले संसद् विघटनलाई अग्रगामी कदम भएको बताएका छन् । नेकपाद्वारा आज...ओलीलाई स्पष्टीकरण पत्र बोकेर प्रचण्ड नेपाल पक्ष बालुवाटारमा
काठमाडौं । नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई तीन...प्रधानमन्त्रीलाई संसदमा अवरोध नहुँदा पनि विघटन गरिएकाेमा आपत्ति, बहस मङ्गलबार पनि हुने
काठमाडाै । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा...संसद विघटन गर्न नमिल्ने सुवास नेम्वाङको टिप्पणी पुग्यो सर्वाेच्चको इजलासमा
काठमाडौं । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संविधानअनुसार प्रतिनिधि सभा विघटन गर्न नमिल्ने...राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारवाहीसहितको...यतिबेला ओलीलाई मुख देखाउनै कठिन भएको छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले यतिबेला प्रधानमन्त्री केपी शर्मा...रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ । रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । प्रहरीका अनुसार अपार्टमेन्टको माथिल्लो...अतिक्रमणको प्रतिकारमा नेपाली, हिलेमा स्थानीयवासीको प्रतिकारपछि भारतीय पक्ष पछि हट्यो
मङ्गलबारे । भारतीयले नेपालतर्फको भूभाग मिच्नु र मिच्न खोज्नु नौलो विषय होइन । पटकपटक भारतीय सीमासुरक्षा...बेलायतबाट आएका तीन जनामा देखियो नयाँ प्रकारको कोरोना संक्रमण
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट...लगातार ओरालो लाग्दै सुनको मुल्य, आज तोलामा कति घट्यो ?
काठमाडौं । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि...
