


देश समृद्ध हुन पहिला जनता निरोगी हुनुपर्छ : मन्त्री थापा


-
-
मंसिर २९ गते, २०७७ - १८:२६

चितवन । गृहमन्त्री रामबहादुर थापाले निरोगी जनता भए मात्र समृद्ध देश निर्माण गर्न सकिने बताएका छन् । भरतपुर महानगरपालिका–१ मा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको अवलोकन भ्रमण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देश समृद्ध हुन पहिला जनता निरोगी हुनुपर्ने उल्लेख गरे । “नेपाली रोगी छन् भने सुखी हुन सक्दैनन्”, उनले भने, “सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पनि पूरा हुँदैन । देश समृद्धतर्फ पनि जान सक्दैन ।”
मन्त्री थापाले कोभिड–१९ ले अर्थतन्त्र र समृद्ध नेपाल निर्माणमा ठूलो असर पारेकाले अव स्वास्थ्य हुँदै निरोगी नेपाली, समृद्ध नेपालको निर्माणमा अगाडि बढ्नु पर्ने उनको भनाइ थियो । सरकारले यस्ता प्राकृतिक चिकित्सालय निर्माणमा विशेष जोड दिने प्रतिबद्धता पनि मन्त्री थापाले व्यक्त गरे।
भरतपुर महानगरपालिकाको व्यवस्थापनमा सञ्चालनमा रहेको चिकित्सालयले हालसम्म ३८६ जनाको सफल उपचार गरिसकेको छ । प्राकृतिक चिकित्साको मध्यमबाट उपचार गर्ने चिकित्सालयमा लक्षण नदेखिएका बिरामीलाई उपचार गर्दै आइरहेको छ ।
राष्ट्रिय परिचय–पत्र वितरण शुरु
चितवनमा आजदेखि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज आयोजित कार्यक्रममा गृहमन्त्री थापाले तीन जनालाई परिचयपत्र हस्तान्तरण गर्नुभयो । सो अवसरमा मन्त्री थापाले हरेक मानिसको अभिलेखीकरणका लागि परिचयपत्र अति आवश्यक भएकाले सरकारले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीब्रता दिने बताए ।
परिचयपत्रले देशमा शान्ति सुरक्षाको क्षेत्रमा पनि महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । दुई वर्षभित्र सम्पूर्ण नेपालीको हातहातमा परिचयपत्र पुगिसक्ने मन्त्री थापाले बताए। अब जिल्लाको माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा परिचयपत्रका लागि तथ्याङ्क सङ्कलनको काम बाँकी छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
शैक्षिक सत्र जेठसम्म लम्ब्याउने तयारी
काठमाडौं । कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक...आयोगको निर्णयपछि उपाध्यक्ष गौतमले भने: अब म दुवै समूहलाई एकतामा ल्याउँछु
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार...शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले भने: अब तेस्रो जनआन्दोलन सुरु भयो
काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरुद्ध नागरिक आन्दोलन भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेकोे छ...चौतारोमा बसेर अध्यक्ष घोषणा गर्नेलाई निर्वाचन आयोगले उचित जवाफ दियाे : प्रधानमन्त्री ओली
काठमाडाौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई लक्षित गर्दै चौतारीमा बसेर पार्टी...नागरिक आन्दोलनमा प्रहरीको हस्तक्षेप, पत्रकार वाग्लेसहित प्रदर्शनकारी घाइते
काठमाडौँ । बृहत नागरिक आन्दोलनमा नेपाल प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले...गृहमन्त्री थापाले भने : चुनावको मिति पछाडि सर्न सक्छ
कालिकोट । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन...केपी ओलीको पार्टी धुलो छाप पार्टी हो, कोही नजानुहोला : नेपाल
काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको...निर्वाचन आयोग आफ्नो जिम्मेवारीबाट पन्छियो : बर्षमान पुन
बुटवल । नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका नेता वर्षमान पुनले निर्वाचन आयोग आफ्नो...प्रचण्डले शिलान्यास गरेको राप्ती नदीको पुल प्रधानमन्त्रीद्वारा उद्घाटन
लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा...ओलीले गर्ने सभा जत्रो भएपनि उनले कलंकको टीका लगाइसके : प्रचण्ड
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा...

प्रतिकृया लेख्नुहोस्:
- आयोगको निर्णयपछि उपाध्यक्ष गौतमले भने: अब म दुवै समूहलाई एकतामा ल्याउँछु
- शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले भने: अब तेस्रो जनआन्दोलन सुरु भयो
- चौतारोमा बसेर अध्यक्ष घोषणा गर्नेलाई निर्वाचन आयोगले उचित जवाफ दियाे : प्रधानमन्त्री ओली
- लुटपाट गरेको अभियोगमा २३ वर्षीय सूर्य पक्राउ
- नागरिक आन्दोलनमा प्रहरीको हस्तक्षेप, पत्रकार वाग्लेसहित प्रदर्शनकारी घाइते
- निर्वाचन आयोग आफ्नो जिम्मेवारीबाट पन्छियो : बर्षमान पुन
- प्रचण्डले शिलान्यास गरेको राप्ती नदीको पुल प्रधानमन्त्रीद्वारा उद्घाटन
- ओलीले गर्ने सभा जत्रो भएपनि उनले कलंकको टीका लगाइसके : प्रचण्ड
- प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन
- काभ्रेमा तीन हजार पाँच सय कोरोना–भ्याक्सिन आवश्यक