Khabar Dabali Logo
  January 19, Tue

विद्युतीय यातायात बोर्डको कार्यालय स्थापना

वाग्मती । वाग्मती प्रदेश सरकारले ऊर्जा किफायती विद्युतीय बस व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्नका लागि प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको कार्यालय स्थापना गरेको छ ।

प्रदेश सरकारले स्थापना गरेको बोर्ड कार्यालयको हेटौँडामा आज वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले उद्घाटन गर्दै प्रदेश सरकारले विसं २०८५ वैशाखसम्म खनिज इन्धनजन्य यातायातका सवारीसाधन विस्थापन गरी प्रदूषणरहित तथा नवीकरणीय ऊर्जामा आधारित यातायात सेवा सञ्चालनमा ल्याउने योजना अघि बढाएको जानकारी दिए ।

उनले सबै स्थानीय तहसँग सहकार्य गरी आवश्यक स्थानमा पुनर्भरण केन्द्र (चार्जिङ स्टेसन), रिफ्रेस सेन्टर र व्यवस्थित बसपार्क स्थापना गरी विद्युतीय र नवीकरणीय ऊर्जाबाट सञ्चालन हुने बसको उचित व्यस्थापन गरिने पनि बताए ।

उनका अनुसार पहिलो चरणमा काठमाडौँको चक्रपथका साथै काठमाडौँ–मकवानपुर सडकखण्डलाई प्राथमिकतामा राखी विद्युतीय बस सेवा सञ्चालनको योजना अघि बढाइने छ ।

सोही अवसरमा भौतिक विकास मन्त्रालयका सचिव एवं प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्ड सञ्चालन समितिका अध्यक्ष सञ्जीव बरालले यातायात क्षेत्रलाई अब प्रदेश सरकारमार्फत सञ्चालन गर्ने अवधारणानुरुप बोर्ड गठन गरिएको बताए ।

उनले हाल सञ्चालन भइरहेको यातायात प्रणालीलाई व्यवस्थापन गर्न नसकिएको अवस्थामा बोर्डले त्यसको सहज व्यवस्थापन गर्ने जानकारी दिए । बोर्डका नवनियुक्त निमित्त कार्यकारी निर्देशक डा सहदेवबहादुर भण्डारीले निश्चित समयभित्र खनिज इन्धनबाट चल्ने सवारीसाधनलाई विस्थापन गर्दै विद्युतीय सवारीलाई प्राथमिकता दिने प्रदेश सरकारको दीर्घकालीन लक्ष्य क्रमशः कार्यान्वयन गर्दै सफल बनाउन बोर्डले भूमिका खेल्ने बताए ।

बोर्डमा विभिन्न तहमा गरी १७ जना जनशक्ति परिचालन हुने बताइएको छ । प्रदेश सरकारले प्रदेशभरी विभिन्न सडक मार्गमा ३० भन्दा बढी विद्युतीय बस सञ्चालन गर्ने योजना अघि बढाएको छ ।

मंसिर २९ गते, २०७७ - १७:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रेस सङ्गठनको भेला माघ ८ गते काठमाडौँमा गर्ने निर्णय

काठमाडौँ । प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीको आज सम्पन्न उपलब्ध सदस्यको बैठकले दोस्रो राष्ट्रिय...   

बेलायतका राजदूतमा रेग्मी नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य...   

स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी

गण्डकी । हिमाल पारिको जिल्ला मुस्ताङका किसान यतिखेर स्याउको कलमीमा जुटेका छन् । हिमाली क्षेत्रमा...   

नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि

काठमाडौँ । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया...   

स्थानीय तहमा वित्तीय पहुँच पुग्दै

बझाङ । बझाङ जिल्लाको एक स्थानीय तह बाहेक बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका...   

वन सुधार गर्न प्राविधिकको माग

काठमाडौँ । पछिल्लो समय निकै विवादमा रहेको वैज्ञानिक वन परिमार्जन अर्थात् सुधार गरी लागू गर्न वन प्राविधिकले...   

तनहुँ कालिका मन्दिर परिसरमा चौध बोरा फोहर

तनहुँ । गण्डकी प्रदेश सरकारले धार्मिक पर्यटनको गन्तव्यका रुपमा सूचीकृत गरेको तनहुँ कालिका मन्दिर...   

भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती

ब्रिस्बेन । अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल...   

सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

सुडान । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...   

बेलकामा व्यावसायिक प्याराग्लाइडिङ शुरु हुँदै

उदउपुर । उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top