Khabar Dabali Logo
  January 19, Tue

वीरेन्द्रनगरमा खानेपानीको अभाव भएपछि भेरीको पानी ल्याइदै

सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको समस्या भएपछि भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने योजना ल्याइएको छ ।

खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने भएको हो । डेढ लाख जनसङ्ख्या रहेको वीरेन्द्रनगरमा कर्णाली प्रदेशको राजधानी भएपछि बढ्दो शहरीकरण तथा जनसङ्ख्याका कारण पानीको समस्या छ । वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले पानी पु¥याउन सकेको छैन ।

विसं २०५७ मा स्थापित सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था ९झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था०ले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ । आयोजनाले झुप्रा खोलाको पानीलाई शुद्ध गरेर उपत्यकामा पानी वितरण गरे पनि मागअनुसार पानी उपलब्ध हुन सकेको छैन ।

वीरेन्द्रनगरको खानेपानी आयोजना प्रदेश सरकारको पहिलो प्रथामिकताको आयोजना भएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए । प्रदेश राजधानीको प्राथमिकतामा भएकाले यो आयोजनामा प्रदेश सरकारको पहिलो लगानी हुने मन्त्री ज्वालाले प्रतिबद्धता जनाए ।

सोका लागि प्रदेश सरकारले रु एक अर्ब रकम छुट्याइएको उनले जानकारी दिए। आयोजना ठूलो र बृहत भएकाले सङ्घीय सरकारले नेतृत्व लिनुपर्ने ज्वालाले बताए। सङ्घीय सरकारको नेतृत्वमा प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले काम गर्नुपर्ने तथा त्यसका लागि आवश्यक बजेट चालू आर्थिक वर्षमै प्रदेश सरकारले व्यवस्था गर्ने उनले जनाए।

प्रदेशको मुटुमा रहेको ठूलो तथा बहुप्रतिक्षित खानेपानी आयोजना भएकाले लामो समयका लागि योजना निर्माण गरिएको खानेपानी विभागका उपमहानिर्देशक सूर्यराज कँडेलले बताए । प्रदेश राजधानीको खानेपानी समस्या दीर्घकालीन रुपमा समधान गर्न यो आयोजना परिकल्पना गरिएको उनले जानकारी दिए ।

तीन तहको सरकारको स्रोत जुटाएर आयोजना सम्पन्न गर्ने उनको भनाइ छ । जलवायु अनुकूलन बृहत खानेपानी आयोजनाअन्तर्गत भएकाले यसमा १० प्रतिशत सहभागिता चाहिने कँडेलले बताए। उनले यहाँको जग्गा, रकमको स्रोतलगायतका काम टुङ्गिएमा तत्काल प्राविधिकले अन्तिम डिजाइनको काम गर्ने जानकारी दिए ।

सङ्घीय सरकारले नेतृत्व गरेको बृहत खानेपानीमा प्रदेश सरकारसँगै नगरपालिकाले पनि सहयोग गर्ने नगर प्रमुख देवकुमार सुवेदीले प्रतिबद्धता जनाए। कामको विभाजन गर्दा गर्नुपर्ने कामको जिम्मेवारी लिने भन्दै आवश्यक बजेट, जग्गा प्राप्तिमा सहजीकरणलगायतका काममा साझेदारी गर्न नगरपालिका तयार रहेको प्रमुख सुवेदीले बताए।

वीरेन्द्रनगरमा खानेपानी समस्या समधान गर्न आगामी ३० वर्षका लागि योजना तयार गरिएको अध्ययन टोली सदस्य तथा विज्ञ प्रशान्त मल्लले बताए । वीरेन्द्रनगरमा हाल १० वटा स्किम रहेकामा यो योजना निमार्ण भए २४ वटा स्किम रहने उनले जनाए । वीरेन्द्रनगरमा सहज रूपमा पानी व्यवस्थापन गर्न भेरीबाट ७० प्रतिशत पानी आपूर्ति हुने र बाँकी ३० प्रतिशत पुरानै मुहान झुप्राखोलाबाट आपूर्ति हुने उनले बताए।

अहिले तयार पारेको रिर्पोट अनुसार करिब रु छ अर्ब रकम लाग्ने अनुमान गरिएको छ । भेरी नदीमा निमार्ण हुने ट्याङ्कीका लागि रु ५० करोड, मुहानबाट अमृतडाँडासम्मका लागि रु एक अर्ब ५० करोड तथा वीरेन्द्रनगर उपत्यकाभित्र विस्तारका लागि रु चार अर्ब ६७ करोड लाग्ने अनुमान गरिएको छ ।

उपत्यकामा पानीको अभाव कम गर्न भेरीको पानीलाई तानेर ल्याउने योजना बनाएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए । उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार हाल वीरेन्द्रनगरमा २७ लाख लिटर पानी प्रतिदिन अपुग रहेको छ ।

मंसिर २९ गते, २०७७ - १४:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कम्युनिस्टको नाममा अलोकतान्त्रिक शासनको जन्म भयो : योगेश भट्टराई

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका स्थायी समिति सदस्य योगेश भट्टराईले कम्युनिस्ट पार्टीको नाममा...   

नेपाली बाबाको उपनामले प्रख्यात घिमिरेको निधन, पशुपतिमा अन्त्येष्टि

काठमाडौं । नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति...   
भारतको सुरतमा दुर्घटना: १५ को मृत्यु, मोदीद्धारा राहतको घोषणा

भारतको सुरतमा दुर्घटना: १५ को मृत्यु, मोदीद्धारा राहतको घोषणा

नयाँदिल्ली । भारतको गुजरात राज्य अन्तर्गत पर्ने सुरतको कासाम्बा क्षेत्रमा भएको ट्रक दुर्घटनामा परी...   

अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

ब्युनस आयर्स । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको...   

निर्वाचनका लागि तयार रहन आग्रह

रसुवा । सरकारले तोकेको समयमा आम निर्वाचन सम्पन्न गराउने कार्यका लागि पूर्व तयारी अवस्थामा रहन यहाँका...   

विद्युत् महसुल नबुझाउने ग्राहकको काटियो लाइन

लहान । लामो समयदेखि विद्युत् महसुल नबुझाउने ९० जना ग्राहकको विद्युत् लाइन विद्युत् प्राधिकरण वितरण...   

प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा...   

लेकसाइडस्थित बैदाम प्रहरीमा पहिलोपल्ट महिला इन्चार्ज : सुरक्षा चुनौती सम्हाल्दै

कास्की । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदाममा पहिलोपल्ट इन्चार्जको...   

दार्चुलामा तरकारी उत्पादन बढ्दो

दार्चुला । दार्चुलालाई तरकारीमा आत्मनिर्भर बनाइने भएको छ । जिल्लाका सबै स्थानीय तह, प्रदेश सरकार,...   

संसद विघटन मुद्दाः संवैधानिक इजलासमा आजको बहस सुरू

काठमाडौं । संसद विघटनविरूद्ध परेका मुद्दाहरूमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबारको बहस...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top