


सुत्केरीलाई कहिले घ्युको ठेकी त कहिले भाले


-
-
मंसिर २९ गते, २०७७ - १३:०२

बाग्लुङ । सुत्केरीलाई स्वास्थ्य संस्थामा पु¥याउनका लागि बाग्लुङको बरेङ गाउँपालिकाले पृथक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । गाउँपालिकाले कहिले घ्युको ठेकी त कहिले भाले सुत्केरी र गर्भवतीलाई बाँड्दै आएको छ ।
गत वर्ष सञ्चालन गरिएको सुत्केरीलाई कुखुराको भाले र घ्यु कार्यक्रम प्रभावकारी देखिएपछि यस वर्ष पनि उपहारको कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता दिएको छ ।
संस्थागत सुत्केरी र मातृशिशु मृत्युदर कम गर्न गाउँपालिकाले कार्यक्रम बनाएको छ । साथै गर्भजाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने गर्भवतीलाई अण्डा तथा आयोडिन नून वितरण र ‘उपाध्यक्षसँग संस्थागत सुत्केरी उपहार कार्यक्रम’ चालू वर्षमा सञ्चालन गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष डिलकुमारी पुनले सुत्केरी र गर्भवतीका लागि गाउँपालिकाले यो कार्यक्रमअन्तर्गत घरघरमै पुगेर भाले उपहार दिने गरेको बताए ।
“कार्यक्रमले जाँगर पैदा गरेको छ, देख्दा सानो तर मातृशिशु मृत्युदर घटाउन प्रभावकारी मानेका छौँ”, गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, “सानो उमेरमा गर्भ बोक्न हुन्न, समयमा घटना दर्ता गर्नुपर्छ र गर्भावस्थाको जाँच गर्नुपर्छ भन्ने सन्देश प्रवाह भएको छ ।”
चालू वर्षको पछिल्लो पाँच महिनामा सो गाउँपालिकामा ६१ सुत्केरीलाई भाले वितरण गरिएको छ । छुटेका केही सुत्केरीलाई वितरणको तयारी भइरहेको अध्यक्ष शर्माले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बर्दीमै तास खेल्ने १४ प्रहरीलाई कारवाही
सर्लाही । सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई...टी–१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएईतर्फ
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब...भोलिदेखि सप्ताहव्यापी शहीद दिवस
काठमाडौं । विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले भोलि (माघ १०) देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा...वाग्मती प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने
वाग्मती । वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा...वाग्मती प्रदेशका तीन प्रहरी कर्मचारी निलम्बनमा
वागमती । सवारी चालकसँग घुस रकम लिने तीन जना प्रहरी कर्मचारीलाई पछिल्लो पटक वाग्मती प्रदेश प्रहरी कार्यालय...आन्दोलनका विषयमा फैलाइएका कुनै पनि भ्रममा नपर्न प्रचण्ड–नेपाल समूहको अपिल
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्षमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल...नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब
काठमाडाै । धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । लगातार उकालो लाग्दै...ओलीलाई लगाइएका अभियोगपत्र फिर्ता लिएमा पार्टी एकता हुन्छ : पौडेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं नेकपाका महासचिव महासचिव विष्णुप्रसाद...ओली कम्युनिस्ट हुन लायकै छैनन, त्यसैले साधारण सदस्यबाटै निष्काशन गर्दैछौ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट...सांसद किनबेचकाे खेल भएपछि प्रतिनिधिसभा विघटन भयो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू...
