Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

राँके–रवि–भेडेटार सडकलाई गति दिन तत्कालै उपयुक्त निर्णय हुन्छ : मन्त्री नेम्वाङ

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राँके–रवि–भेडेटार सडक निर्माण कार्यलाई गति दिन तत्कालै उपयुक्त निर्णय लिइने बताएका छन् । निर्माण कार्यमा उल्लेख्य प्रगति नभएपछि आइतबार स्थलगत निरीक्षणमा आएका मन्त्री नेम्वाङले सडक निर्माणको कार्य अब अहिलेकै अवस्थामा रहन नसक्ने बताए।

भारत सरकारको सहयोगमा निर्माणाधीन यो सडकको हालसम्म भौतिक प्रगति ४३ प्रतिशत हुनुपर्नेमा हालसम्म करीब १२ प्रतिशत मात्रै प्रगति देखिएपछि मन्त्री नेम्वाङले चाँडै उपयुक्त निर्णय लिइने बताएको हो । “परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग कुरा भइसकेकाले अब ठेक्का तोड्ने वा निश्चित समयमै ठोस प्रगति गर्न लगाउने विकल्प मात्रै बाँकी छन्”, स्थलगत निरीक्षणपछि पाँचथर–धनकुटा सीमावर्ती छनम्बर बुधबारे बजारमा आयोजित अन्तरक्रियामा मन्त्री नेम्वाङले भने, “जे गर्दा यो सडक निर्माण चाँडो पूरा हुन्छ, मन्त्रालयले सोहीअनुसारको निर्णय लिन्छ ।”

उक्त सडक निर्माणको ठेक्का पाएको भारतीय कम्पनी एप्कोका प्रतिनिधिको कुरा सुनेपछि मन्त्री नेम्वाङले निर्माण कम्पनीबाट समस्या सिर्जना गर्ने र दोषारोपण गर्ने काम भएको बताए । उनले स्थानीयवासीको सुझावका आधारमा निर्णय लिई सडक निर्माणलाई गति दिने दृढता व्यक्त गरे। “अहिलेकै गतिले यो सडक समयमा निर्माण पूरा भई जनताले सेवा लिन पाउने अवस्था बन्दैन, यही मन्त्रालयको निष्कर्ष हो ।” मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले समस्या सिर्जना गर्ने तर समाधान गरेर निर्माण कार्यलाई द्रूत पार्न नचाहने प्रवृत्तिले समस्या ल्याएको बताए ।

भारत सरकारको सहयोगमा निर्माणाधीन यो सडक निर्माण कार्यमा उल्लेख्य प्रगति हुन नसकेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री र सचिवको टोलीले स्थलगत निरीक्षण गरेको हो । मेची र कोशी राजमार्ग जोड्ने यो सडकको विसं २०७५ पुस २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। एक सय एक किलोमिटर लामो यो सडक निर्माणको हालसम्म ४३ प्रतिशत भौतिक प्रगति हुनुपर्नेमा करिब १२ प्रतिशत प्रगति देखिएपछि मन्त्रालयको टोली स्थलगत निरीक्षणमा आएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङ, मन्त्रालयका सचिव श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मालगायतको टोलीले आइतबार यो सडकको चिसापानी पञ्चमीदेखि भेडेटारसम्म निर्माण अवस्थाको निरीक्षण गरेको छ । सरकारले विशेष चासोमा राख्दाराख्दै पनि निर्माण कार्यमा प्रगति नदेखिएपछि आगामी योजना तय गर्न मन्त्रालयको टोलीले स्थलगत निरीक्षण गरेको हो ।

टोलीले निर्माणको अवस्थाबारे स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, निर्माण कम्पनी तथा राँके–रवि–भेडेटार सडक आयोजना कार्यालयसँग अन्तक्र्रिया गरेको हो । मन्त्री नेम्वाङले चिसापानी पञ्चमी, कन्याटार, छनम्बर बुधबारे, राजारानी र भेडेटारमा स्थानीयवासीसँग सडक निर्माणमा भएको ढिलासुस्तीबारे प्रत्यक्ष जानकारी लिएका थिए। यस्तै राँके–रवि–भेडेटार सडक आयोजना कार्यालयको आयोजनामा पाँचथर–धनकुटा सीमावर्ती छनम्बर बुधबारेमा सर्वपक्षीय अन्तरक्रियासमेत सम्पन्न भएको छ । अन्तक्र्रियामा सहभागी जनप्रतिनिधि तथा स्थानीयवासीले ठेक्का तोडेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा धनकुटाको चौबीसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ, मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष उर्मिला राईलगायतले निर्माण व्यवसायी गैरजिम्मेवार हुँदा समयमा निर्माण सम्पन्न नहुने अवस्था आएको बताए । यस आयोजनाका लागि भारतको आयात–निर्यात ९एक्जिम० बैंकको ऋण सहयोगमा अमेरिकी डलर तीन करोड २६ लाख १८ हजार ५४१ मा ठेक्का सम्झौता भएको छ । यति लामो सडकखण्डमा केही ठाउँमा कल्भर्ट निर्माण गर्नुपर्ने भए पनि सडक पुल भने कहीँ पनि निर्माण गर्नु नपर्ने आयोजना प्रमुख अभिमनदास मुल्मीले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies