Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

गोही प्रजनन केन्द्रमा भालेको अभाव

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा भालेको अभाव भएको छ । त्यहाँ रहेको एउटा भालेले प्रजननमा काम गर्न छाडेपछि अभाव भएको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार भालेले काम नगरेपछि गत वर्ष त्यहाँका ११ वटा पोथीले पारेका ३०० हाराहारी अण्डा खेर गएका छन् । चैत महिनापछि गोहीले अण्डा पार्दछन् । हाल रहेको भाले ४२ वर्ष उमेरको छ । अन्तर्राष्ट्रिय अनुसन्धानमा भालेले ५० वर्षसम्म प्रजनन गर्नसक्ने भनिए पनि यहाँको भालेले काम नगरेको खड्काको भनाइ छ । गोहीको उमेर मानिस सरह हुने बताइन्छ । खड्काले भने, “पछिल्ला वर्षहरुमा अण्डाबाट बच्चा कोरिलने क्रम घट्दै थियो । गत वर्ष त शून्य भयो ।” यस वर्ष समयमै भाले ल्याउन नसके प्रजनन केन्द्रमा पारेका अण्डा खेर जानेछ ।

उक्त भालेको वीर्यमा समस्या भएको हुनसक्ने बताउँदै खड्काले नेपालमा यससम्बन्धी परीक्षण गर्न चिकित्सक नभएको बताए । निकुञ्जले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा गएको साउनमै यस समस्याका बारेमा पत्राचार गरिसकेको छ । विभागले गृहकार्य थालेको भए पनि सम्भव हुन सकेको छैन । विभागका सूचना अधिकारी हरिभद्र आचार्यले बर्दियाबाट भाले ल्याउन गृहकार्य गरिएको भए पनि त्यहाँ नै सङ्ख्या कम भएपछि ल्याउन नसकिएको बताए ।

तत्काल भारतबाट पनि ल्याउन सम्भव नरहेको भन्दै उनले समस्याको समाधान खोज्ने भन्ने विषयमा विभागले आवश्यक गृहकार्य गरिरहेको बताए । उनले भने, “तत्काल भाले ल्याउन गाह्रो छ ।” गोही प्रजननमा न्यून मात्रै भाले जन्मने गर्दछन् । निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीमा भालेको सङ्ख्या कम भएपछि तीन वर्ष अघि बर्दियाबाट एउटा भाले ल्याइएको थियो । हाल ती दुई नदीमा पाँच वटा भाले देखिएका छन् । सहायक संरक्षण अधिकृत खड्काले अर्को एक भाले पनि रहेको हुनसक्ने अनुमान गरिएको बताए ।

बर्दियाको बबईबाट ल्याइएको भाले हाल निकुञ्जको त्रिवेणी आसपासमा देखिने गरेको छ । भाले लाग्ने बेलामा पानीभित्र पोथीसँग समागम गर्ने गर्दछ । प्रजननका लागि योग्य भएका पोथी घडियाल भालेसँगै राखिने गरिएको छ । यहाँ उत्पादन गरिएको घडियाल गोही चितवनको नारायणी, राप्ती, कर्णालीलगायतका नदीमा छाडिँदै आएको छ । अहिले यस प्रजनन केन्द्रमा ६५६ वटा घडियाल गोही रहेका छन् ।

सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । प्रजनन केन्द्रमा हुर्किएका ८३५ गोही राप्तीमा छाडिसकिएको छ । नारायणीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० गोही छाडिसकिएको छ । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् । हिउँदको समयमा ती नदी किनारमा गोहीको गुँडमा रहेका अण्डासमेत सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर बच्चा कोरल्ने गरिन्छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies