


प्रचण्डलाई फकाउने ओलीको प्रयास पटक–पटक विफल


-
-
मंसिर २९ गते, २०७७ - ०८:३७

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर कहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कहिले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने कोशिस गरेका छन् ।
आजको नागरिक दैनिकमा खबर छ – नेपाल नमाने दाहाललाई र दाहाल नमाने नेपाललाई फकाउने कसरतमा लागे पनि उनका प्रयास असफल हुँदै आएका छन् । मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकपछि गत बुधबार ओलीले दाहाललाई बालुवाटारमा बोलाएर भेटघाट गरे । भेटमा ओलीले वरिष्ठ नेता नेपालको साथ छाड्न आग्रह गर्दै दुई अध्यक्ष मिलेर अघि बढ्ने प्रस्ताव गरेका थिए । तर, दाहालले सो विषयलाई खासै महत्व दिएनन् ।
मंसिर १७ गतेको स्थायी कमिटी बैठकअघि पनि ओलीले दाहाललाई भेटेका थिए । उनले त्यतिबेला बेला बैठक रोकेर सहमतिका लागि आग्रह गरेका थिए । तर, दाहालले सो कुरा बैठकमा नै राख्न भनेपछि ओलीले कुनै जवाफ फर्काएनन् ।
बुधबारको भेटघाटमा पूर्वएमालेका नेताहरुको साथ छाडेर आफूसँग सहकार्य गर्न आग्रह गरेका ओलीले आइतबारको बैठकअघि पनि दाहालसँग निरन्तर सहकार्यको प्रस्ताव राखेका थिए ।
शनिबार दिउँसो लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाहाल निवास खुमलटार पुगेर ओलीको सन्देश सुनाएका थिए । पोखरेलपछि आइतबार बैठकअघि संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि खुमलटार पुगेका थिए । तर, अध्यक्ष दाहालले दुवैलाई विवादको विषयवस्तु कमिटीमा पुगिसकेकाले त्यहींबाटै निर्णय हुने बताएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपाल–चीन व्यापारमा अवरोध
काठमाडौं । २०७२ वैशाखको भूकम्पपछि पटक पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन...आयोगको अनिर्णय : नेकपा कानुनी रुपमा विभाजित हुन लम्बियो प्रक्रिया
काठमाडौं । राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा विभाजित हुने प्रक्रिया...जब प्रधानमन्त्रीले नै कर्मचारीलाई राजनीतिमा लाग्न सल्लाह दिए
काठमाडौं । निजामती सेवा ऐनको दफा ६१ मा निजामती कर्मचारीहरु राजनितीमा सहभागी हुन नपाउने व्यवस्था छ...काठमाडौं–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर
काठमाडौं । काठमाडौं–तराई–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृत...कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिबाट नै फैलिन सक्छ संक्रमण
काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिले अरूलाई कोरोना भाइरस सार्न सक्ने हुँदा लकडाउनका...‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड
काठमाडौं । काठमाडौंका विभिन्न स्थानका सडक छेउमा यतिखेर खाल्डो खनेर माटो थुपारिएको छ । सवारी–साधन...दलितलाई थर लेख्न अझै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन
काठमाडौं । काठमाडौं महानगरपालिका–३१ का कुमार आछामीको नागरिकतामा नाम ‘कुमार सार्की’ छ । पहिले नागरिकता...बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध...चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री...मकवानपुरमा विप्लवका कार्यकर्ताले जलाए बोलेरो
काठमाडौं । मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कार्यकर्ताले...
