


अलैंची बिक्रीबाट सवा १८ करोड आम्दानी


-
-
मंसिर २९ गते, २०७७ - ०८:३०

लमजुङ । लमजुङका कृषकले यस वर्ष अलैंची दाना बिक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – जिल्लामा उत्पादित ३ हजार ५ सय क्विन्टल अलैँची दाना बिक्रीबाट कृषकहरूले यस्तो आम्दानी गरेको नेपाल अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताए । उनका अनुसार किसानहरूले प्रतिकिलो ५ सय २० रुपैयाँमा अलैँची बिक्री गरेका छन् । गत वर्ष जिल्लामा २ हजार क्विन्टल अलैंची दाना बिक्री गरेर कृषकले १२ करोड आम्दानी गरेका थिए । यो वर्ष १५ सय क्विन्टल अलैंची उत्पादन बढेको उनले बताए ।
गत वर्षको तुलनामा अलैंची किसानले यस वर्ष ६ करोड २० लाखभन्दा बढी आम्दानी गरेका छन् । जिल्लामा १ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा अलैंची खेती विस्तार गरिएको छ । जिल्लाको मस्र्याङ्दी, दोर्दी, दूधपोखरी, क्होँलासोथर गाउँपालिका र बेंसीसहर, राइनास, मध्यनेपाल नगरपालिकामा अलैंची खेती गरिँदै आएको छ ।
यस वर्ष मस्र्याङ्दी गाउँपालिका–७, छिनखोलाका ख्याबा लामाले सबैभन्दा बढी ८ सय ५० क्विन्टल अलैँची उत्पादन गरेका छन् । छिनखोलाकै वीरबहादुर तामाङले साढे ७ क्विन्टल, बेंसीसहर–१०, खाँचेका गुमबहादुर तामाङले ६ सय केजी र मस्र्याङ्दी–७, लुदीका बलबहादुर तामाङले ६ सय केजी अलैंची उत्पादन गरेका छन् ।
यस वर्ष जिल्लाको मस्र्याङ्दी–७, छिनखोला, लुदी, ताराचोक, दोर्दी–८, खिन्चोक, बेंसीसहर–१०, खाँचे, क्होंलासोथर–२, मालिङ, पसगाउँ र सिङ्दीमा बढी अलैँची उत्पादन भएको अध्यक्ष तामाङले बताए । त्यस्तै, दूधपोखरी गाउँपालिकाको इलामपोखरी, बिचौर, कोल्की र गौडामा पनि यस वर्ष बढी अलैँची उत्पादन भएको छ ।
जिल्लामा साउने, डम्बरसाई, जिर्मले, रामसाई, गोलसाई जातका अलैँची खेती गरिँदै आएको छ । पछिल्लो समय लमजुङ अलैँचीको हब जिल्लाका रूपमा समेत परिचित हुँदै गएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड
काठमाडौं । काठमाडौंका विभिन्न स्थानका सडक छेउमा यतिखेर खाल्डो खनेर माटो थुपारिएको छ । सवारी–साधन...दलितलाई थर लेख्न अझै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन
काठमाडौं । काठमाडौं महानगरपालिका–३१ का कुमार आछामीको नागरिकतामा नाम ‘कुमार सार्की’ छ । पहिले नागरिकता...बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध...चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री...मकवानपुरमा विप्लवका कार्यकर्ताले जलाए बोलेरो
काठमाडौं । मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कार्यकर्ताले...माघ १४ बाट कोरोना खोप लगाइने
काठमाडौं । भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री...प्रधानमन्त्रीलाई गालीको वर्षा !
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार...६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा
काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा...ओली समूहसँग सहकार्य नगर्न देउवामाथि आफ्नै पार्टी भित्रबाट दबाब
प्रदेशमा सत्तासमीकरणबारे कांग्रेस सभापति छलफलमा काठमाडौं । प्रदेशको सत्तासमीकरणमा प्रधानमन्त्री...कांग्रेसमा जुटेन सहमति
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वाग्मतीसहितका प्रदेश...

प्रतिकृया लेख्नुहोस्:
- भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया शुरु
- सर्लाहीबाट पेस्तोलसहित एक जना पक्राउ
- बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु
- ‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड
- दलितलाई थर लेख्न अझै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन