Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

यसरी भएको थियो ललिता निवास अतिक्रमण

काठमाडौं । राणा प्रधानमन्त्री भीमशमशेरका नाममा १९८८ साल माघ २५ गते २८७ रोपनी पाँच आना जग्गा लालमोहर लागेको थियो । पछि हालसाबिक गर्दा २९९ रोपनी ९ आना देखियो । त्यही जग्गा नै ललिता निवासमा पर्छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - उक्त जग्गा भीमशमशेरका छोरा हिरण्यशमशेर हुँदै नाति एवं प्रजातन्त्रवादी नेता सुवर्णशमशेरमा हस्तान्तरण भएको थियो । सुवर्णशमशेरले २०१७ असार २९ गते पत्नी श्वेतप्रभालाई ५८, छोरा कनकशमशेर, कञ्चनशमशेर र रुक्मशमशेरलाई ५७ रोपनीका दरले बकसपत्र गरिदिए ।

सरकारले २०१८ सालमा जग्गा प्राप्ति ऐन जारी गर्दै मुआब्जा दिएर ललिता निवाससहित ६ वटा दरबार अधिग्रहण गरेको थियो । त्यसमा ललिता निवासको २८४ रोपनी १४ आना परेको थियो । १४ रोपनी ११ आना सुवर्णशमशेर र उनको परिवारका नाममा कायम भएको थियो ।

पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित ललिता निवास जग्गा छानबिन समितिका अनुसार ललिता निवाससहित हरिहर भवन ललितपुर, सीता भवन नक्साल, लक्ष्मी निवास महाराजगन्ज, बबरमहल कुरियागाउँ, महावीर भवन नक्साल जग्गा प्राप्ति ऐन जारी गर्दै सरकारले अधिग्रहण गरेको हो ।

ललिता निवासको जग्गामा प्रधानमन्त्री निवास, सभामुख निवास, प्रधानन्यायाधीश निवास र राष्ट्र बैंक कार्यालय स्थापना गरियो। ६० रोपनी जग्गा राष्ट्र बैंकलाई दिइयो । बाँकी २१२ रोपनी जग्गा समरजंग कम्पनीका नाममा दर्ता गरियो ।

तर, त्यो अधिग्रहण गरेको जग्गा पञ्चायतले जफत वा हरण गरेको भन्दै पुनः व्यक्तिका नाममा दर्ता गराउने काम भएको छानबिन समिति संयोजक त्रिताल बताउँछन् । राजनीतिक कारणले हरण भएको जग्गा फिर्ता दिने भन्ने सम्बन्धमा ०४७ सालमा निर्णय भएको थियो । त्यसलाई अपव्याख्या गरी ललिता निवासको जग्गामा चलखेल सुरु भएको थियो ।

यद्यपि, त्यसअघि पञ्चायतकालमै १२ रोपनी ७ आना अतिक्रमणमा परेको थियो । त्यसपछि ०४९ सालमा ११२ रोपनी ४ आना राणा परिवारका नाममा दर्ता गरिएको थियो । त्यसबेला मालपोतका कर्मचारीको मिलेमतोमा १०२४ र १०२५ मिसिल नै गायब गरेका थिए । ०६२ मा १२ आना छुट दर्ताका नाममा कनकशमशेरकी पत्नी सुनितीको नाममा दर्ता गर्ने काम भयो । त्यसपछि ०६६–६७ मा १८ रोपनी र ०६९ मा ३ रोपनी १२ आना अतिक्रमणमा परेको थियो ।

जग्गा माफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीले उक्त जग्गामा आँखा लगाएका थिए । ढकाल र सुवेदीले नक्कली मोही खडा गरी त्यो जग्गा हडप्न अभियान नै चलाए ।
०६६–६७ र ०६९ मा सरकारी तवरबाट नीतिगत निर्णय गराएरै प्रधानमन्त्री निवास समेत व्यक्तिका नाममा दर्ता गराउने काम भएको अनुसन्धानले देखाएको छ ।

०६६–६७ मा १६ नक्कली मोही खडा गरी जग्गा बाँड्ने काम भएको थियो । प्रधानमन्त्री निवास विस्तारका नाममा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख निवासको जग्गा समेत व्यक्तिका नाममा दर्ता गरियो ।

तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयले नियतवश नै अनधिकृत व्यक्तिलाई मोही खडा गराउने तथा सरकारी सार्वजनिक सम्पत्ति मास्ने नियत देखिएको त्रिताल प्रतिवेदन र अख्तियारको अनुसन्धानमा उल्लेख छ ।

त्यसबेला भौतिक योजनामन्त्री थिए विजयकुमार गच्छदार, सचिव दीपकुमार बस्न्यात । उनै बस्न्यात पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त भएका थिए । अनधिकृत तवरले मोही खडा गर्ने कार्यमा संलग्न रहेको भन्दै अख्तियारले गच्छदार र बस्न्यातविरुद्ध मुद्दा हालेको हो । भूमिसुधार मन्त्रालयले गर्नुपर्ने कार्यमा हस्तक्षेप गरेर भौतिक निर्माणले गरेको देखिएको छ ।

०६९ मा पशुपति टिकिन्छा गुठी भनेर हुँदै नभएको गुठी बनाइयो। तीन रोपनी १२ आना जग्गा गुठीका नाममा दर्ता गर्ने निर्णय मन्त्रिपरिषद्ले नै गर्‍यो । यसरी बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने काम भयो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies