Khabar Dabali Logo
  January 16, Sat

उखु जस्तै पेलिए किसान

काठमाडौं । उखु नगदे बाली । तर किसान सधैं उधारोमा कारोबार गर्न बाध्य छन् । किसानले वर्षौंदेखि उखु बेचेको बक्यौता रकम भुक्तानी पाएका छैनन् । किसानका अनुसार करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।

आजको नागरिक दैनिकमा खबर छ – उखु क्रसिङ गर्ने सिजन सुरु भयो । किसान उखु लिएर मिलमा जानुपर्ने बेला विगतको बक्यौता रकम पाउनुपर्ने माग गर्दै राजधानी आएका छन् । पोहोर काठमाडौं आएर आन्दोलन गरेपछि बक्यौता रकम पाउने आश्वासन पाएर घर फर्केका किसानले एक वर्षसम्म पनि रकम नपाएपछि फेरि आइतबारदेखि माइतीघरमा आन्दोलन सुरु गरेका छन् ।

उखु उद्योगीबाट सधैं पेलिएको किसानको गुनासो छ । करिब साढे तीन लाख रुपैयाँ बक्यौता रकम नपाएपछि आन्दोलन गर्न काठमाडौं आएको सर्लाहीका किसान रामबाबु मण्डलले बताए । ‘२०७१ सालदेखिको रकम खप्टिँदै आएको छ,’ माइतीघरमा भेटिएका मण्डलले भने, ‘चिनी उद्योगले भुक्तानी दिन आलटाल गर्दै आएका छन् ।’ मण्डलले महालक्ष्मी सुगर मिलबाट भुक्तानी लिन बाँकी छ । उखु जस्तै आफूहरु पेलिएको किसानको दुखेसो छ ।

किसानले उत्पादन गरेको उखुबाट चिनी बनाएर उद्योगी मोटाए पनि उखु किसानले उखुजस्तै पेलिएको महसुस गर्दै आएका छन् । वर्षौंदेखि उखु बिक्री गरेबापतको रकम भुक्तानी नपाएपछि किसानले राजधानी केन्द्रित आन्दोलन सुरु गरेका हुन् ।

किसान मार्न पाइँदैन, सरकार किसानलाई बाँच्ने अधिकार देऊ, हाम्रो मेहनतको फल नखोस, आफ्नो पसिनाको फल नखोस जस्ता नारा लेखिएका प्ले कार्ड लिएर करिब एक सय किसान प्रदर्शनमा उत्रिएका थिए । विभिन्न जिल्लाबाट आएर दिउँसो माइतीघरमा प्रदर्शन गरेका किसान बेलुका गौशालास्थित धर्मशालामा बसेका छन् ।

मुलुकभर १४ चिनी उद्योग छन् । तीमध्ये ६ उद्योगले किसानलाई ८९ करोड ४० लाख रुपैयाँभन्दा धेरै रकम तिर्न बाँकी छ । चारवटा उद्योग बन्द भइसकेका छन् । रौतहटमा रहेको श्रीराम सुगर मिलको ३५ करोड, सर्लाहीको अन्नपूर्ण सुगर मिलको ३० करोड, महालक्ष्मी सुगर मिलको ६ करोड, नवलपरासीको लुम्बिनी चिनी मिलको १० करोड, इन्दिरा सुगर मिल नवलपरासीको आठ करोड र बागमती खाँडसरी चिनी मिलको ४० लाख रुपैयाँ बक्यौता बाँकी रहेको किसानले बताएका छन् ।

अन्नपूर्ण चिनी उद्योग सर्लाही, श्रीराम सुगर मिल रौतहट, लुम्बिनी चिनी कारखाना नवलपरासी र इन्दिरा चिनी मिल नवलपरासी बन्द भएका छन् । सर्लाहीका किसानको मात्र ३६ करोड रुपैयाँ बक्यौता छ ।

अन्नपूर्ण सुगर मिलले ३० करोड र महालक्ष्मी सुगर मिलले ६ करोड रुपैयाँ रकम तिर्न बाँकी रहेको सर्लाहीका उखु किसान राकेश मिश्रले बताए । रकम भुक्तानीको माग गर्दै करिब दुई सय किसान राजधानी आएको मिश्रले बताए ।

मंसिर २९ गते, २०७७ - ०८:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईपीजी प्रतिवेदन बुझ्न तयार होला भारत ?

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लमिा हुन लागेको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकले प्रबुद्ध...   

अब ६० अंक ल्याए सवारी लाइसेन्स पाइने

काठमाडौं । सवारीसाधन चलाउन अनुमतिपत्र लिन अनिवार्य पास गर्नुपर्ने प्रयोगात्मक परीक्षा (ट्रायल) लाई...   
प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार

प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार

काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री...   

परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो...   

कोरोनाले अस्त व्यस्त उद्योग धन्दा लयमा फर्किदै

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एउटा प्रतिवेदनले कोरोना महामारीपछि गरिबभन्दा...   

भारतबाट थप १५ मेगावाट विजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयत गर्न अनुमति पाएको...   

ओलीको बोली र व्यवहार फरक–फरक

काठमाडौं । २०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद्...   
मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान

मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान

काठमाडौं । हिजोआज झ्यापझ्याप बत्ती निभिरहन्छ । छिनको छिनमै बिजुली गएर नागरिकलाई हैरान पारे पनि सरकारले...   

आयोगलाई प्रचण्ड–माधव पक्षको प्रश्न : पार्टीले हटाएको ओलीलाई किन ‘अध्यक्ष’ भनेको ?

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षले पार्टीमा बहुमत पक्षले गरेको निर्णय कार्यान्वयन...   
यसरी गरिँदैछ प्रचण्ड–माधव एकता

यसरी गरिँदैछ प्रचण्ड–माधव एकता

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top