Khabar Dabali Logo
  January 24, Sun

नयाँ चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने

काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ । झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयसँगको छलफलमा तत्काल खुलाउन नहुने भनी अझै केही महिना रोक्ने गरी योजना बनाइएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए। उनका अनुसार पुस र माघ महिनाभर अनुमतिपत्र खुला नगर्ने योजना बनाइएको छ । उनले भने, “त्यसपछिको अवस्था हेरेर निर्णय गरिनेछ ।”

लामो समयसम्म अवरुद्ध भएकाले तत्काल खुलाउँदा सेवाग्राहीको धेरै भीड हुनसक्ने देखिएको प्रवक्ता डा भुसालले बताए । नयाँ अनुमतिपत्रका लागि परीक्षा लिने र वितरणको काम प्रदेश सरकारले गर्ने भए पनि छाप्ने काम र त्यसको ‘अनलाइन सिस्टम’ विभागसँग हुन्छ । त्यसैले पनि प्रदेश सरकारले विभागसँगको समन्वयमा मात्रै नयाँ अनुमतिपत्र खुलाउने उनको भनाइ छ । धेरै सेवाग्राहीले ‘अनुमतिपत्र कहिले खुल्छ’ भन्दै विभागमा चासो राखेपछि सम्बन्धित प्रदेशमा नै बुझ्न भनिएको उनले बताए ।

प्रदेशले पनि हतारमा खुलाउनेभन्दा तत्काल स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने धारणा राखेका छन् । उनले भने, “सेवाग्राहीले हतार गरे पनि सङ्घीय सरकार र प्रदेश सरकार दुवैले अहिले नखुलाउने सोचेका छन् ।” विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ सङ्क्रमण नेपालमा समेत देखिन थालेपछि सरकारले गत चैतमा बन्दाबन्दी लागू गर्ने निर्णय गरेको थियो । चार महिनासम्म ठप्प भएको सरकारी कार्यालय असारमा मात्रै खुलेका थिए । असारमा यातायात कार्यालयले नवीकरण र वितरण शुरु गरे पनि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएका छैनन् ।

विगतमा वर्षमा सेवाग्राहीले अनुमतिपत्र लामो समयसम्म नपाउने गरेकामा यो वर्ष भने विभागले पुरानो बाँकी अनुमतिपत्र छापिसकेको छ । विभागले ‘मास प्रिन्टर’ बाट झण्डै आठ लाख अनुमतिपत्र छपाइ गरेको थियो । पहिले सेवाग्राहीले लामो समय बित्दा पनि अनुमतिपत्र पाएका थिएनन् भने अहिले धेरैले चाहेर पनि अनुमतिपत्रका लागि परीक्षा दिन पाएका छैनन् । सवारी तालीम केन्द्रले भने अनुमतिपत्र चाँडै खुल्ने भन्दै प्रशिक्षण दिइरहेका छन् ।

मंसिर २८ गते, २०७७ - १४:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिइँदै, आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नेपाल आंशिक प्राध्यापक सङ्घसँगको सहमति कार्यान्वयनका लागि...   

पक्ष र विपक्षमा शक्तिको प्रदर्शनले देश मुठभेडतर्फ जाने खतरा बढ्यो : अध्यक्ष थापा

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनैतिक दलका नेता एक अर्काको आरोप प्रत्यारोपमा...   

प्रचण्ड-नेपाल पक्षद्वारा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत...   

सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको...   

भीरबाट लडेर वडा सदस्यको मृत्यु, गाउँपालिका उपाध्यक्ष भुजेललाई पितृशोक

खोटाङ । भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ...   

संसद् विघटन असंवैधानिक भन्दै कराउनेहरु देश विरोधी हुन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन असंवैधानिक भयो भन्दै कराउनेहरु देश र संविधान...   

विश्व रेकर्ड होला, दुईवटा किड्नी भएकाे प्रधानमन्त्री कोही छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शारीरिक अपगङ्गता भएका व्यक्तिमा सबैभन्दा बढी समस्यामा...   

नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित

सुर्खेत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत...   
तस्विरमा हेर्नुहोस् मुख्यमन्त्री शेरधन राईको विवाह

तस्विरमा हेर्नुहोस् मुख्यमन्त्री शेरधन राईको विवाह

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षियमन्त्री...   
मुख्यमन्त्री शेरधन राईले कसे लगनगाँठो, बेहुलामा यस्तो देखिए

मुख्यमन्त्री शेरधन राईले कसे लगनगाँठो, बेहुलामा यस्तो देखिए

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षियमन्त्री...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top