


प्रधानमन्त्रीलाई केन्द्रीय कमिटीबाट हटाउन नसकिने : पूर्वमन्त्री बाँस्कोटा


-
-
मंसिर २८ गते, २०७७ - १३:४३

मोरङ । पूर्वसूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्केटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट केन्द्रीय कमिटीको निर्णयबाट हटाउन नसकिने बताएका छन् ।
प्रेस सङ्गठन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले महाधिवेशन र आम निर्वाचनवाट निर्वाचित प्रधानमन्त्रीलाई बहुमतको निर्णयबाट हटाउन खोज्नु नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई अस्तव्यस्त बनाउने प्रयास भएको जिकिर गरे ।
उनले पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई महाधिवेशन र संसदीय प्रक्रियाबाट मात्र हटाउन सकिने संवैधानिक व्यवस्था रहेको उल्लेख गरे । बाँस्कोटाले राजनीतिक र पार्टीको स्थिरताका लागि महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई बहुमत केन्द्रीय कमिटीले हटाउन नसक्ने जिकिर गर्दै बहुमत सदस्यले आफ्नो दृष्टिकोण राख्न सकिने बताए ।
उनले अहिलेको पार्टीको विवाद छलफल र संवादबाट समाधान गर्न सकिने उल्लेख गर्दै निर्वाचित प्रधानमन्त्रीको कार्यकाल पूरा हुुनुपर्नेमा पार्टीका कार्यकर्ता र आमजनताको चाहना रहेको बताए । उनले राजनीतिका नाममा हिंसा र व्यक्ति हत्या स्वीकार्य हुनसक्दैन भन्दै कम्युनिष्टको नाममा व्यक्ति हत्या खेदजनक रहेकामा भत्र्सना गरे ।
पार्टीको जिम्मेवार पदमा बसेका नेताका सम्बन्धमा उठेका नैतिकताका विषयमा हुने छानबीनका लागि पद त्याग गर्नु उचित हुने आफ्नो निजी विचार रहेको उल्लेख गरे । संवैधानिक निकायको खाली रहेका पदमा हुने नियुक्तिका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दल सहभागी हुनुपर्नेमा जोड दिँदै उनले अन्यथा निकाय कमजोर हुनाले सरकारले ध्यान दिई अध्याधेश ल्याउन सक्ने धारणा राखे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ : उपप्रधानमन्त्री पोखरेल
सप्तरी । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारदेखि लगाउन...प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन: अर्थमन्त्री पौडेल
रुपन्देही । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका...बुबाले गरे आफ्नै २ वर्षीया छोरीको घाँटी थिचेर हत्या
अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा बुबाले आफ्नै छोरीको हत्या गरेका छन् । शितगङ्गा–२,...सवारी दुर्घटनामा २० वर्षीय युवकको मृत्यु
काठमाडौँ । धादिङ, बेनिघाटरोराङ गाउँपालिका ५ बादरेमोडस्थित सडकमा बा.८४ प १५७१ नम्बरको मोटरसाइकल र प्रदेश...प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ
झापा । शिवसताक्षी नगरपालिका १ धरमपुरस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा...गोदावरी राष्ट्रिय वनस्पति उद्यानः खरेटो र चैत्यफूलको संरक्षण
ललितपुर । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानलाई...चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’
पोखरा । पोखरा– २४ हेम्जास्थित हाइग्राउण्ड एडभेन्चर्सले दुई साताअघि शुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’...भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली
नयाँदिल्ली । भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर र्याली प्रदर्शन गरेका छन् । कृषि...अमेरिका प्रवेश गर्न कोरोना रिपोर्ट नेगेटिभ चाहिने
वासिङ्टन । अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ । त्यस्तो...चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता
बेइजिङ । चीन र न्यूजील्यान्डबीच १२ वर्षअघि सम्पन्न स्वतन्त्र व्यापार सम्झौतालाई पुनः अद्यावधिक गरी...

प्रतिकृया लेख्नुहोस्:
- प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता
- लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष प्रचण्डको अठोट
- अध्यक्ष प्रचण्डका राजनीतिक गुरुको निधन
- प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप लगाइने
- ‘केटू’ हिमालको आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपालीलाई काठमाडौँमा भव्य स्वागत
- गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना व्यक्त
- बामदेब गौतमले भने – जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा जान्छु
- भारको अनुलदानमा उपलब्ध कोरोना खोप ‘कोभिशिल्ड’ कर्णालीमा पुग्यो
- आयोगको निर्णयपछि उपाध्यक्ष गौतमले भने: अब म दुवै समूहलाई एकतामा ल्याउँछु
- शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले भने: अब तेस्रो जनआन्दोलन सुरु भयो