Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

धुलिखेलमा अनलाइनबाट कर भुक्तानी

धुलिखेल । धुलिखेल नगरपालिकाले सेवाग्राहीलाई सहज बनाउन अनलाइन कर भुक्तानी सेवा शुरुआत गरेको छ । सेवाग्राहीका काम छिटो र छरितो बनाउन अनलाइन कर भुक्तानी सेवा शुरु गरेको नगर प्रमुख अशोक व्याञ्जुले जानकारी दिए।

“नगरापालिकाका सेवा लिन लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न अनलाइन कर भुक्तानी सेवा शुरु गरेका हौँ”, उनले भने, “यसले सेवाग्राहीको समय बचत हुने आशा लिएको छु । ”यसका लागि नगरपालिकाले सबै वडामा आफ्नै फाइबर जडान गर्ने उनले जानकारी दिए ।

नगरपालिकाका १२ वडामध्ये आठमा फाइबर जडान भइसकेको र बाँकी चारमा पनि फाइबर जडानको काम भइरहेको जनाइएको छ । कर भुक्तानी सेवाका लागि तीन कम्पनी नेपाल क्लियरिङ हाउस, इ सेवा र खल्तीसँग सम्झौता गरेर सेवा शुरु गरेको नगरप्रमुख व्यञ्जुले बताए। सेवाग्राहीले ती सेवा प्रयोग गरी अनलाइन सेवा प्रयोग गर्न सक्नेछन् । सेवा प्रयोग गर्न नगरपालिकामा करदाता दर्ता हुनुपर्ने र करदाताको विवरण अद्यावधिक गर्नुपर्नेछ । सेवा प्रयोग गरेबापत साझेदार कम्पनीले केही सेवा शुल्क लाग्ने जनाएको छ । नगरपालिकाका अनुसार अनलाइन कर भुक्तानी सेवा धरानपछि धुलिखेलले शुरु गरेको हो । वाग्मती प्रदेशमा यसकिसिमको सेवा दिने पहिलो नगरपालिका भएको बताइएको छ ।

सेवा प्रारम्भ भए पनि पहिलोपटक भएका कारण यसलाई प्रयोगमा ल्याउने काममा नगरपालिकाले सहजीकरण गर्ने छ । यसका लागि सेवा प्रयोग गरेबापत करमा छुट दिने र सबै वडामा गएर सेवाग्राहीलाई सेवा प्रयोग गर्न तालीम दिने नगरपालिकाले जनाएको छ ।

नगरभित्रका वडामा कति उद्योग, पसल र कति अन्य कुरा छ भन्ने सबै जानकारी अनलाइनमा नै हुने व्यवस्था गर्ने नगरप्रमुख व्यञ्जुको भनाइ छ ।

धुलिखेलले यसअघि नगरपालिकाभित्र बजार क्षेत्रमा सिसिटिभी जडान गर्नुका साथै चोकचोकमा फ्रि वाइफाइ जोन बनाइसकेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies