


सुन्तलाका बोट मर्दै गएपछि तनहुँका कृषक चिन्तित


-
-
मंसिर २८ गते, २०७७ - १०:४५

तनहुँ । तनहुँ सुन्तला खेतीको लागि राम्रो सम्भावना बोकेको जिल्लामध्ये एक हो तर पछिल्लो समय यहाँका अधिकांश क्षेत्रका सुन्तलाका बोट मर्दै जान थालेपछि सुन्तला उत्पादक कृषक चिन्तित हुँदै गएका छन् ।
जिल्लाको आधा दर्जनभन्दा बढी पालिकामा लगाइएको सुन्तला खेतीको उत्पादनमा क्रमिकरूपमा ह्रास आउन थालेपछि यहाँका कृषक यतिबेला वैकल्पिक बालीको खोजीमा छन् । सुन्तला खेतीका लागि पर्याप्त मात्रामा पानीको स्रोत नहुनु, भएका पानीको स्रोत पनि सुक्दै जानु, विभिन्न किसिमका रोगले आक्रमण गर्नु, आवश्यकरूपमा खाद्यतत्व नपुग्नु र उचित किसिमले बगैँचा व्यवस्थापन नहुनुजस्ता कारणले सुन्तलाका बोट मर्दै गएको जिल्ला कृषि ज्ञान केन्द्र तनहुँका कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी मोहनप्रसाद श्रेष्ठले जानकारी दिए ।
सुन्तला बगैँचा व्यवस्थापन राम्रो हुन नसक्दा क्रमिकरूपमा सुन्तला उत्पादनमा ह्रास आएर अन्ततः बोट नै मर्दै गएको उनले बताए । सुन्तला बगैँचाका बोट मर्दै जान थालेपछि वैकल्पिक बालीको खोजीमा छन् । उनले भने, “वैकल्पिक बालीका रूपमा किबी, कागती लगाउने कि फेरि सुन्तला नै लगाउने भन्ने कुरामा कृषक अन्योलमा परेका छन् ।”
जिल्ला कृषि ज्ञान केन्द्रले नयाँ सम्भावित क्षेत्रमा सुन्तला खेती विस्तार कार्य पनि गर्दै आएको जनाएको छ । जिल्लाको म्याग्दे गाउँपालिकाको उमाचोक र घिरिङ गाउँपालिकाको उवाचोक च्यासुलमा गत वर्ष १० हजार बिरुवा लगाइएको जिल्ला कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले बताए । “पुराना सुन्तला बगँैचा व्यवस्थापनको कमीले सुन्तलाका बोट मर्दै गएका छन्”, उनले भने, “जुन क्षेत्रमा सुन्तला मर्दै गएका छन्, त्यस क्षेत्रका कृषक बढी चिन्तित छन् ।”
जिल्लाको शुक्लागण्डकी–११ राइपुर, व्यास नगरपालिका–११ र १३ को तनहुँसुर र बेनीकोट, देवघाट गाउँपालिकाको वडा नं २, ३ र ४ छिपछिपे बैदी, कोटबैदी, भिमाद नगरपालिका–९ को भानुमतिलगायतका क्षेत्र सुन्तला खेतीको लागि पकेट क्षेत्र हुन् । जिल्लामा एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएकाले यस वर्ष करिब आठ हजार मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान कार्यालयको रहेको छ ।
गत वर्ष तनहुँमा रु २३ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको थियो तर अहिले सुन्तलाको दानासमेत साना रहेकाले उत्पादन वृद्धि हुने सङ्केत कम देखिएको छ । गत वर्षको तुलनामा यस वर्ष अत्यधिक वर्षा भएकाले सुन्तला पाक्न ढिलाइ भएको छ । “यतिबेला सुन्तला बिक्री भइसक्ने बेला हो”, उनले भने, “सुन्तला पाक्न ढिलाइ भएकाले झर्ने समस्या पनि आएको छ ।” तनहुँका सुन्तला बगैँचाको सम्बन्धित निकायले समयमै अनुगमन, समस्या र त्यसको निराकरणतर्फ नलाग्ने हो भने ठूलो क्षेत्रमा सुन्तला उत्पादनमा ह्रास आउने सङ्केत देखापरेको छ ।
कृषि अनुसन्धान परिषद्, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश, कृषि ज्ञान केन्द्र र स्थानीय सरकरका कृषि शाखालगायतका सम्बन्धित निकायले हरेक सुन्तला बगैँचा गएर कृषकलाई जनजागरण गर्ने, नयाँ प्रविधि तथा तालिम प्रदान गर्नुपर्नेलगायतका आवश्यकता देखिएको छ । सुन्तला खेतीमा देखिएको समस्याको पहिचान गरी निराकरणका लागि प्राविधिक तथा आर्थिक सहयोगको आवश्यकता पर्ने देखिएकाले बेलैमा सम्बन्धित निकायको यसतर्फ ध्यान पुग्न जरुरी छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग
काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७...३५ बर्षीया मल्लिक मृत अवस्थामा फेला
मोरङ । कानेपोखरी गाउँपालिका-७ स्थित सार्वजनिक शौचालय नजिक टहरोमा सोही गाउँपालिका-५ घर भएका ३५ बर्षीया...ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ
झापा । ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित वस्तुहरु दमक नगरपालिका-६ वस्ने...सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, स्थानिय निकाय तथा विभिन्नसंघसंस्थाहरूसँग...भक्तपुरमा खोपः चार हजारलाई दिइने
काठमाडौँ । पहिलो चरणमा जिल्लामा चार हजार व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान आज भक्तपुर...विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघ्यो
वासिङ्टन । विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका...खुँडा प्रहार गरी हत्या गर्ने ३ जना आरोपित पक्राउ
बझाङ । खुँडा प्रहार गरी हत्या गरिएका युवकका हत्या आरोपित तीन जना पक्राउ परेका छन् । छब्बिसपाथिभेरा...जुम्लामा आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट, करीब ३ करोड भन्दा बढीको क्षति
खलङ्गा । जुम्लाको तिला गाउँपालिका – ७ स्थित गोठी गाउँमा भीषण आगलागी हुँदा करीब तीन करोड भन्दा बढीको...रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावको विपक्षमा सबैजसो...प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ: तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क
काठमाडौँ । ‘स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा’ भन्ने नाराका साथ मुलुकभर आजदेखि...

प्रतिकृया लेख्नुहोस्:
- रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग
- इन्फ्रास्ट्रक्चरको आइपिओ शुक्रबार बाँडफाँड हुने, ७५ हजार आवेदन रद्द, कति पर्ला तपाईंलाई ?
- कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग
- ३५ बर्षीया मल्लिक मृत अवस्थामा फेला
- ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ
- खुँडा प्रहार गरी हत्या गर्ने ३ जना आरोपित पक्राउ
- जुम्लामा आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट, करीब ३ करोड भन्दा बढीको क्षति
- रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
- प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ: तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क
- कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह