Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

प्रहरी र सशस्त्र प्रहरीको भर्नामा ३१ गुणा बढीसम्म आवेदन

काठमाडौं । दुई सुरक्षा निकायको भर्नामा यस वर्ष उच्च आवेदन परेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको भर्नामा गत वर्षभन्दा २० गुणासम्म बढी आवेदन परेको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - नेपाल प्रहरीको जवानमा गत वर्षभन्दा करिब १८ गुणा बढी आवेदन परेको छ । गत वर्ष ६ गुणा बढी मात्र आवेदन परेको थियो । यस वर्ष पाँच हजार दुई सय २७ पदमा भर्ना खुलाइएको थियो, जसमा ९३ हजार एक सय ६९ आवेदन परेको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए ।

सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १५ हजार एक सय ४२ आवेदन परेको छ । यस्तै, सुदूरपश्चिममा १४ हजार सात सय ९८, प्रदेश–१ मा १४ हजार दुई सय ८६, कर्णालीमा १० हजार एक सय ५५, प्रदेश–२ मा नौ हजार सात सय ५३ र उपत्यकामा आठ हजार सात सय ३९ वटा आवेदन परेका छन् ।

बागमती प्रदेशका उपत्यका बाहिर जिल्लामा चार हजार तीन सय ७६ वटा आवेदन परेका छन् । प्रहरी भर्नामा सबैभन्दा कम आकर्षण गण्डकी प्रदेशमा देखिएको छ, जहाँ ६ हजार एक सय ८० मात्र आवेदन परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गत वर्ष नेपाल प्रहरीले ६ हजार दुई सय ४४ जवान माग गरेकामा ४१ हजार सात सय ९६ मात्र आवेदन परेको थियो ।

प्रहरीमा महिलाको आकर्षण पनि बढेको छ । यस वर्षका आवेदकमध्ये १९ हजार एक सय चार जना महिला छन् । आवेदन बढ्नुले प्रहरी जागिरमा आकर्षण बढेको देखिने प्रहरी प्रवक्ता एसएसपी कुँवर बताउँछन् । कोभिड–१९ संकटका कारण अन्यत्र अवसर कम भएकाले पनि आवेदन बढेको हुन सक्ने प्रहरी आंकलन छ ।

सशस्त्रमा १८ सय माग, ५६ हजार आवेदन
सशस्त्र प्रहरीमा करिब ३१ गुणा बढी आवेदन परेको छ । एक हजार आठ सय ३३ पदमा माग भएकामा ५६ हजार चार सय ६३ वटा आवेदन परेका छन् । गत वर्ष थोरै आवेदन परेकाले सशस्त्र प्रहरीले पटक–पटक म्याद थप्नुपरेको थियो ।

साथै, लिखित परीक्षामा मागभन्दा थोरै उत्तीर्ण भएका थिए । ‘गत वर्षभन्दा यस वर्ष आवेदन धेरै गुणा बढी छ,’ सशस्त्र प्रहरी प्रवक्ता डिआइजी राजु अर्यालले भने । आवेदन बढाउन यसपटक सशस्त्र प्रहरीले पहिलो पटक ७७ जिल्लाबाटै फारम भर्न सक्ने व्यवस्था मिलाएको थियो ।

सशस्त्र प्रहरीका एक उच्च अधिकारीका अनुसार हिमाली जिल्लाहरूबाट भर्नामा थप प्रोत्साहन गरिएको छ । हिमाली जिल्लाहरूमा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भइरहेको र त्यहाँ काम गर्न स्थानीय जनशक्ति हुँदा सहज हुने भएकाले सशस्त्र प्रहरीले यस्तो रणनीति बनाएको हो ।

कोभिड–१९ महामारीपछि आर्थिक क्षेत्रमा परेको असरले पछिल्लो समय बेरोजगारी बढ्दो छ । सोहीकारण सरकारी जागिरमा आकर्षण बढेको आकलन गरिएको छ । प्रहरीमा सबै तहको भर्नामा करिब आठ वर्षयता लोकसेवा आयोगले नै लिखित परीक्षा लिन्छ । त्यसयता प्रहरी भर्नामा निष्पक्षता हुने भएकाले सर्वसाधारणको विश्वास समेत बढेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies