


पत्रकारिता क्षेत्र सधैँ अफ्ठ्यारोमा : उपाध्यक्ष पोखरेल


-
-
मंसिर २७ गते, २०७७ - १९:५९

चितवन । नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष बिपुल पोखरेलले पत्रकारिता क्षेत्र सधैँ अफ्ठ्यारोमा रहेको बताए । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको साधारणसभामा उनले कानूनले पत्रकारको सुरक्षा गर्न नसक्नु र श्रमको मूल्य प्राप्त गर्न नसक्नुले यस क्षेत्र सधैँ अफ्ठ्यारोमा रहेको छ भने । पत्रकारको हकअधिकारका लागि कानून बने पनि कार्यान्वयनमा आउन नसक्नु दुःखद् रहेको उनले भने । पत्रकारको हक अधिकारका लागि महासङ्घ सधैँ चनाखो भएर लाग्ने उनको भनाइ थियो ।
साधारणसभाका क्रममा चितवनमा पत्रकारिता क्षेत्रमा क्रियाशील १३ पत्रकारलाई सम्मान गरिएको छ । मैयादेवी पत्रकारिता पुरस्कारबाट हरिप्रसाद पोखरेल र दीपेन्द्र बडुवाल, अनन्त गङ्गा पत्रकारिता पुरस्कारबाट रेशम बिरही र ईश्वर जोशी, श्रुजश्री मैयादेवी पत्रकारिता पुरस्कारबाट अनिता आर्याल र सविता दराई सम्मानित भएका छन् । यस्तै बालकुमारी विष्णुकुमारी अभ्यूदय पत्रकारिता पुरस्कारबाट सरिता महतो र सुजीता हमाल, औद्योगिक पत्रकारिता पुरस्कारबाट होमनाथ सापकोटा र प्रवीण बराल, स्व तिलचन साँखी स्मृति पत्रकारिता पुरस्कारबाट अनिल ढकाल र नारायण सापकोटा, उत्तरध्वज सूर्यकुमारी पत्रकारिता पुरस्कारबाट सूर्य पाठक सम्मानित भएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रेस सङ्गठन नेपालका वागमती प्रदेश इन्चार्ज विश्वमणि सुवेदी, महासङ्घका केन्द्रीय सदस्य सिर्जना अर्याल, कृष्ण गिरी, पुरुषोत्तम सुवेदी, पुरस्कारदाताका तर्फबाट टङ्कनाथ पौडेल, सम्मानितका तर्फबाट रेशम बिरही, वाग्मती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाल पत्रकार महासङ्घका वाग्मती प्रदेश अध्यक्ष प्रताप विष्ट, महासङ्घ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमिल्सिना, मकवानपुर जिल्ला अध्यक्ष हरि हुमागाईँलगायतले बोलेका थिए ।
नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा सम्पन्न सभाले सचिव तीर्थ नेपालको प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रकाशमणि ज्ञवालीको आर्थिक प्रतिवेदनमाथि छलफल हुँदै सर्वसम्मत पारित गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
केयुको उपकुलपति बन्न ४४ जनाले बुझाए व्यक्तिगत विवरण
काभ्रेपलाञ्चोक । काठमाडौँ विश्वविद्यालय ९केयु०मा धेरै प्राज्ञिकले नेतृत्वको इच्छा व्यक्त गर्नु...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ४ लाख ७९ हजारभन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा बढी...सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला
मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले...इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प : ८०० भन्दा बढी घाइते, १५ हजार विस्थापित
जाकार्ता । इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् ।भूकम्पका...हेटौँडा उपमहानगरपालिकाका १२७ योजना पूरा
वाग्मती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालू आर्थिक वर्षको पाँच महिनामा भौतिक पूर्वाधार विकास...जर्मनी कम्पनीद्वारा ५० लाख मूल्य बराबरको विद्युतीय उपकरण प्रदान
काठमाडौँ । ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने...रत्ननगरमा जिल्लाकै पहिलो आकाशे पुलको उद्घाटन
चितवन । पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार...महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो
संयुक्त राष्ट्रसंघ । विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको...भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रधानमन्त्री मोदीद्धारा उद्घाटन
नयाँदिल्ली । भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री...देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली
काठमाडौँ । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको...
