


आइतबार ओलीले डाकेको संवैधानिक परिषद् बैठकमा देउवा नजाने


-
-
मंसिर २७ गते, २०७७ - १६:१६

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार बस्ने भनिएको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने जानकारी दिएका छन् ।
आफू बैठकमा उपस्थित हुन नसक्ने व्यहोराको सन्देश उनले आफ्ना प्रतिनिधि नेता रमेश लेखकमार्फत् देउवाले शनिबार प्रधानमन्त्री ओलीलाई पठाएका हुन्।
संवैधानिक परिषद्को बैठकमा प्रमुख विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ । अहिलेसम्म बैठक स्थगित भएको सूचना भने जारी नगरिएको स्रोतले बतायो ।
कांग्रेसले २९ गते सरकारविरूद्ध देशव्यापी प्रदर्शन गर्दैछ।
परिषद्को बैठक बोलाए लगत्तै शुक्रबार प्रधानमन्त्री ओली र विपक्षी दलका नेता देउवाबीच भेटवार्ता पनि भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोग लगायत विभिन्न संवैधानिक निकायमा गरी ४० पद रिक्त छन् । नियुक्तिको विषयमा छलफल भएपनि प्रधानमन्त्री र देउवाबीच सहमति जुट्न भने सकेको छैन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आजदेखि कोरोना खोप सातवटै प्रदेशमा पठाइँदै
काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले...कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन
लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा...भारतमा कोरोनाको कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो
नयाँ दिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १५२ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु...सप्तरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
काठमाडौं । सप्तरीको बोदे बरसाइन नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा आज एकको मृत्यु...सशस्त्रको अस्पतालमा ‘सडक मानवलाई निःशुल्क’
काठमाडौँ । अघिल्लो वर्ष काठमाडौँको सडकबाट उद्धार गरिएकी शोभा मानवलाई झण्डै निको बनाउन रु डेढ लाख खर्च...सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित
काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स...करको दर हैन दायरा बढाउँदै भरतपुर महानगर
चितवन । भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई अभियानको रुपमा अघि वढाएको छ । कोरोना भाइरस कोभिड–१९...सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारवाहीमा
कर्णाली । सुदूरपश्चिम प्रदेशमा छ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक...निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो
हुम्ला । जिल्ला निर्वाचन कार्यालय हुम्लाले निर्वाचन तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुका...कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु...

प्रतिकृया लेख्नुहोस्:
- ओलीलाई ‘उल्टो खोपडीको मान्छे’को संज्ञा दिँदै प्रचण्डले भने- संविधान यतिबेला आइसियुमा छ
- तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौं : प्रचण्ड
- माधव नेपालले भने : यो त कास्टिङ मात्र हो, फिल्म सुरु हुन बाँकी नै छ
- ओली कम्युनिष्ट पार्टीका भगौडा हुन्, कुन पार्टी आधिकारिक हो सडकमा हेर्नु : खनाल
- मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश
- तस्विरमा हेर्नुहोस् प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन
- ओलीलाई सूर्य चिन्हको माया नै छैन : अध्यक्ष नेपाल
- राजपत्रमा प्रकाशित प्रतिनिधि सभा विघटनको सूचना इजलासमा पेश
- वाग्मती प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने
- सप्तरीमा ट्र्याक्टर दुर्घटना : दुईको मृत्यु, पाँच घाइते