


कृषि तथा पशुपक्षीको विकास र उत्पादनका लागि ६७ लाख बजेट विनियोजन


-
-
मंसिर २७ गते, २०७७ - १५:५४

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले पशुपक्षी तथा कृषि क्षेत्रको संरक्षण, विकास र उत्पादकत्व वृद्धिका लागि चालू आर्थिक वर्षमा रु ६७ लाख भन्दाबढी बजेट विनियोजन गरेको छ ।
साथै उपमहानगरपालिका क्षेत्रमा लामो समयदेखि रहेको बाँझो खेतीयोग्य जमीन उपयोगमा ल्याउनसमेत बजेट विनियोजन भएको सो जनाइएको छ । बाँझो जमीन उपभोग कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरिएको छ । हेटौँडाका साविक ११ वडा मात्र रहेका र पछि थपिएका वडामा बाँझो जमीन राखेर विदेश जाने खेत बाँझो हुने समस्या बढेको छ । बाँझो जमीनलाई खनजोत गर्ने तथा तरकारी र अन्नबाली उत्पादन गर्ने किसानलाई प्राथमिकता दिएर उक्त कार्यक्रम ल्याइएको छ ।
खेतीयोग्य जमीन बाँझो राखेर विदेश जाने र रोजगारीका लागि भौतारिने जस्ता कार्यबाट मुक्त गर्न यो कार्यक्रम ल्याइएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए । त्यस्तै चालू आर्थिक वर्षमा कृषिबाली क्षतिपूर्ति अनुदानका लागि पनि रु १० लाख बजेट विनियोजन गरिएको छ ।
किसानले आफ्ना खेतबारीमा लगाएका बाली कुनै कारणले उत्पादन हुन नसके वा हानि नोक्सानी भएमा उक्त क्षतिपूर्तिको कार्यक्रम ल्याइएको हो । उपमहानगरपालिकाबाट प्राप्त विवरणअनुसार गाई, बाख्रा, बङ्गुर र पाडापाडीपालन प्रोत्साहनका लागि बजेट विनियोजन गरिएको उल्लेख गरिएको छ ।
नगरका विभिन्न क्षेत्रमा गाई प्रवद्र्र्धन कार्यक्रमअन्तर्गत रु २१ लाख ३३ हजार बजेट विनियोजन गरिएको छ । लागत साझेदारीमा बङ्गुर प्रवद्र्धन कार्यक्रमका लागि चालू आर्थिक बर्षमा रु १० लाख छुट्याएर काम गर्न लागिएको प्रमुख महतले जानकारी दिए ।
त्यस्तै साना र व्यावसायिक बाख्राको उत्पादन पकेट विकास कार्यकमअन्तर्गत रु १५ लाख बजेट विनियोजन गरी उक्त कार्यक्रम शुरु गरिएको उनले बताए । साथै कृषि तथा पशुपक्षीसम्बन्धि तथ्याङ्क अध्यावधिक कार्यक्रम यो वर्ष गर्न लागिएको र त्यसका लागि रु एक लाख रकम छुट्याइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
रत्ननगरमा जिल्लाकै पहिलो आकाशे पुलको उद्घाटन
चितवन । पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार...महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो
संयुक्त राष्ट्रसंघ । विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको...भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रधानमन्त्री मोदीद्धारा उद्घाटन
नयाँदिल्ली । भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री...देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली
काठमाडौँ । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको...चिसो बढेपछि ढोरपाटनमा ४५ दिनका लागि विद्यालय बन्द
बलेवा । चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारी चौरमा...दाङमा व्यावसायिकरुपमा माछापालन फस्टाउँदै, माछाको माग धान्न कठिन
दाङ । दाङमा पछिल्लो समयमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पहिलेको समयमा नदी, खोला र प्राकृतिक पोखरीमा...माघीमा थारू सङ्ग्रहालय अवलोकन गर्नेको सङ्ख्यामा वृद्धि
तुलसीपुर । दाङको थारू सङ्ग्रहालय अवलोकन गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । थारूको परम्परालाई हेर्न...मोटरसाइकल प्रयोग गरी सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ
पर्वत । बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह...भारतद्वारा पाम आयलमा प्रतिबन्ध: नेपाली उद्योग धराशायी हुँदै
वीरगञ्ज । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग...विश्व ब्याडमिन्टन जुनियरतर्फको बरियतामा प्रिन्सको छलाङ
काठमाडौँ । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका...
