Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

नौ महिनापछि भाटेकोशीको बञ्जीे सञ्चालनमा

सिन्धुपाल्चोक । कोरोना भाइरसका कारण चैतदेखि बन्द भएको सिन्धुपाल्चोकको भोटेकोशीको बञ्जी जम्प नौ महिनापछि पुनः सञ्चालनमा आएको छ ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालनमा ल्याइएको बञ्जी जम्पमा हाल दैनिक चारदेखि १५ जनासम्मले बञ्जी गर्ने दी लास्ट रिसोर्ट एडभेन्चर प्रालिका व्यवस्थापक कुमार राउतले बताए।

विसं २०५६ देखि सञ्चालित १६० मिटरको उक्त बञ्जी जम्प रोमाञ्चकका दृष्टिकोणले उत्कृष्ट मानिन्छ । देशमा बन्दाबन्दी लागू हुनुअघि स्वदेशी र विदेशीसहित दैनिक १०० जनासम्म आउने गरेकामा भर्खरमात्र सञ्चालनमा आएकाले क्रमशः पर्यटकहरु आउने अपेक्षा गरिएको व्यवस्थापक राउतले स्पष्ट गरे ।

बञ्जीका लागि युवायुवती बढी आकर्षित हुने र प्रहरी अधिकृत तालीममा सहभागीलाई पनि अनिवार्य रुपमा समावेश गरिएको बताइएको छ । बञ्जीका लागि स्वदेशीलाई रु छ हजार र विदेशीलाई नौ हजार २०० दस्तुर लिने गरिएको छ । बञ्जीका साथै रोमाञ्चक सुइङ पनि सञ्चालनमा आएको छ ।

चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका निरन्तररुपमा सञ्चालनमा आए तिब्बतको मानसरोवर जाने भारतीय तीर्थ यात्री नाका हुँदै जाने भएकाले बाह्य र आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुने प्रचुर सम्भावना रहेको छ ।

नेपालका राष्ट्रिय विभूति वास्तुविद् अरनिको १३औँ शताब्दिमा चीन जाँदा बञ्जीभन्दा माथि रहेको भोटेकोशी गाउँपालिका–५ स्थित त्याङथलीमा बास बसेका थिए । तामाङ जातिको बाहुल्यता रहेको उक्त गाउँमा बास बसेपछि त्याङथली नाम राखेको थिए । तामाङ भाषामा त्याङथलीको अर्थ चोटा हुने र भोटेकोशीमाथि पर्ने हुँदा त्याङथली नाम राखेको स्थानीयवासीको भनाइ रहेको छ ।

अरनिको बास बसेको उक्त ऐतिहासिक स्थानको भौगोलिक तथा पर्यटकीय सम्भावनाका बारेमा निजीस्तरमा अनुसन्धानमा लागिपरेको अरनिको पाहुना घरको प्रबन्धकसमेत रहेको राउतले जानकारी दिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies