


प्रधानमन्त्री कप क्रिकेटको लागि कास्कीबाट खेलाडी छनोट


-
-
मंसिर २७ गते, २०७७ - ०९:४१

कास्की । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट महिला खेलाडी छनोट गरिएको छ । लुम्बिनी प्रदेशको दाङमा आयोजना हुने प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट सङ्घले शुक्रबार तीन वैकल्पिकसहित १७ खेलाडी छनोट गरेको हो ।
कास्की जिल्लाबाट छनोट भएका खेलाडीमा सृष्टी पौडेल, सिर्जना पौडेल, एलिशा क्षेत्री, गङ्गा लुयाली, प्रमिला बानियाँ, शिला रेग्मी, धन छन्त्याल, स्मृति गुरुङ, प्रतिमा बानियाँ, विन्दु थापामगर, त्रिष्ना देवकोटा, मिसेल परियार, प्रतीक्षा सुवेदी र स्मृति कुँवर छनोट भएको सङ्घका जिल्ला अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए।
यसैगरी वैकल्पिक खेलाडीमा एलिना सुनार, सुरक्षा क्षेत्री र अनुष्का बराल हुनुहुन्छ । खेलाडी छनोट गर्न मङ्सिर २२ देखि छनोट ‘क्याम्प’ आयोजना गरिएको र जिल्लाबाट छनोट भएका खेलाडी पुस १ देखि पोखरामा सञ्चालन हुने प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने सिग्देलको भनाइ छ । प्रदेशस्तरबाट छनोट भएका खेलाडीले आगामी पुस ११ देखि सञ्चालन हुने प्रधानमन्त्री कपमा स्पर्धा गर्नेछन् ।
यसैगरी पुरुषतर्फको छनोटका लागि भने क्लबस्तरीय प्रतियोगिता पोखरा रङ्गशालामा सञ्चालन भइरहेको छ । प्रतियोगितामा माछापुच्छ«े, पोखरा, अरण्यज्योति, साँग्रिला, कास्की र राइजिङ पोखरा क्रिकेट क्लबसहित छ टोलीले सहभागिता जनाएको जिल्ला क्रिकेट सङ्घले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिइँदै, आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नेपाल आंशिक प्राध्यापक सङ्घसँगको सहमति कार्यान्वयनका लागि...पक्ष र विपक्षमा शक्तिको प्रदर्शनले देश मुठभेडतर्फ जाने खतरा बढ्यो : अध्यक्ष थापा
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनैतिक दलका नेता एक अर्काको आरोप प्रत्यारोपमा...प्रचण्ड-नेपाल पक्षद्वारा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन
काठमाडौं । नेकपाको प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत...सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको...भीरबाट लडेर वडा सदस्यको मृत्यु, गाउँपालिका उपाध्यक्ष भुजेललाई पितृशोक
खोटाङ । भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ...संसद् विघटन असंवैधानिक भन्दै कराउनेहरु देश विरोधी हुन् : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन असंवैधानिक भयो भन्दै कराउनेहरु देश र संविधान...विश्व रेकर्ड होला, दुईवटा किड्नी भएकाे प्रधानमन्त्री कोही छैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शारीरिक अपगङ्गता भएका व्यक्तिमा सबैभन्दा बढी समस्यामा...नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित
सुर्खेत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत...तस्विरमा हेर्नुहोस् मुख्यमन्त्री शेरधन राईको विवाह
काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षियमन्त्री...मुख्यमन्त्री शेरधन राईले कसे लगनगाँठो, बेहुलामा यस्तो देखिए
काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षियमन्त्री...

प्रतिकृया लेख्नुहोस्:
- आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिइँदै, आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने
- पक्ष र विपक्षमा शक्तिको प्रदर्शनले देश मुठभेडतर्फ जाने खतरा बढ्यो : अध्यक्ष थापा
- भीरबाट लडेर वडा सदस्यको मृत्यु, गाउँपालिका उपाध्यक्ष भुजेललाई पितृशोक
- नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित
- भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी