Khabar Dabali Logo
  January 24, Sun

चिनियाँ खेलौना निर्माता बने रातारात अर्बपति

एजेन्सी । एक चिनियाँ खेलौना निर्माता शुक्रवार रातारात अर्बपति बनेका छन्। उनको कम्पनी पप मार्ट शेयर बजारमा सूचीकृत भएपछि उनको सम्पत्ति बढेको हो।

स्थापना भएको केही वर्षमै उन्नति गर्दै वाङ निङको पप मार्ट सात अर्ब अमेरिकी डलरको कम्पनी बन्न सफल भएको हो।

पप मार्टले भित्र के छ भनेर हेर्न नमिल्ने गरी सङ्कलनयोग्य खेलौनाहरू प्रति खेलौना आठ डलर जतिको मूल्यमा विक्री गर्छ।

हङकङको स्टक बजारमा शुक्रवार सूचीकृत भएको कम्पनीमा वाङको ५० प्रतिशत जति शेयर छ र फोर्ब्स पत्रिकाका अनुसार उनको सम्पत्ति तीन अर्ब २० करोड डलर भएको छ।

बेइजिङमा मुख्यालय रहेको पप मार्टले शेयर बजारबाट ६७ करोड ४० लाख डलर उठाएको छ जुन थप खेलौना पसलहरू खोल्न र विदेशमा व्यापार विस्तार गर्न प्रयोग गरिने बताइएको छ।

शेयर बजारमा सूचीकृत भएकै दिन यसको शेयर मूल्य पहिलो दिन नै दोबर भएको थियो।

पप मार्टले चीन बाहेक २१ देशमा खेलौना विक्री गर्छ र यसका ग्राहकहरू १८ देखि ३५ वर्षका र ७५ प्रतिशत महिला भएको बताइन्छ।

चिनियाँ युवायुवतीहरू आफ्नो घर र टेबुल हेर्दा राम्रा देखिने खेलौनाहरूले सजाउन चाहन्छन्।

त्यस्तै किन्दा के पाइन्छ भन्ने जिज्ञासाले पनि मानिसहरूलाई उत्साहित बनाउँछ, चाइना मार्केट रिसर्च ग्रुपका शाउन रेन भन्छन्।

चीनमा युवायुवतीले यस्तै खेलौना, डिजाइनर जुत्ता र कम्प्युटर गेम्समा धेरै खर्च गर्ने अलिबाबाको एउटा प्रतिवेदनमा जनाइएको छ।

पप मार्टको विक्री गत वर्ष तेबर बढेको कम्पनीले दाबी गरेको छ। कम्पनीले खेलौना निर्माणका लागि वाल्ट डिज्नी र युनिभर्सल स्टुडियोजसँग अनुमति लिएको छ भने अरूले निर्माण गरेको खेलौना पनि विक्री गर्छ।

मंसिर २६ गते, २०७७ - १४:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस

सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस

kp काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस...   

भीरबाट लडेर वडा सदस्यको मृत्यु, गाउँपालिका उपाध्यक्ष भुजेललाई पितृशोक

खोटाङ । भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ...   

संसद् विघटन असंवैधानिक भन्दै कराउनेहरु देश विरोधी हुन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन असंवैधानिक भयो भन्दै कराउनेहरु देश र संविधान...   

विश्व रेकर्ड होला, दुईवटा किड्नी भएकाे प्रधानमन्त्री कोही छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शारीरिक अपगङ्गता भएका व्यक्तिमा सबैभन्दा बढी समस्यामा...   

नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित

सुर्खेत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत...   
तस्विरमा हेर्नुहोस् मुख्यमन्त्री शेरधन राईको विवाह

तस्विरमा हेर्नुहोस् मुख्यमन्त्री शेरधन राईको विवाह

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षियमन्त्री...   
मुख्यमन्त्री शेरधन राईले कसे लगनगाँठो, बेहुलामा यस्तो देखिए

मुख्यमन्त्री शेरधन राईले कसे लगनगाँठो, बेहुलामा यस्तो देखिए

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षियमन्त्री...   

भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड छ लाख ५४ हजारभन्दा बढी पुगेको...   

चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

चिन । चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका...   

सुदूरपश्चिमको नौ वटै जिल्लामा १६ हजार मात्रा खोप आउँदै

सुदूरपश्चिम । सुदूरपश्चिम सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top