


मेलम्चीको पानी आउने मिति घोषणामै सीमित


-
-
मंसिर २६ गते, २०७७ - ०८:०२

काठमाडौं । काठमाडौं उपत्यकाका बासिन्दा विगत ३२ वर्षदेखि मेलम्चीको पानीको प्रतीक्षामा छन् । काठमाडौं आउनै लागेको खानेपानी सुरुङ परीक्षणकै क्रममा डिजाइन गलत हुँदा अझै अनिश्चित भइरहेको छ ।
आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ – सरकारले मेलम्चीको पानी आउने मिति धेरैपटक घोषणा गर्यो तर आजसम्म पनि पानी आउने कुनै छाँटकाँट छैन । जुन सरकार आए पनि अधुरा घोषणा मात्रै गर्छन् । उपत्यकामा खानेपानीको पाइप बिच्छ्याएर घरघरमा धारा जडान गरे पनि पानी कहिले आउने हो अझै पत्तो छैन ।
खानेपानी आउने खुसी साट्न नपाउँदै काठमाडौं आउन लागेको पानी पुनः धकेलिएको छ । गत असारमा सुरुङको परीक्षणका क्रममा ‘हेडबक्स’ को निर्माण नसकिएकाले अस्थायी बाँधमार्फत पानी पठाउँदा ढोका गलत तरिकाले डिजाइन भएकाले दुर्घटना परी दुई जनाको निधन हुन पुग्यो ।
आयोजनाको समग्र भौतिक निर्माणको काम शुरु भएको २० वर्ष नाघिसकेको छ । सुरुङ निर्माणको काम शुरु भएको मात्र १२ पुगिसकेको छ । तर मेलम्ची कहिले आउँछ, सरकारले यकिन गर्न सकिरहेको छैन । थोरै प्रतिशत काम बाँकी रहँदा पनि उक्त काम तीव्र गतिमा अगाडि बढ्न सकिरहेको छैन । सम्भवतः यस वर्ष नै मेलम्चीको पानी काठमाडौं आउने दाबी खोनपानी मन्त्रालयले गर्दै आएको छ ।
मेलम्ची आयोजना शुरु भएसँगै उपत्यकाभित्र खानेपानी वितरणका लागि काम अगाडि बढेको पनि वर्षौं बितिसक्यो । खानेपानीको पाइप बिच्छ्याउन भत्काइएको सडक केही स्थानमा निर्माण भएको छ भने अधिकांश ठाउँमा धुलाम्मे अवस्थामा छ । सुन्दरीजलमा निर्माण गरिएको प्रशोधन केन्द्रमार्फत पहिलो चरणमा पाइपको परीक्षण गरिएको छ ।
तर मेलम्चीको पानी काठमाडौं नआउँदासम्म भत्काएको सडक बनाउने अवस्था छैन । आयोजनाअन्तर्गत यसअघि नै सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेका छन् । सुन्दरीजलबाट चाबहिल हुँदै ललितपुरसम्म लैजाने पाइपको परीक्षण गर्न अझै बाँकी नै रहेको छ ।
मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयले पहिलो चरणमा वैकल्पिकरुपमा सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट उपत्यकाभित्र बिच्छ्याइको पाइपको परीक्षण गरे पनि अन्तिम परीक्षण मेलम्चीको पानी आएपछि मात्र हुने बताएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कोरोना खोप अभियान उत्साहजनक, पहिलो दिन ९ हजार ८४ जनाले लगाए
तीन महिनाभित्र सबैलाई निःशुल्क : प्रधानमन्त्री काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबार...अम्लीय जातका फलफूल निर्यात गर्न चीनले दिएन अनुमति
काठमाडौं । नेपालबाट चीनमा अम्लीय जातका फलफूल निर्यात गर्न चीन सरकारले अनुमति नदिएपछि नेपाल सरकारको...सरेको सर्यै रेल सञ्चालनको मिति
काठमाडौं । भारतबाट रेल सेट ल्याएको चार महिना बित्न लागे पनि सञ्चालनको अझै सम्म अत्तोपत्तो छैन । यसबीचमा...भारत र काँग्रेस भ्रममा
काठमाडौं । ‘भारत र कांग्रेसले जे बुझेका छन्, जे सोचेका छन्, त्यस्तो हुनेवाला छैन । केपीले चाहेको र सोचेको...घाँसमा सल्केको आगो फैलिँदा जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट
जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मंगलबार २५ घर नष्ट...पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए
काठमाडौं । मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शन...विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रधानमन्त्री असन्तुष्ट
काठमाडौं । निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको...‘देउवाले विघटन गर्दा ०४७ को संविधान गयो, अहिलेको विघटनले यो संविधान नजाओस्’
काठमाडौं । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको भन्दै पुनर्स्थापनाका पक्षमा बहस गरिरहेका कानुन...विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित
काठमाडौं । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका...सरकार आर्थिक संकटसँग जुध्न मुद्रा कोष सहायता लिने
काठमाडौं । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय...
