


बोइङको ७३७ म्याक्सलाई उडान अनुमति


-
-
मंसिर २५ गते, २०७७ - १३:५२

रियो दी जेनेरो । बोइङ कम्पनीको ७३७ म्याक्स शृंखलाको यात्रुवाहक विमानले ब्राजिलमा व्यावसायिक उडान बुधबारदेखि शुरु गरेको छ ।
बोइङ ७३७ म्याक्स मोडेलका दुई वटा विमान लगातार दुर्घटनाग्रस्त भएपछि झण्डै २० महिना पहिले यी विमानको उडान विश्वभर नै स्थगित गरिएको थियो ।
ब्राजिलको सस्तो विमान सेवा गोलले संचालन गरेको यो विमानले ब्राजिलको साओ पाउलोबाट पोर्टो अलेग्री शहरको उडान गरेको थियो । तर अन्य विवरण दिन विमान कम्पनीले अस्वीकार गरेको छ ।
सन् २०१९ को मार्चमा गोल विमान कम्पनीले अर्को सूचना जारी नहुँदासम्म बोइङ ७३७ म्याक्स ८ शृंखलाका विमानहरु नउडाउने घोषणा गरेको थियो ।
इन्डोनेसिया र इथियोपियामा भएका दुई वटा दुर्घटनामा ३४६ जना यात्रुको मृत्यु भएपछि विश्वभर नै बोइङ ७३७ म्याक्स बिमानहरु थन्किएका थिए ।
यसै महिनाको शुरुमा अमेरिकन एयरलाइन्सले संचालन गरेको ७३७ म्याक्स विमानले अमेरिकी शहर टेक्सासबाट ओक्लाहोमाको ४५ मिनेटको यात्रा गरेको थियो ।
गत महिना अमेरिकी नागरिक उड्डयन प्रशासनले ७३७ म्याक्स विमानको व्यवसायिक उडान संचालन गर्न सक्ने गरी यसअघि लगाएका प्रतिबन्धहरु फुकुवा गरेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
घरेलु तथा साना उद्योग महासङ्घमा नयाँ नेतृत्व
दमौली । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँको अध्यक्षमा रत्नकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित...सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत
राजविराज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार...चिसोले जनजीवन झन्झन् कष्टकर बन्दै
महात्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा अचाक्ली बढेको चिसोले जनजीवन झन्झन् कष्टकर हुँदै गएको...पोल गाडेको दुई वर्ष बितिसक्दा पनि पुगेन बिजुली
कावासोती । बौदीकाली गाउँपालिका–३ र ४ का बासिन्दाले विद्युत्को काम छिटोभन्दा छिटो सम्पन्न गर्न माग...भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष
चितवन । भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बन्ने भएको छ । आगामी एक वर्षभित्र निर्माण सम्पन्न...पाल्पाका किसानलाई बाँदरबाट सुन्तला जोगाउन सास्ती
पाल्पा । बोटमा पाकेर पहेँलपुर सुन्तलाका दाना जोगाउन किसानलाई सास्ती भएको छ । पाल्पामा यस वर्ष कम उत्पादन...वीरेन्द्रनगरमा जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा
कर्णाली । जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा...मनकामनामा दर्शनार्थीको सङ्ख्या बढ्दै
मुग्लिन । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर...केयुको उपकुलपति बन्न ४४ जनाले बुझाए व्यक्तिगत विवरण
काभ्रेपलाञ्चोक । काठमाडौँ विश्वविद्यालय ९केयु०मा धेरै प्राज्ञिकले नेतृत्वको इच्छा व्यक्त गर्नु...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ४ लाख ७९ हजारभन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा बढी...
