


मच्छिन्द्रनाथ दर्शन गर्न भक्तजनको भीड


-
-
मंसिर २५ गते, २०७७ - १३:००

ललितपुर । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथ दर्शन गर्न बिहानैदेखि तःबहालमा भक्तजनको भीड लागेको छ । बुधबार साँझ ५ बजे रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन ल्याइएसँगै दर्शनार्थी बढेका हुन् ।
मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले दिएको शुभ साइतअनुसार मच्छिन्द्रनाथलाई पाटन तःबहाल ल्याइएको पुजारी मदन शाक्यले जानकारी दिए । उनले भने, “बुधबार दिउँसो सवा ४ बजे मच्छिन्द्रनाथलाई बुङ्मतीबाट गुरुज्यूको पल्टन र केही सुरक्षाकर्मीसहित आठ जना पानेजुले पालेपालो बोकेर ल्याएका थियौँ । आज यहाँ भक्तजनको खुबै चहलपहल बढेको छ ।” मच्छिन्द्रनाथको रेखदेखमा आगामी आइतबारसम्मका लागि तःबहालमा आफ्नो पालो परेको पुजारी शाक्यले बताए ।
पाँच दिनअघिदेखि चोखो खाएर बसेका पुजारीले करुणामयलाई पाटन लगिसकेका ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले जानकारी दिए । उनले भने, “यही महिनामा मच्छिन्द्रनाथलाई पाटन ल्याउने परम्पराअनुसार मुलुकमा कोरोना महामारी रहिरहँदा पुजारीले समेत थाहा नपाउने गरी साइत हेरिएछ । यसपटक खासै हल्ला नगरी मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन लगियो ।”
लोकेश्वरलाई पाटन ल्याउनुपूर्व बुङ्मतीका विभिन्न देवीदेवताको पूजा गरिएको पानेजु हेम बज्राचार्यले बताए । वृष्टिदेवलाई गत भदौ २९ गते दिउँसो ३ बजे पुल्चोकबाट खटमा बोकेर बुङ्मती लगिएको थियो । बुङ्मती लगिएको ५७आँै दिनमा नै यसपटक मच्छिन्द्रनाथलाई पाटन ल्याइएको हो ।
लोकेश्वरको मन्दिर बुङ्मतीमा हाल निर्माणाधीन रहेको छ । सो मन्दिर पछाडि रहेको अस्थायी मन्दिरमा मच्छिन्द्रनाथ राखिएको थियो । गत वर्ष कोरोना जोखिमका कारण मच्छिन्द्रनाथलाई गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल नलगी एकैपटक रथ तानेर जात्रा समाप्त गरिएको थियो ।
रातो मच्छिन्द्रनाथलाई हिन्दूधर्माबलम्बिले भर्खरै उदाउन लागेको सूर्यनारायणका रूपमा लिन्छन् भने महायानी बौद्ध परम्परामा लोकेश्वरलाई अभिताभ बुद्धका रूपमा लिइन्छ । नेवार बौद्ध संस्कृतिमा आर्यावलोकितेश्वरको ठूलो महिमा रहेको मुनीन्द्ररत्न बज्राचार्यद्वारा लिखित पुस्तकमा उल्लेख गरिएको छ ।
किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरक्षनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरक्षनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरक्षनाथ आसनबाट उठी वर्षा र सहकाल हुने पत्ता लगाइएको थियो । यसपछि भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका बताइएको छ ।
काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने गर्छन् ।
प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन आर्यावलोकितेश्वरको महास्नान गर्ने परम्परा रहेको छ । दमकलचोकस्थित जोगाम्बर पीठमा मच्छिन्द्रनाथको रथ बनाउने गरिन्छ । विसं ८०० मा राजा वरदेवले रथ बनाउन लगाएका थिए । यस वर्ष मच्छिन्द्रनाथलाई टोलटोल घुमाउने, नरिवल खसाल्ने ,एक्लो महिलाले रथ तान्ने र अन्त्यमा जावलाखेल लगेर भोटो देखाउने इच्छा रहेको सुन्धारा निवासी सूर्यमान डङ्गोलले इच्छा व्यक्त गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो
सिजियाङ । चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा १ हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठाहरु...अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या
काबुल । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या...इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो
जाकार्ता । इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या...शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ एक लाख ६२ हजारले डाउनलोड गरे
काठामाडौँ । सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...मनोहरामा निःशुल्क गुर्जोको औषधि र चिया
काठमाडौँ । मनोहरा सफाइ अभियानका अभियानकर्मीलाई बहुउपयोगी वनस्पति गुर्जोबाट बनेको धुलो औषधि र चिया...घरेलु तथा साना उद्योग महासङ्घमा नयाँ नेतृत्व
दमौली । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँको अध्यक्षमा रत्नकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित...सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत
राजविराज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार...चिसोले जनजीवन झन्झन् कष्टकर बन्दै
महात्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा अचाक्ली बढेको चिसोले जनजीवन झन्झन् कष्टकर हुँदै गएको...पोल गाडेको दुई वर्ष बितिसक्दा पनि पुगेन बिजुली
कावासोती । बौदीकाली गाउँपालिका–३ र ४ का बासिन्दाले विद्युत्को काम छिटोभन्दा छिटो सम्पन्न गर्न माग...भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष
चितवन । भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बन्ने भएको छ । आगामी एक वर्षभित्र निर्माण सम्पन्न...
