


८ महिना पछि खुल्यो चिडियाखाना, इसेवामार्फत टिकट काट्न सकिने व्यवस्था


-
-
मंसिर २५ गते, २०७७ - १२:३२

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई पुनः खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न नपाउने चिडियाखानाले जनाएको छ ।
चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवी पोखरेलले कोरोनाको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई चिडियाखाना खुला गरिएको जानकारी दिए । सुरक्षाका मापदण्डमा अवलोकनकर्ताले अनिवार्य मास्क ल्याउनुपर्ने, एकपटकमा ८०० मानिसले मात्र अवलोकन गर्न पाइने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने र बालबालिकालाई खेलाउन नपाउनेजस्ता रहेका छन् ।
भित्र जानेको सङ्ख्याजस्तै बाहिर निस्कनेको सङ्ख्या पनि गणना गरिनेछ । जति जना बाहिर निस्कन्छन् सोही बराबरको सङ्ख्यामा नयाँ अवलोकनकर्तालाई प्रवेश दिइने मापदण्ड रहेको छ । यसअघिझै हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापदण्ड तयार गरिएको भए पनि एकपटकमा केही सीमित व्यक्तिलाई मात्रै प्रवेशको व्यवस्था गरिएको छ । हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीवजनावर रहेको छ । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् ।
ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।
चिडियाखाना अवलोकन गर्न विदेशीका लागि रु ७५०, सार्क देशका लागि रु ५००, नेपालीलाई रु १५० र नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिइएको छ । वार्षिक ११ लाख दर्शकसम्म अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नै वार्षिक रु १५ देखि रु १६ करोडसम्मको कारोवार हुने गरेको छ ।
टिकक लिन लाम बस्नु नपर्ने
प्रवेशका लागि पहिलेजस्तो टिकट लिन लाम बस्न नपर्ने व्यवस्था गरिएको छ । चिडियाखानाको वेबसाइट वा इसेवामार्फत टिकट काट्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ । व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट निर्णय नआउँदा खुल्न सकेको थिएन ।
तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रूपमा स्थापना गरेका थिए । विसं २०११ देखिसर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ देखि यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग
काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७...३५ बर्षीया मल्लिक मृत अवस्थामा फेला
मोरङ । कानेपोखरी गाउँपालिका-७ स्थित सार्वजनिक शौचालय नजिक टहरोमा सोही गाउँपालिका-५ घर भएका ३५ बर्षीया...ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ
झापा । ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित वस्तुहरु दमक नगरपालिका-६ वस्ने...सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, स्थानिय निकाय तथा विभिन्नसंघसंस्थाहरूसँग...भक्तपुरमा खोपः चार हजारलाई दिइने
काठमाडौँ । पहिलो चरणमा जिल्लामा चार हजार व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान आज भक्तपुर...विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघ्यो
वासिङ्टन । विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका...खुँडा प्रहार गरी हत्या गर्ने ३ जना आरोपित पक्राउ
बझाङ । खुँडा प्रहार गरी हत्या गरिएका युवकका हत्या आरोपित तीन जना पक्राउ परेका छन् । छब्बिसपाथिभेरा...जुम्लामा आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट, करीब ३ करोड भन्दा बढीको क्षति
खलङ्गा । जुम्लाको तिला गाउँपालिका – ७ स्थित गोठी गाउँमा भीषण आगलागी हुँदा करीब तीन करोड भन्दा बढीको...रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावको विपक्षमा सबैजसो...प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ: तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क
काठमाडौँ । ‘स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा’ भन्ने नाराका साथ मुलुकभर आजदेखि...

प्रतिकृया लेख्नुहोस्:
- रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग
- इन्फ्रास्ट्रक्चरको आइपिओ शुक्रबार बाँडफाँड हुने, ७५ हजार आवेदन रद्द, कति पर्ला तपाईंलाई ?
- कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग
- ३५ बर्षीया मल्लिक मृत अवस्थामा फेला
- ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ
- खुँडा प्रहार गरी हत्या गर्ने ३ जना आरोपित पक्राउ
- जुम्लामा आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट, करीब ३ करोड भन्दा बढीको क्षति
- रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
- प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ: तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क
- कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह