Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

स्वदेशमै उत्पादित बायो ग्याँस र प्राङ्गारिक मलको बजार अभाव

कास्की । पृथ्वीराजमार्गबाट पोखरा प्रवेश गरेलगत्तै केही अगाडिबाट दायाँ लागेपछि ७०० मिटरको दूरीमै छ गण्डकी ऊर्जा कम्पनीको उद्योग । ‘फोहोरलाई मोहर’मा परिणत गर्ने लक्ष्यका साथ स्थापना भएको सो कम्पनीले हाल बायोग्याँस र प्राङ्गारिक (अर्गानिक) मल उत्पादन गरे पनि बजार भने पाउन सकेको छैन ।

वैकल्पिक ऊर्जाको प्रयोगबाट ग्याँस र मलमा देशलाई आत्मनिर्भर बनाउन योगदान गर्ने उद्देश्य राखेर कम्पनीले डेढ वर्षअघिबाट ग्याँस उत्पादन शुरु गरेको थियो । नेपालमा भारतले नाकाबन्दी लगाएपछि खाना पकाउने एलपिजी ग्याँसको चरम अभावपछि स्वदेशमै बायो प्रविधिबाट ग्याँस उत्पादन गर्ने योजनाअनुसार यस कम्पनीको अवधारणा आएको बताइन्छ ।

छिमेकी मुलुक भारतबाट आयात हुँदै आएको एलजिपी ग्याँसको आयात न्यूनीकरण गरी देशभित्रै वैकल्पिक ऊर्जामा आत्मर्निभर बन्ने प्रयास थालनी गरेको गण्डकी ऊर्जा कम्पनीबाट उत्पादित ग्यासले अहिले बजार पाउन नसकेको गुनासो सञ्चालकहरुको छ । कम्पनीले कुहिने फोहरलाई प्रशोधन गरेर बायो ग्याँस र प्राङ्गारिक मल उत्पादन शुरु गरेको हो । कम्पनीबाट उत्पादित ग्याँस सिलिण्डरमा भरेर घरघरमा पठाउने गरिएकामा बन्दाबन्दीपछि कम्पनीका अधिकांश ग्राहक बन्द भए । ग्राहक बन्द भएपछि कम्पनीबाट उत्पादनसमेत कम हुन थाल्यो ।

ग्याँसले विस्तारै बजार लिँदै गरेको अवस्थामा कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको बन्दाबन्दीपछि ग्याँसका अधिकांश ग्राहक बन्द भएकाले उत्पादन क्षमता रहे पनि बजार नहुँदा पूर्ण क्षमतामा आफूहरुले उत्पादन नगरेको कम्पनीका निर्देशक कुशल गुरुङले बताए । यसैगरी देशभर रासायनिक मलको हाहाकार हुँदासमेत आफूहरुको प्राङ्गारिक मल बिक्री नभएको गुनासो कम्पनीको छ । बजार नपाउँदा मल त्यसै सुकेर जाने अवस्थामा रहेको बताइन्छ ।

गण्डकी ऊर्जा कम्पनीले दशैँलगत्तै अन्नपूर्ण अर्गानिक मल उत्पादन गरेर बजारमा बिक्री गर्न शुरु गरे पनि बजार पाउन सकेको छैन । यस वर्ष बर्खायाममा कृषक लामो समय मलको प्रतीक्षामा रहे पनि प्राङ्गारिक मलको प्रवद्र्धन गर्ने सरकारको कार्यक्रम नहुँदा आफूहरुको मल बिक्री नभएको दुःखेसो उहाँको छ ।

“राज्यले प्राङ्गारिक मललाई प्रोत्साहन गर्ने भनेर नीतिमा त ल्यायो तर सो अनुसारको कार्यक्रममा आउन सकेन”, निर्देशक गुरुङले भने, “कृषक रासायनिक मल कुरेर महिनौँ बस्दासमेत सरकारले प्राङ्गारिक मल प्रयोग गर्नुहोस् भनेर कृषकलाई भन्न सकेन न त यसका लागि कुनै बजेटनै विनियोजन भयो, सरकारले मल आउँछ भनेर आसमात्रै देखायो ।” रासायनिक मलमा अनुदानका लागि रु ११ अर्ब बजेट छुट्ट्याउने सरकारले प्राङ्गारिक मलमा समेत अनुदान दिन बजेट विनियोजन गर्नुपर्ने उनको माग छ ।

कम्पनीले हाल ४० केजी र तीन केजीका गरी दुई बोरामा मल प्याकेजिङ गरेर बिक्री गर्ने गरेको छ । ठूला कृषक र साना कौसी खेती गर्ने कृषकलाई लक्ष्य गरेर दुई प्रकारको प्याकिङ गरिएको छ । कम्पनीको लकडाउन अघि दैनिक ३५० केजी ग्याँस बिक्री हुन्थ्यो । बजारमा माग भएमा पूर्ण क्षमतामा उत्पादन गर्न सकिने क्षमता छ तर माग नभएकाले उत्पादन पनि हुन नसकेको बताइन्छ ।

कम्पनीले ११ केजी, १० केजी र पाँच केजीको तीन प्रकारका सिलिण्डर ग्याँस बजारमा पठाउने गरेको छ । ग्यासको मूल्य भ्याटबाहेक प्रतिकेजी रु ९० तय गरिएको छ । दैनिक कम्तीमा एक वा दुई वटा सिलिण्डर प्रयोग गर्ने होटल रेष्टुराँ, पार्टी प्यालेस, अस्पतालका चमेनागृहमा बायो ग्याँसको सिलिण्डर प्रयोग हुने भए पनि कोरोनाले यी क्षेत्र प्रभावित भएकाले ग्याँसको बजार अभाव भएको निर्देशक गुरुङ बताउछन् ।

ग्राहकले पनि आफ्नो उद्योगबाट उत्पादित ग्याँसलाई रुचाएको र बढी किफायती भएको प्रतिक्रिया ग्राहकबाट प्राप्त भएको दावी कम्पनीको छ । उनले भने, “मागका आधारमा हामी बायो ग्याँस उत्पादन गछौँ । लकडाउनअघि माग पनि थियो तर त्यसपछि अधिकांश ग्राहक बन्द भएकाले हाम्रो ग्याँस बजारमा त्यति जान सकेको छैन, हाल कम्पनीका २२ ग्राहक छन् ।”

कम्पनीसँग दैनिक ४५ टन प्राङ्गारिक फोहोर प्रशोधन गरेर दैनिक हजार ६०० किलोसम्म बायो ग्याँस निकाल्न सक्ने क्षमता छ । यसैगरी सुक्खा प्राङ्गारिक (कम्पोष्ट) मल दैनिक पाँच टन प्याकिङ गर्नसक्ने क्षमता कम्पनीको छ । माग नभएकाले उत्पादन भएको मल प्याकिङ नगरिकन राखिएको छ । ग्यासको बजार हाललाई पोखराभित्र मात्र रहे पनि मल भने केही पोखरा बाहिरसमेत गएको बताइन्छ ।

नेपालमा विसं २०७२ मा भारतले लगाएको नाकाबन्दीपछि देशैभर ग्याँस र पेट्रोलियम पदार्थको चरम अभाव भयो । ग्याँसको अभाव अझ बढी थियो । निर्देशक गुरुङले नाकाबन्दीमा ग्याँस अभाव देखेपछि ग्याँसबाट बिजुली उत्पादन गर्नुभन्दा ग्याँसलाई सिलिण्डरमा भरेर एलपिजी ग्याँसको विकल्प बनाउने बारेमा अध्ययन शुरु गरेको जानकारी दिए ।

“म वातावरण विज्ञानको विद्यार्थी भएकाले विषयत पढाइ पनि यसमा थियो । बेलायतमा पढेर आउँदा यहाँ चरम विद्युत् अभावको समस्या थियो”, उनले भने, “वैकल्पिक ऊर्जाको बारेमा ज्ञान भएकाले व्यवसायमा ढाल्ने भनेर सोचिरहेको थिएँ, नाकाबन्दीपछि यसलाई मूर्तरूपमा अघि बढाएँ ।”

बायो ग्याँसका लागि कम्पनीले ठूूला गाईभैँसी फार्म, कुखुरा फार्म, उखु उद्योग तथा बियरका उद्योगबाट फालिएको मर्चालाई कच्चा पदार्थको रूपमा प्रयोग गर्ने गरिएको सञ्चालक प्रगत कायस्थले बताए । गण्डकी ऊर्जामा रु २५ करोड लगानी भएको कम्पनीले जनाएको छ ।

लगानीकर्ता अधिकांश पोखराका युवा छन् । युवा व्यवसायीको रु १५ करोड, रु पाँच करोड नेपाल सरकारको अनुदान तथा रु पाँच करोड बैंक ऋण लिएर उद्योग सञ्चालनमा ल्याइएको कायस्थले जानकारी दिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies