Khabar Dabali Logo
  January 24, Sun

नारायणी नदीको किनारमा पर्यटकीय पूर्वाधार बन्दै

चितवन । नारायणी नदी किनारमा गुरुयोजनाअनुसार पर्यटकीय पूर्वाधारका कामलाई तीव्रता दिन थालिएको छ । भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजनाअनुरुप नदी किनारलाई आकर्षक बनाएर पर्यटकीय केन्द्र बनाउन लागेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कतिपय कामको बोलपत्रसमेत आह्वान गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको गुरुयोजनानुसार काम गर्न मन्त्रालयले बोलपत्रसमेत आह्वान गरेको बताए । उनका अनुसार पैदल पथ (वाकवे), पार्किङ, बगैँचालगायत काम गर्न बोलपत्र आह्वान गरिएको हो । गत वर्ष नारायणी नदी किनारमा उद्योग वाणिज्य सङ्घ चितवनसँग सहकार्य गरेर रु एक करोड हाराहारीको काम सम्पन्न भएको छ । दाहालले भने, “हाम्रो आग्रहलाई सङ्घीय सरकारले सम्बोधन गरेको छ । अब नारायणी नदी किनार आकर्षक पर्यटकीय केन्द्र बन्नेछ ।”

मन्त्रालयका पर्यटन विभागका इञ्जिनीयर सचीन्द्र यादवका अनुसार नारायणी नदी किनारलाई व्यवस्थित र सुन्दर बनाउन महानगरको गुरुयोजनाअन्तर्गतको २.४ किलोमिटर वाकवे, एक सय हाराहारी चारपाङ्ग्रे सवारी अट्ने दुईवटा पार्किङ स्थल, बगैँचालगायत निर्माणका लागि बोलपत्र आह्वान गरिएको हो । डेढ वर्षभित्र काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको छ । बजेट सीमा रु छ करोड ५० लाख रहेको छ । क्रमशः गुरुयोजनानुसार अन्य काम गरिँदै लगिने मन्त्रालयको योजना रहेको उनले जानकारी दिए ।

पर्यटकीय पूर्वाधार नहुँदासमेत आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहने यस ठाउँलाई व्यवस्थित गरिएपछि थप पर्यटकीय गतिविधि हुने अपेक्षा महानगरले गरेको छ । बिहानीको हिँडाइदेखि साँझमा टहलिनेसम्मको भीड हुने यहाँ अहिले सोलार बत्ती जडान गरिएको छ । दिउँसो र साँझ खानाका स्टलहरु खाएर नदी किनारमा रमाउनेहरु प्रशस्त भेटिन्छन् ।

यस ठाउँमा बगैँचा, फुटबल मैदान, भलिबल कोट, ब्याडमिन्टन कोट, बिच भलिबल क्षेत्र, अन्य खेलका लागि छुट्टै भूभाग, बालुवा क्षेत्र, बालबालिकाको खेल क्षेत्र, अवलोकन क्षेत्र, विश्रामस्थल, शौचालय, पार्किङलगायतका संरचना निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ । नगरपालिकाका इञ्जिनीयर अस्मिता खनालका अनुसार नारायणीको पुलबाट नारायणी लिफ्ट सिँचाइसम्मको २ दशमलव ५ किलोमिटर लामो सो भू–भाग १५ बिगाह क्षेत्रमा फैलिएको छ ।

खनालका अनुसार त्यस भू–भागलाई पाँच भागमा विभाजन गरेर संरचनाहरु निर्माण गर्ने गरी विस्तृत अध्ययन प्रतिवेदन परामर्शदाता कम्पनीले तयार गरेको हो । रु २९ करोड ३१ लाख खर्च हुने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । नदी किनारको दुईतर्फको छेउमा हाल भएको संरचनालाई व्यवस्थित गरिनेछ । बीचको भागमा धार्मिक क्षेत्र, प्रदर्शनी क्षेत्र र खेल क्षेत्रका लागि छुट्टाछुट्टै स्थान तय गरिएको छ । ती क्षेत्रभित्र पैदलमार्ग, साइकल मार्ग, प्रदर्शनी क्षेत्र, आरती क्षेत्र, धार्मिक प्रवेश क्षेत्र र हरियाली क्षेत्र रहनेछन् ।

महानगरको शहरी क्षेत्रमा बसोबास गर्नेहरुका लागि नदी किनार निकै उपयोगी हुनेछ भने आन्तरिक र बाह्य पर्यटकका लागि पनि आकर्षक केन्द्रविन्दु बन्ने प्रमुख दाहालको विश्वास छ । पवित्र तीर्थस्थल देवघाट र नवलपरासी क्षेत्र नदी किनारबाट अवलोकन गर्न सकिनेछ । दाहालका अनुसार किनारका संरचना बन्दै गर्दा विभिन्न खेलहरु पनि खेल्न सकिनेछ । दाहालले भने, “म प्रमुख भएसँगै नारायणी नदी किनारलाई व्यवस्थित गर्ने योजनानुसार कामले गति लिएको छ ।” सङ्घीय र प्रदेश सरकार यस क्षेत्रलाई विकास गर्न सकारात्मक भएकाले गुरुयोजनानुसार अन्य काम छिट्टै अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।

सामुद्रिक किनारको अनुभूति त्यहाँ पुग्ने जो कोहीले पाउने गरी संरचनाहरु निर्माण गर्न लागिएको उनको भनाइ छ । मुख्यरुपमा आन्तरिक पर्यटक र बाह्यलाई पनि नदी किनार महत्वपूर्ण गन्तव्य बन्ने दाहालको भनाइ छ । धार्मिक दृष्टिले नारायणी नदी महत्वपूर्ण मानिन्छ । सोही नदीको तटमा व्यवस्थित संरचनाहरु बनेसँगै धार्मिक भक्तजनदेखि नदी किनारमा खानपिन र खेल्न रुचाउनेसम्मको आकर्षणको केन्द्र नदी किनार बन्ने अपेक्षा लिइएको छ ।

विश्वका ठूला शहरमा पर्यटकको मुख्य आकर्षण नदी र सामुन्द्रिक किनार हुने गर्दछन् । नेपालमा धेरै सुन्दर नदीहरु भएर पनि त्यसको उचित व्यवस्थापन हुन नसक्दा पर्यटकीय आकर्षणमा नदी र तिनका किनार क्षेत्र कमै मात्र पर्ने गरेका छन् ।

मंसिर २४ गते, २०७७ - १३:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लीकनको आग्रह

वासिङट्न । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति...   

व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित

वाग्मती । मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् ।...   

कृषकलाई एक लाख जडीबुटीको बिरुवा वितरण गरिने

भोजपुर । नाङ्गा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडीबुटीको बिरुवा वितरण गरिने...   

भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु...   

श्रीलङ्काद्धारा कोरोनाका कारण बन्द सीमा सबै देशका लागि खुला

कोलम्बो । श्रीलङ्काले कोभिड १९को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै...   

भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा

चितवन । राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग...   

डेढ वर्षीय बालकको डुबेर मृत्यु

रौतहट । दुर्गाभगवती नगरपालिका १ कोईरी टोल बस्ने अनन्त महतोको डेढ वर्षीय छोरा छपुकुमार महतोको घर अगाडि...   

आफ्नै आमाको हत्या गरेको अभियोगमा ३३ वर्षीय प्रेम पक्राउ

तनहुँ । आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका ११ दरैपधेरो बस्ने...   
शुक्लाफाँटाका काउलीले बजारमा मूल्य पाएन

शुक्लाफाँटाका काउलीले बजारमा मूल्य पाएन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा...   
नेपालमै चिनिँदैन अर्थोडक्स चिया

नेपालमै चिनिँदैन अर्थोडक्स चिया

इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top