Khabar Dabali Logo
  January 22, Fri

‘वल्र्ड पावर लिफ्टिङ’मा नेपाललाई तीन स्वर्ण र एक रजत पदक

कास्की । वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप पुरुष तथा महिला–२०२० प्रतियोगितामा नेपालले तीन स्वर्ण र एक रजत पदक जितेको छ । वल्र्ड पावर लिफ्टिङ फेडेरेशन तथा एमेच्योर पावर लिफ्टिङ फेडेरेशन इन्डियाको आयोजनामा भारतको अमरावतीमा यही डिसेम्बर ५ देखि ८ सम्म भएको २१औँ संस्करणको प्रतियोगितामा सिनियरतर्फ नेपालका हसन गुरुङले ८२.५ केजीमा स्वर्ण पदक जित्न सफल भएका हुन् ।

यसैगरी जुनियरतर्फ आशिष आलेमगरले ११० केजीमा र श्रुति कार्कीले ५६ केजीमा स्वर्ण पदक जित्न सफल भएका एशियन पावर लिफ्टिङ फेडेरेशनका उपाध्यक्ष एवं नेपाली टोलीका प्रशिक्षक जीवन गिरीले जानकारी दिए ।

सिनियरतर्फ १०० केजीमा नेपालका राजेश सुवालले रजत पदक प्राप्त गर्न सफल भएका छन् । प्रतियोगितामा नेपालबाट पाँच खेलाडी र दुई अफिसियल सहभागी भएका थिए । सहभागी पाँच खेलाडीमा चार पोखराका र एक महिला सुर्खेतको हुन् ।

प्रतियोगितामा सहभागी हुन जानुअघि नेपाल पावर लिफ्टिङ एशोसिएशनले पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर कोरोना कहरका कारण विगत लामो समयदेखि खेलकूद गतिविधि ठप्प भएको अवस्थामा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु महत्वपूर्ण रहेको जनाएको थियो । एशोसिएशनले आगामी दिनमा सातै प्रदेशबाट खेलाडी छनोट गरी पावर लिफ्टिङको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने जनाएको छ ।

मंसिर २४ गते, २०७७ - १२:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठूलो परिमाणमा लागुऔषधसहित २ जना पक्राउ

लहान । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको गोलबजारबाट दुई जनालाई पक्राउ गरेको...   

६ महिनाको अवधिमा १८ अर्ब ३ करोड राजस्व सङ्कलन

विराटनगर । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कूल रु १८ अर्ब तीन...   

अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने अभियुक्त पक्राउ

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी...   

प्रदेश नं १ : कृषिमा उल्लेखनीय प्रगति

विराटनगर । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक वर्षका अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको...   
निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याइने

निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याइने

कैलाली । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य तथा धनगढीका व्यवसायी गोपाल हमालको...   

चालू आर्थिक वर्षको ६ महिनामा साढे छ खर्बको आयात

काठमाडौँ । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि...   
एनआईबीएल बैंकको ३४ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न

एनआईबीएल बैंकको ३४ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न

काठमाडौँ । नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो ३४ औं वार्षिक...   

जुलुसमा निर्धारित नारा मात्र लगाउन नेकपाको निर्देशिका जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने...   

हुम्लामा २ दिनदेखि हवाई उडान अवरुद्ध

सिमकोट । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको...   
जलवायु परिवर्तन प्रभावको कारण बालबालिकामा बढ्दो कुपोषण

जलवायु परिवर्तन प्रभावको कारण बालबालिकामा बढ्दो कुपोषण

पेरिस । गरीबी र सरसफाई जस्ता परम्परागत कारणहरूले भन्दा बढी जलवायु परिवर्तनको प्रभावले गम्भीर बाल...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top