Khabar Dabali Logo
  January 21, Thu

गणतान्त्रिक शक्तिलाई एक हुन प्रधानमन्त्रीबाट आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एक जुट हुन आह्वान गरेका छन् । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रि«य दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुलाई स्वागत गर्दै पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने स्पष्ट गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कोभिड–१९ विरुद्धको रोकथाम, लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, संविधानविरोधी गतिविधिलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्रीले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले गर्दै आएका कामबारे पनि प्रकाश पारेका थिए । बैठकमा सत्तारुढ नेपाल कम्म्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता थियो ।

मंसिर २३ गते, २०७७ - १४:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माण ५५ प्रतिशत सम्पन्न

ललितपुर । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ । विसं...   
बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम

बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम

मोरङ । ‘बेसहाराका लागि सहारा’ बन्दै मानव सेवा आश्रमले आफ्नो नामअनुसार काम गरेको छ । मुख्य कार्यालय...   

स्याउ बगैँचा व्यवस्थापन गर्न लागे किसान

खलङ्गा । जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका...   

अलैँची उत्पादनमा वृद्धिः किसानले पाएनन उचित मूल्य

उदयपुर । जिल्लाको पहाडी क्षेत्रमा वर्षेनी व्यापक अलैँची उत्पादन वृद्धि हुँदै आए पनि यसले उचित मूल्य...   

इरानी राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिको बिदाइमा स्वागत

तेहरान । इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गरेका...   

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ९५ हजार भन्दा बढी

नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड पाँच लाख ९५ हजारभन्दा...   

राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ...   

नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

जेनेभा । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त...   

गलकोटमा केही दिनयता १८ घरमा तोडफोड र चोरी

गलकोट । बागलुङ जिल्लाको गलकोटमा चोरीका घटनामा वृद्धि भएका छन् । गलकोट नगरपालिकामा पछिल्लो केही दिनयता...   

तीन लाख ११ हजारले डाउनलोड गरे ‘नागरिक एप’

काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top