Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

छडको भाउ किलोमै २० रुपैयाँसम्म बढ्यो सिमेन्ट प्रतिबोरा एक सयसम्म घट्यो

काठमाडौं । विकास निर्माणको सिजन सुरु भएलगत्तै बजारमा छडको मूल्य अप्रत्याशित महँगिएको छ । पछिल्लो एक महिनामै छडको मूल्य प्रतिकिलो २० रुपैयाँसम्म बढेको व्यवसायीहरू बताउँछन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ एमएस ब्लेडको मूल्य बढेपछि स्वदेशी बजारमा छडको भाउ बढेको सौरभ समूहका अध्यक्ष विष्णु न्यौपाने बताउँछन् । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा ब्लेडको मूल्य प्रतिमेट्रिकटनमा १ सय २० अमेरिकी डलरसम्म बढेको छ ।

‘अन्तर्राष्ट्रिय बजारमै ३६० डलर प्रतिमेट्रिकटन पर्ने ब्लेडको मूल्य बढेर ४८० डलरसम्म पुगेको छ,’ उनले भने, ‘कच्चा पदार्थकै मूल्य ३२ प्रतिशतसम्म बढेपछि डन्डीको मूल्य बढेको हो ।’ सौरभ समूहले लक्ष्मी ब्रान्डमा डन्डी उत्पादन गर्दै आइरहेको छ । उनले थपे, ‘दसैँअघि प्रतिकिलो ६५ रुपैयाँ हाराहारी रहेको लक्ष्मी स्टिल (डन्डी) को भाउ ८० रुपैयाँ पुगेको छ ।’

तर, फलामजन्य छड, जिआई वायर, तारजालीको मूल्य अप्रत्याशित बढ्नुमा फलामजन्य वस्तु उत्पादक कम्पनीहरूले कार्टेलिङ गरेको नेपाल निर्माण व्यवसायी महासंघको आरोप छ । महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ ‘अहिले डन्डी, पाता, पत्ती, जिआई तार, ग्याबिन तार र नदीजन्य निर्माण सामग्रीहरूमा अत्यधिक मूल्यवृद्धि गरिएको छ, यसमा उत्पादक कम्पनीहरूको मिलेमतो भएको देखिन्छ ।’

अन्तर्राष्ट्रिय बजारमा फलामको मूल्य थोरै मात्र बढ्दा पनि अत्यधिक मूल्य वृद्धि गरिनुमा उत्पादक कम्पनीहरूले मनोमानी गरेको स्पष्ट देखिएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह बताउँछन् ।

उनी भन्छन्, ‘नेपालमा वर्षात् सुरु हुने बित्तिकै मूल्य घटाउने र निर्माण सिजन सुरु हुनेबित्तिकै अभाव देखाएर मूल्य बढाउने विगतदेखिकै चलन हो ।’ कोभिड महामारी अझै कायम रहेकाले निर्माण सामग्रीको माग खासै बढ्न सकेको छैन ।

दुई महिनाभन्दा बढी स्टोर गर्न नमिल्ने हुनाले सिमेन्टको मूल्य भने उस्तै छ । लक्ष्मी स्टिलका सञ्चालक न्यौपाने भने निर्माण व्यवसायी र निर्माण सामग्री विक्रेताहरूले लगाएको आरोप स्वीकार्न तयार छैनन् ।

उनी भन्छन्, ‘अहिले ३२ वटा छड उद्योग सञ्चालनमा छन्, छडको मागभन्दा उत्पादन क्षमता बढी छ, अझ त्यसमाथि कोभिडको वेलामा माग पनि घटेको छ । कार्टेलिङ गर्न त छडको माग पनि उत्पादनभन्दा निकै बढी हुनुपर्‍यो नि ।’ उनका अनुसार माग नबढेपछि उद्योगीहरूसँग छडको ठूलो स्टक छ ।

अहिले मुलुकभर ३२ वटा छड उद्योगहरू सञ्चालनमा छन् । छडको ब्रान्डअनुसार मूल्य पनि फरकफरक रहेको महासंघका अध्यक्ष रवि सिंहले बताए । उनका अनुसार असोजमा छडको मूल्य ५७ देखि ६५ रुपैयाँसम्म थियो अहिले मंसिरमा बढेर ७५ देखि ८५ रुपैयाँसम्म पुगेको छ ।

त्यस्तै, जिआई वायरको मूल्य दसैँअघि प्रतिकिलो ८५ देखि ९० रुपैयाँ रहेकोमा अहिले बढेर ११० देखि ११५ रुपैयाँसम्म पुगेको छ । बजारमा खुद्रा पसलहरूले लोडरअनलोड र ढुवानी समेत गरेर बिक्री गर्दा उपभोक्ताले प्रतिकिलो ५र६ रुपैयाँ बढी तिर्नुपर्ने उनले बताए ।

नेपालमा विदेशबाट ब्लेड आयात गरेर डन्डी, जिआई वायर, तारजालीलगायत निर्माण सामग्री बनाइन्छ । न्यौपानेका अनुसार डन्डीको मूल्यमा ८० देखि ९० प्रतिशत ब्लेडकै लागत जोडिन्छ भने १० देखि २० प्रतिशत रकम फ्याक्ट्री प्रशोधनको हो । उनी भन्छन्, ‘हामीले खरिद गर्दा ब्लेडको मूल्य प्रतिकिलो ५५ रुपैयाँ हाराहारी परेको छ भने डन्डीको मूल्य ६५ रुपैयाँ पर्न आउँछ ।’

महासंघका अध्यक्ष सिंह तयारी डन्डी र ब्लेडको भन्सार दरमा ठूलो फरक भएकाले उत्पादकहरू बर्सेनि कार्टेलिङ गरिरहेको आरोप लगाउँछन् । उनी भन्छन्, ‘करिब ७र८ वर्षदेखि कच्चा पदार्थ ब्लेडको भन्सारदर ५ प्रतिशत र तयारी डन्डीको भन्सार ३० प्रतिशत हाराहारी छ । सरकारले स्वदेशी उद्योग प्रवद्र्धन गर्न कच्चा पदार्थमा भारी छुट दिएको हो । तर, व्यवसायीहरूले यही अवसरलाई कमाउने मौकाका रूपमा उपयोग गर्दै आइरहेका छन् ।

सिमेन्टमा कार्टेलिङ हट्यो
डन्डी, जिआई वायर, नदीजन्य निर्माण सामग्रीको मूल्यमा उछाल आए पनि सिमेन्टको भाउ भने घटेको छ । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाका अनुसार अहिले धेरैजसो उद्योगीहरूले परल मूल्यमा सिमेन्ट बिक्री गरिरहेका छन् ।

अहिले ब्रान्ड र स्थानअनुसार ओपिसीको फ्याक्ट्री मूल्य प्रतिबोरा ५५० देखि ६५० रहेको छ भने पिपिसीको ५३० देखि ५५० रहेको छ । कोभिड महामारीभन्दा अगाडिको तुलनामा अहिले सिमेन्टको मूल्य प्रतिबोरा सय रुपैयाँसम्म घटेको उनले बताए ।

कोभिडका कारण बजारमा माग नभएपछि सिमेन्ट उद्योगहरूले आफ्नो क्षमताको ३०–४० प्रतिशत मात्र उत्पादन गरिरहेको उनले बताए । उनले भने, ‘जेठ महिनाको तुलनामा अहिले सिमेन्टको मूल्य बोरामा सय रुपैयाँसम्म घटेको छ ।’ अहिले नेपालमा सिमेन्टको मागभन्दा उद्योगहरूको उत्पादन क्षमता बढी छ । सोहीकारण चर्को माग हुँदा पनि उद्योग पूर्ण क्षमतामा चल्न सक्ने अवस्थामा छैनन् ।

उद्योगले सिमेन्ट बढीमा दुईरतीन दिन मात्र स्टक राख्न सक्छन् । कच्चा पदार्थको स्टक नै बढी हुने हुनाले उद्योगले सिमेन्ट उत्पादन गर्नासाथ बजारमा पठाइहाल्नुपर्ने उनले बताए । महासंघका अध्यक्ष सिंहका अनुसार होङ्सीलगायत ठूला उद्योगहरू सञ्चालनमा आएपछि पछिल्लो समय सिमेन्टको अभाव देखाएर मूल्य बढाउने चलखेल समाप्त भएको छ । अहिले नेपालमा सिमेन्टको माग वार्षिक एक करोड टन हाराहारी रहेको छ । जब कि सिमेन्ट उद्योगहरूको जडित (उत्पादन) क्षमता वार्षिक डेढ करोड टन पुगिसकेको छ ।

नदीजन्य निर्माण सामग्रीको मूल्य पनि वृद्धि
निर्माणको सिजनमा नदीजन्य निर्माण सामग्रीहरू गिट्टी, बालुवा, ढुंगाको मूल्य पनि बढेको छ । गिट्टी र बालुवाको स्रोत (खानी) मै तीन गुणासम्म मूल्य वृद्धि गरिएको महासंघका अध्यक्ष सिंहले बताए ।

उनले भने, ‘पहिला बालुवा गिट्टीको स्रोतदरको मूल्य प्रतिटिप २५ सय हाराहारीमा रहेकोमा अहिले ८ हजारसम्म पुर्‍याएका छन् ।’ उपभोक्तासम्म आइपुग्दा गिट्टी र बालुवाको मूल्य प्रटिटिपर २२ देखि २५ हजारसम्म पुग्छ । पछिल्लो समय गृह मन्त्रालयले नदीजन्य सामग्रीको उत्खनन र बिक्री वितरणमा गरेको कडाइ गरेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies