Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बङ्गुरपालन व्यवसायमा आकर्षित युवा

पाल्पा । कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैतदेखि लकडाउन गर्यो । लकडाउनका कारण स्वदेश तथा विदेशमा धेरैले रोजगारी गुमाउनु पर्यो । रोजगारी गुमाउनेमध्येका हुनुहुन्छ, तानसेन नगरपालिका– १४ का रमेश परियार । काठमाडौँस्थित होटलमा कुकम्यानका रुपमा रहेका परियार सात महिनादेखि बेरोजगार भएका छन् ।

रोजगारी गुमेसँगै आफ्नो जन्मथलो कुसेनीमा परिवारसँगै बसोबास गर्दै आएका परियारलाई ग्रामीण आर्थिक विकास सङ्घ (रेडा), तानसेन नगरपालिकाको आयोजना र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम सहयोगमा बङ्गुरका पाठापाठी र खोरका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

व्यावसायिकरुपमा बङ्गुरपालन गर्न थालेसँगैै उनलाई रोजगारी गुमाएको अहिले कुनै गुनासो छैन । बङ्गुरको स्थानीयस्तरमा नै खपत राम्रो हुने भएकाले बजारको कुनै समस्या नरहेको उनले बताए । परिवारले अनुदानमा तीनवटा बङ्गुर पाए पनि १० वटा पालन गर्ने योजनामा रहेको उनले बताए ।

एउटा बङ्गुरबाट पाठापाठी उत्पादन गरी रु एक लाख आम्दानी लिन सकिने परियारको भनाइ छ । कोभिड– १९ को प्रतिकार्यका लागि युवा उद्यमशीलता विकास परियोजनाका माध्यमबाट सामाजिक तथा आर्थिक पुनःप्राप्ति कार्यक्रमअन्तर्गत बङ्गुरका पाठापाठी २० युवालाई वितरण गरिएको हो । रोजगारी गुमाएका बेरोगार युवालाई दुई पाठी र एक पाठा गरी तीन वटाका दरले बङ्गुरका पाठापाठी वितरण, खोर निर्माणका लागि रु १० हजार तथा प्राविधिक सहयोग गरिएको ग्रामीण आर्थिक विकास सङ्घका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए ।

सोही स्थानका पदमबहादुर दर्जीले कोभिड– १९ का कारण रोजगारी गुमाए । लामो समयदेखि भारतमा कुकम्यानका रुपमा कायरत दर्जी रोजगारी गुमाएपछि घर फर्किए । निक्कै दुःख कष्ट गरी एक छोरा, एक छोरी र श्रीमतीका साथ पाल्पाको अर्गली घर फर्किए । घरमा आएसँगै पैसाको अभाव भएपछि दर्जी पनि बङ्गुरपालन व्यवसायमा आकर्षित भए । दुई वटा थप गरी पाँचवटा बङ्गुरपालन गर्न थालेका छन् । खोरलाई रु १० हजार आर्थिक सहयोग पाएपछि अझै काम गर्न सजिलो भएको दर्जीको भनाइ छ ।

वर्षमा दुईपटक एउटा बङ्गुरबाट पाठापाठी उत्पादन हुने भएपछि राम्रो आम्दानी हुने आशा दर्जीको छ । विस्तारैविस्तारै बङ्गुरको सङ्ख्या बढाउने सोचमा रहेका दर्जी अब भारतमा पैसा कमाउन नजाने सोचमा छन् ।

स्थानीय बजारमा बङ्गुरका पाठापाठी रु पाँच हजारभन्दा बढीमा कारोवार हुन्छ । बङ्गुरको मासु प्रतिकिलो रु ४०० मा कारोवार हुँदै आएको छ । यसको मासुको खपत बढ्दो छ । तानसेन नगरपालिका– १० र १४ का रोजगारी गुमाएका र बेरोजगार युवालाई उद्यमी बनाउनका लागि युवालाई बङ्गुरका पाठापाठी एक पाठा, दुई पाठी वितरण गरिएको छ ।

रेडाका अधिकृत डा लेखनाथ अधिकारीले बङ्गुरपालन गर्दा पोषणयुक्त आहाराको उचितरुपमा व्यवस्थापन र प्रजननका समय ध्यान दिँदा यस व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिने बताए । उनले स्थानीय बजारमा बङ्गुरको मासुको माग बढ्दो रहे पनि आपूर्तिमा समस्या रहेको बताए ।

नगर प्रमुख अशोककुमार शाहीले तानसेनभित्र सञ्चालित युवा उद्यमशीलताको कार्यक्रम अहिले नमूना बनेको बताए । उनले तानसेनबाट शुरुआत गरिएको कार्यक्रम अहिले अन्य स्थानीय तहलेसमेत अनुशरण गरी कार्यान्वयनमा ल्याएको जानकारी दिए ।

उनले कोभिडका कारण विदेशमा रोजगारी गुमाएका तथा बेरोजगार युवालाई रु दुई करोड ९० लाख बजेट विनियोजन गरिएको बताए । उपप्रमुख लक्ष्मीदेवी पाठकले आफ्नै खेतबारीमा मेहनत गरेको अवस्थामा पैसा कमाउन विदेश धाउनुपर्ने बाध्यता सधैँका लागि अन्त्य हुने बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies