Khabar Dabali Logo
  January 27, Wed

चियामा एकपछि अर्को उपलब्धि

इलाम । चिया क्षेत्रमा पछिल्लो समय एकपछि अर्को उपलब्धि हासिल भएको छ । प्रायः अन्तरद्वन्द्व परिरहने चियामा पछिल्ला उपलब्धिलाई सुधारको सङ्केतका रूपमा हेरिएको छ । कोरोना महामारीले विश्व बजारमा सङ्कटमा परेको छ तर चियामा भने असर पर्नुको सट्टा उपलब्धि हासिल भएको छ ।

तीन महिनाअघि चियाको व्यापार चिह्न उद्योगलाई हस्तान्तरण गरियो । लोगो पाएपछि चियामा आशा पलाएको बताएका उद्योगी भारत र अमेरिकाले सो लोगो स्वीकृति जनाएपछि अझै खुशी देखिएका छन् । नेपाली चियालाई विश्व बजारमा चिनाउन लोगो निर्माण गरिएको हो । लोगो निर्माणपछि भारत, अमेरिका र युरोपियन युनियन (इयु) मा दर्ता गरियो ।

भर्खरै दुई देशले लोगो स्वीकृति दिएपछि अब नेपाली अर्गानिक (जैविक) चिया आफ्नै ब्राण्ड भएर बजार पुग्ने भएको छ । “लोगोका लागि धेरै रस्साकस्सी गरियो तर पछिल्लो समय आशा पलाएको छ”, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रवीन राईले भने । उद्योगले आफ्नै उद्योगको लोगो लगाएर अन्तर्राष्ट्रिय बजारमा चिया पठाउँथे ।

अर्थोडक्स चियालाई एउटै लोगो लगाएर पठाउन उद्योगीकै अगुवाइमा व्यापार चिह्न बनाइयो । अहिले लोगो स्वीकृतिपछि नेपालको चिया विश्व बजारमा चिन्ने चिनिने भएको छ । “स्वीकृति नै नभएको भए पनि सरकारले उद्योगीलाई दिएपछि बजारमा पठाउन सकिन्थ्यो”, चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालले भने, “सम्बन्धित देशले स्वीकृति दिएपछि चाहिँ लोगो प्रयोग गरेर चिया पठाउँदा बढी प्रभाव पर्छ ।”

नेपाली चिया भारत (दार्जिलिङ र कलकत्ता) को चियाभन्दा गुणस्तरीय भएको विज्ञ बताउँछन् तर आफ्नै लोगो नहुँदा केही समयअघिसम्म दार्जिलिङ र कलकत्ताकै चिया भनेर अन्तर्राष्ट्रिय बजारमा चिनिन्थ्यो । चिया बेच्न भारतकै भर पर्नुपर्दा भारतकै कारण विविध हैरान पनि नेपाली व्यवसायीले खेप्नुपर्यो । अब नेपाली चिया स्वायत्त भएको र अन्तर्राष्ट्रिय बजार बढ्ने चिया विज्ञ चन्द्रभूषण बताउँछन् ।

भारत र अमेरिकाले लोगो स्वीकृत गरे पनि हालसम्म युरोपियन युनियनले भने स्वीकृत गरेको छैन । लोगो स्वीकृतिका लागि पठाउँदा युनियनले नेपाल र चियाको लोगो भएको ‘नेपाल टी हिमालयन’का नाममै प्रश्न उठाएको समेत सुनियो । त्यसैले युनियनबाट तत्काल लोगो स्वीकृति हुने छनक नदेखिएको व्यवसायी बताउँछन् तर यता बोर्डका कार्यकारी निर्देशक डा विष्णु भट्टराई भने इयुले यस्ता प्रश्न सोधेको भन्ने विषय आधिकारिक नभएको बताउँछन् । “मैले पनि यस्ता कुरा यदाकदा सुन्दै आएको छु तर आधिकारिक छैन”, डा भट्टराईले भने, “हामी प्रक्रियामै छौँ । दूतावासमार्फत सम्पर्क गरेर लोगोका विषयमा जानकारी लिएका छौँ । केही समयपछि काम हुन सक्छ ।”

लोगो मात्र होइन केही समयअघि नेपालकै एकमात्र ‘चिया परीक्षण तथा प्रवद्र्धधन केन्द्र’को शिलान्यास भयो । चियाको इतिहास झल्काउने र सबै उद्योगको चिया परीक्षण गर्ने उद्देश्यले यहाँस्थित सूर्योदय नगरपालिकामा केन्द्र बन्ने भएको हो । लामो रस्साकस्सीपछि बन्न लागेको यो कार्यालयका कारण पनि चिया क्षेत्रमा अर्को आशा पलाएको हो ।

केही दिनअघि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कार्यालयको शिलान्यास गर्नुभयो । प्रदेश नं १ सरकारको साझेदारीमा सूर्योदय नगरपालिकाले रु २३ करोड लगानी गर्ने भएको छ । प्रदेश सरकारको ७५ प्रतिशत र नगरपालिकाको २५ प्रतिशत लगानी रहने जनाइएको छ । भवनमा चिया परीक्षण मात्र नभई भवनभित्र चियाको सङ्ग्रहालय, मिटिङ हल, विदेशी पाहुना बस्ने भवनसम्म रहने छ । विदेशी पर्यटन आउँदा चियाको अध्ययन गर्न सहज बनाउन सङ्ग्रहालयसमेत भवनमा रहने छ ।

“प्रशोधन केन्द्रको निर्माणपछि चिया क्षेत्रमा थप प्रगति देखिने छ । एउटै गुणस्तरको चिया बाहिर (अन्तर्राष्ट्रिय बजार)मा लान सकिन्छ”, मुख्यमन्त्री राईले भने । चियाको इतिहास करिब लामो छ तर पछिल्ला प्रगतिले चियामा सुधार आएको देखिन्छ । विगतमा भएका प्रयास पनि पछिल्ला समयमा निकासमा पुगेकाले पनि प्रगति देखिएको हो तर यता बोर्डका कार्यकारी निर्देशक डा भट्टराई भने आफूले प्रगति देखिने गरी काम गरेकाले सफलता हात पार्दै लगेको बताउँछन् ।

हुन पनि भट्टराईको पदावधिमा चिया क्षेत्रमा सुधार देखिएको छ । कोरोना भाइरसको सङ्क्रमणमा पनि चिया क्षेत्रमा त्यत्रो समस्या देखिएन । एक हप्ता जति चिया निकासी रोकिए पनि त्यसपछि सामान्य नै रह्यो । सधैँझैँ किसान र श्रमिकका समस्या पनि महामारीमा देखिएनन् । समस्या देखिए पनि पुरानै किसिमका देखिए । तीन महिना लामो बन्दाबन्दीमा समेत छिटफुट मात्र रोकिएर निकासी नरोकिएको चियाको जस लिँदै कार्यकारी निर्देशक भट्टराई आफूले चिया अत्यावश्यक वस्तु भएकाले बन्दाबन्दीमा पनि धेरै क्षेत्रमा समन्वय गर्दै चिया खुलाएको बताउनुभयो । पछिल्लो आर्थिक वर्षमा चिया निकासी भने दोब्बरले वृद्धि भएको छ । रासस

मंसिर २२ गते, २०७७ - ०८:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारत र काँग्रेस भ्रममा

काठमाडौं । ‘भारत र कांग्रेसले जे बुझेका छन्, जे सोचेका छन्, त्यस्तो हुनेवाला छैन । केपीले चाहेको र सोचेको...   

घाँसमा सल्केको आगो फैलिँदा जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट

जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मंगलबार २५ घर नष्ट...   
पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए

पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए

काठमाडौं । मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शन...   

विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं । निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको...   

‘देउवाले विघटन गर्दा ०४७ को संविधान गयो, अहिलेको विघटनले यो संविधान नजाओस्’

काठमाडौं । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको भन्दै पुनर्स्थापनाका पक्षमा बहस गरिरहेका कानुन...   

विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित

काठमाडौं । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका...   

सरकार आर्थिक संकटसँग जुध्न मुद्रा कोष सहायता लिने

काठमाडौं । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय...   

पूर्व राष्ट्रपति यादव भन्छन्, ‘राष्ट्रपति भण्डारीले भूल गर्नु भयो’

काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री...   

कोरोना खोप लगाएपछि शरीरमा आउन सक्छन् यस्ता समस्या

काठमाडौं । सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण शुरु भएको झण्डै एक वर्षमा त्यसविरुद्ध बुधबार...   
सरकारको स्वीकृति बिनै नेपाली युवा कतार प्रहरीमा भर्ना

सरकारको स्वीकृति बिनै नेपाली युवा कतार प्रहरीमा भर्ना

काठमाडौं । नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top