Khabar Dabali Logo
  January 28, Thu

गोरखा अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा

आकस्मिकबाहेक सबै सेवा बन्द, स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारबाही गर्न माग

गोरखा । स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार गरिएपछि गोरखा अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आकस्मिकबाहेक अन्य सेवा बन्द गरेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – अस्पतालमा उपचाररत सुत्केरीको सेवालाई लिएर विवाद उत्पन्न हुँदा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको थियो । विवादमा स्वास्थ्यकर्मीमाथि हातपातसमेत भएको अस्पताल विकास समिति कर्मचारी यूनियन एकाइ कार्यसमितिका अध्यक्ष चिजकुमार श्रेष्ठले बताए ।

त्यही विषयलाई लिएर स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले स्वास्थ्यकर्मीमाथि हातपात तथा दुव्र्यवहार गर्नेलाई कानुनी कारबाही नभएसम्म आकस्मिक बाहेकका अन्य सेवा बहिष्कार गर्ने जनाएका छन् । उनीहरूले आइतबार बिहान काम छोडेर अस्पताल परिसरमा भेला भएर विरोध जनाएका छन् ।

‘अस्पतालको कार्यस्थलमै स्वास्थ्यकर्मीमाथि हातपात र दुव्र्यवहार हुनुले सुरक्षाको चुनौती थपिएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘हातपात तथा दुव्र्यवहार गर्नेलाई कानुनी दायरामा ल्याई दोषीउपर अविलम्ब कारबाही गर्न प्रशासनसँग माग गर्दछौँ ।’

डा. सन्दीप श्रेष्ठले आफूमाथि दुर्व्यवहार भएको बताए । उनले आफूमाथि दुर्व्यवहार भएको भन्दै छानबिनका लागि अस्पताल प्रशासनसँग निवेदन दिएका छन् । भीडभाडमा स्वास्थ्यकर्मीमाथि केही व्यक्तिले हात छाडेको र कसले हो भन्ने यकिन नभएको उनले बताए ।

शनिबार बिहान गोरखा नगरपालिका–३ घलाङकी सुत्केरीलाई भेट्न उनका पति देवेन्द्रजंग कुँवर आएका थिए । उनी पटक–पटक प्रसूति वार्डमा आएपछि त्यसो नगर्न चिकित्सकले सुझाएका थिए । त्यही क्रममा विवाद हुँदा चिकित्सकमाथि हातपात भएको समितिका अध्यक्ष श्रेष्ठले बताए । विवादपछि उनका आफन्तले बाहिरबाट मान्छे बोलाएर कार्यकक्षमै चिकित्सकमाथि हातपात र दुर्व्यवहार भएको उनले बताए ।

देवेन्द्रले भने आफूमाथि अभद्र व्यवहार गरेपछि विवाद भएको बताए । ‘म ढोकाबाहिरबाट हेरिरहेको थिएँ, डाक्टरसाबले घरिघरि यताउता गरेर डिस्टर्ब गर्ने कस्ता–कस्ता किसिमको मानिसहरू आउँछन् छ्या भन्नुभयो,’ देवेन्द्रले भने, ‘मैले सर भित्र जान पाइँदैन भने म जान्नँ, तर हजुरले यसरी भन्ने होइन नि मात्र के भनेको थिएँ, तुरुन्त बिरामी लैजा भनेर डिस्चार्ज पेपर लेख्नुभयो ।’ त्यसपछि विवाद भएको उनको भनाइ छ ।

घटनाको छानबिन गर्नका लागि समिति गठन गरिएको छ । अस्पताल व्यवस्थापन समितिको आइतबार बसेको बैठकले भाइचन्द्र श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

मंसिर २२ गते, २०७७ - ०८:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना खोप अभियान उत्साहजनक, पहिलो दिन ९ हजार ८४ जनाले लगाए

तीन महिनाभित्र सबैलाई निःशुल्क : प्रधानमन्त्री काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबार...   

अम्लीय जातका फलफूल निर्यात गर्न चीनले दिएन अनुमति

काठमाडौं । नेपालबाट चीनमा अम्लीय जातका फलफूल निर्यात गर्न चीन सरकारले अनुमति नदिएपछि नेपाल सरकारको...   

सरेको सर्‍यै रेल सञ्चालनको मिति

काठमाडौं । भारतबाट रेल सेट ल्याएको चार महिना बित्न लागे पनि सञ्चालनको अझै सम्म अत्तोपत्तो छैन । यसबीचमा...   

भारत र काँग्रेस भ्रममा

काठमाडौं । ‘भारत र कांग्रेसले जे बुझेका छन्, जे सोचेका छन्, त्यस्तो हुनेवाला छैन । केपीले चाहेको र सोचेको...   

घाँसमा सल्केको आगो फैलिँदा जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट

जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मंगलबार २५ घर नष्ट...   
पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए

पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए

काठमाडौं । मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शन...   

विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं । निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको...   

‘देउवाले विघटन गर्दा ०४७ को संविधान गयो, अहिलेको विघटनले यो संविधान नजाओस्’

काठमाडौं । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको भन्दै पुनर्स्थापनाका पक्षमा बहस गरिरहेका कानुन...   

विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित

काठमाडौं । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका...   

सरकार आर्थिक संकटसँग जुध्न मुद्रा कोष सहायता लिने

काठमाडौं । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top