Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

निजामती कर्मचारीको बीमा सरकारले गरिदिने

काठमाडौं । सरकारले निजामती कर्मचारीको सामाजिक सुरक्षालाई ध्यानमा राखेर बीमा गर्ने तयारी अघि बढाएको छ ।

आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ - निजामती कर्मचारीलाई जीवनमा आउन सक्ने विभिन्न प्रकारका जोखिमको न्यूनीकरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बीमाको तयारी अघि बढाएको हो ।

‘कर्मचारी कल्याणका विषयमा थप व्यवस्था गर्न बीमा गर्ने तयारीको गृहकार्य भइरहेको छ’, मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने । प्रवक्ता अधिकारीका अनुसार कर्मचारीमा आइपर्ने जोखिम न्यूनीकरण गर्न र जोखिम हस्तान्तरण गर्न बीमा महत्वपूर्ण हुनेछ । ‘यसले ढुक्कका साथ कार्यक्षेत्रमा खटिन सहयोग पुर्‍याउने छ’, उनले भने ।

कर्मचारीहरूमा कामप्रति उत्प्रेरित भई सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुने देखिएकाले सबै निजामती कर्मचारीको बीमा गर्नुपर्ने विषय अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबै निजामती कर्मचारीको बीमा गर्दा लाग्ने लागतको अनुमानबारे पनि विभिन्न सरोकारवाला निकाय र संस्थाहरूसँग छलफल अगाडि बढाएको छ ।

मन्त्रालयले बीमाको प्रिमियम भुक्तानी योगदानमा आधारित बनाउने र बीमाका स्वरूप र कर्मचारी कल्याणसम्बन्धी विषयमा अर्थ मन्त्रालय, बीमा समिति, राष्ट्रिय बीमा संस्थान तथा राष्ट्रिय बीमा कम्पनी र कर्मचारी सञ्चय कोषसँग छलफल अगाडि बढाएको छ ।

मन्त्रालयले ल्याउन लागेको बीमा योजनाअन्तर्गत दुर्घटना बीमा, जोखिम बीमा, सेवाको प्रकृतिअनुसार, स्वास्थ्य बीमा, कडा रोगसमेत, औषधोपचार बीमा, एकाघरका परिवारको लागि समेत वार्षिक ५० हजारदेखि एक लाखसम्मको औषधोपचार खर्च शोधभर्ना लगायतका विषय रहेका छन् ।

राष्ट्रिय किताब खानाको विवरणअनुसार हाल नेपालमा निजामती सेवामा कार्यरत जनशक्ति समायोजनअघि करिब ८८ हजार रहेको छ । यसअघि निजामती सेवा ऐन २०४९ ले कर्मचारीको जीवन बीमाको विषय कार्यान्वयनमा रहेको भएता पनि थप सुविधासहित मन्त्रालयले सबै कर्मचारीको कल्याणका लागि बीमा गर्ने तयारी गरेको हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies