Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

परराष्ट्र मन्त्रालयद्वारा वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौं । परराष्ट्र मन्त्रालयले बितेका दुई वर्षमा सम्पादन गरेका मुख्य कामको विवरणलाई समेटर आज आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक सार्वजनिक गरेको छ । मन्त्रालयमा आज अपराह्न आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त प्रतिवेदन सार्वजनिक गरे।

विगत पाँचवर्षदेखि मन्त्रालयले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । आज सार्वजनिक भएको प्रतिवेदनमा नेपालको नयाँ राजनीतिक नक्सा प्रकाशन, एकीकृत परराष्ट्र नीति, नेपाल–भारत सीमाङ्कन, अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाको पूर्णतालगायत महत्वपूर्ण आयोजनाको समाप्ति, चीनका राष्ट्रपतिको राजकीय भ्रमण र त्यसै सन्दर्भमा दुई देशबीच भएका २० वटा समझदारीपत्रलगायत विषय समावेश गरिएको छ ।

नेपालको विकासका साझेदारसँगको सघन सहकार्य, अष्ट्रिया, इण्डोनेशिया, लाओस, मलेसिया, म्यान्मा, पाकिस्तान, सर्विया र फिलिपिन्ससँग कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकोत्सव, संयुक्त राष्ट्रसङ्घ, असंलग्न आन्दोलन, जी ७७, विश्व व्यापार सङ्गठन, सार्क, बिम्स्टेक, साङ्घाइ सहयोग सङ्गठनलगायत बहुपक्षीय एवं क्षेत्रीय सङ्गठनमा नेपालको सशक्त उपस्थिति र सहभागिता पनि प्रतिवेदनमा समेटिएको छ ।

त्यसैगरी, राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यका नाताले आधारभूत मानवअधिकार संरक्षण र प्रवद्र्धनमा नेपालले निर्वाह गरेको भूमिका, आप्रवासी नेपालीको हकहितको रक्षा तथा सुरक्षा, कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धार, स्वदेश फिर्तीमा सहजीकरणलगायत वर्षभरि मन्त्रालय र विदेशस्थित नेपाली नियोगले गरेका कामको विस्तृत विवरण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies