Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

पर्यटन क्षेत्र चलायमान बनाउन नाट्टाको सन्देश

पोखरा । कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यका साथ निस्किएको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्स (नाट्टा)गण्डकी प्रदेशकोको टोली चार दिने भ्रमणपछि पोखरा फर्किएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा निस्किएको टोलीले गोर्खा र तनहुँका पर्यटकीय गन्तव्यको अवलोकनसहित स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालासँग अन्तक्र्रिया गरेर आन्तरिक पर्यटन प्रवद्र्धनको लागि सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेको संस्थाका महासचिव कमला गिरीले जानकारी दिए ।

उहाँका अनुसार भ्रमणको पहिलो दिन गोर्खाको प्रसिद्ध मनकामना मन्दिर, सिद्ध गुफा, बक्रेश्वरी, शहीद लखन पार्क, अवलोकन गरी शहीद लखन थापा गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय सरोकारवालासँग अन्तक्र्रिया गरेको थियो । गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले उक्त क्षेत्रका पर्यटकीयस्थलको जानकारी दिँदै कोभिड–१९ का बीच पर्यटन प्रवद्र्धनको अभियानमा जुट्न सकारात्मक भएको बताए। उक्त टोलीले गोर्खामा रहेका गोखरकाली, मन्दिर र आसपासका गन्तव्यको दृश्यवलोकन गरी गोर्खा नगरपालिकाका प्रमुख राजनराज पन्तसँग पोखरा र गोर्खाको पर्यटन प्रवद्र्धनमा कसरी साझेदारी गर्ने भन्ने विषयमा छलफल गरेको थियो ।

गोर्खाको सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टलाई भूकम्पको इपिसेन्टरको विषयमा देखिएको अन्योलका विषयमा व्यवसायीले जिज्ञासा राखेका थिए । एकै क्षेत्रका धार्र्चे गाउँपालिका र सुलिकोट गाउँपालिकाले भूकम्पको इपिसेन्टरको दाबी गर्नुभन्दा सत्यतथ्य बाहिर ल्याएर पर्यटकीय गन्तव्यको विकासका लागि साझा धारणासहित अघि बढ्न नाट्टाले सुझाव दिएको थियो ।

टोलीले गैरआवासीय नेपाली सङ्घले भूकम्पपीडितका लागि धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण गरेको नमूना बस्ती पुगेर आसपासका हिमशङ्खला र पदमार्गको बारेमा जानकारी लिएको थियो । स्थानीय पर्यटन व्यवसायी रामकुमार गुरुङ र राजकुमार गुरुङले त्यस क्षेत्रका प्रमुख गन्तव्यका बारेमा तयार गरिएको वृत्तचित्र देखाएर पर्यटन प्रवद्र्धनमा सँगसँगै हातेमालो गर्न तयार रहेको बताए।

तेस्रो दिन पालुङटार नगरपालिका प्रमखसँग भेटघाट गरी उक्त क्षेत्रका पर्यटकीय गन्तव्यका बारेमा जानकारी लिइएको थियो । नगर प्रमुख ई दीपकबाबु कँडेलले अमेरिकामा भन्दा पहिलो प्रजातन्त्रको अभ्यास भएको जिल्ला भएको उल्लेख गर्दै धार्मिक ऐतिहासिक र सांस्कृतिकसँगै प्राकृतिक रुपमा त्यस क्षेत्रमा भएका पर्यटकीय गन्तव्यको जानकारी दिएका थिए।

नाट्टाको टोलीले लिगलिगकोटको दृश्यावलोकनसहित त्यसको ऐतिहासिक पृष्ठभूमिको बारेमा जानकारी लिएको थियो । कार्यक्रमको अन्तिम दिन बन्दिपुरको मौलिक परम्पराको जानकारी लिँदै छाब्दीबाराही मन्दिरको दर्शन र पछिल्लो समय निकै चर्चामा रहेको तनहुँको मानहुँकोटको अवलोकन गरिएको थियो ।

सो लगत्तै ग्रामीण पर्यटनको प्रवद्र्धनसहित शुक्ला गण्डकी नगरपालिका–२ स्थित भुजिकोटमा पुगेर त्यस क्षेत्रका पर्यटकीय गन्तव्यका बारेमा जानकारी लिएको थियो । कार्यक्रममा शुक्लागण्डकी नगरपालिका प्रवक्ता खिमबहादुर कुमाल र उक्त वडाका वडाध्यक्ष जगतबहादुर गुरुङले सो क्षेत्रको पर्यटकीय गन्तव्य र धार्मिक महत्वका बारेमा जानकारी गराएका थिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईलाई कोरोनाको त्रासबाट माथि उठेर अब स्वास्थ्य सतर्कतासहित पर्यटन क्षेत्र चलायमान गराउन नाट्टाको कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको बताए। नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत जयशक्ति सराफले भ्रमणले पहिचान भएका र हुँदै गरेका पर्यटकीय गन्तव्यकोे प्रवद्र्धनमा भूमिका खेलेको जनाउँदै बोर्डले पर्यटन प्रवद्र्धनमा सहयोग गर्न सधै‌ तयार रहेको धारणा राखे ।

संस्थाका अध्यक्ष सञ्जयकान्त सिग्देलले स्वास्थ्य सतर्कता अपनाउँदै थालिएको पर्यटन पुनःउत्थान कार्यक्रम निकै उत्साहका साथ सफल भएको बताए। उनले एक जिल्लाले अर्को जिल्लाको भ्रमण गरेर त्यस क्षेत्रका गन्तव्यको बारेमा प्रचारप्रसार गर्न सके सुस्ताएको पर्यटन विस्तारै लयमा फर्किने विश्वास व्यक्त गरे।

उक्त कार्यक्रमका संयोजक एवं संस्थाका द्धितीय उपाध्यक्ष किशोर दाहालले आन्तरिक पर्यटन पुनःउत्थान गर्ने उद्देश्यसहित छिमेकी जिल्लाको स्थलगत भ्रमण निकै फलदायी रहेको बताए । उनले टोलीमा पोखरा पर्यटन परिषद्का अध्यक्ष, नाट्टाका पूर्व अध्यक्ष, नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत, पत्रकार र संस्थाका सदस्यसहित २४ जनाको सहभागिता रहेको जानकारी दिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies