Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

मन्त्री त्रिपाठीद्वारा पूर्वाधार साझेदारी बजेट विनियोजन

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को निर्वाचन क्षेत्र नं १ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट बाँडफाँट गरिएको छ । उक्त निर्वाचन क्षेत्रमा बर्दघाट नगरपालिका, प्रतापपुर, सुस्ता गाउँपालिका तथा सरावल गाउँपालिका–४, ५, ६ र ७ पर्दछन् ।

सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले आव २०७७/७८ का लागि प्राप्त रु चार करोड बजेट आफ्नो क्षेत्रका विभिन्न योजनामा बाँडफाँट गर्नुभएको हो । सरकारले सङ्घीय सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा योजना सञ्चालन गर्न पठाएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत यो क्षेत्रमा २० योजना छनोट गरिएको छ । छनोट गरिएका योजनामा पूर्वाधार विकासका कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

मन्त्री त्रिपाठीका अनुसार शहीद स्मृति सामुदायिक अस्पताल चौपत्ता बर्दघाटका लागि रु ५० लाख विनियोजन गरिएको छ भने बर्दघाटकै गैडहवा–भगजोगनी पुल निर्माणका लागि रु ३५ लाख विनियोजन गरिएको छ । भगजोगनीमा सामुदायिक भवन निर्माण, दाउन्नेदेवी क्याम्पसमा सटर निर्माण र सुस्ता गाउँपालिका–४ रामजानकी मन्दिरमा सामुदायिक भवन निर्माणका लागि रु २५/२५ लाख छुट्याइएको छ ।

प्रतापपुर स्वास्थ्यचौकी प्रतापपुर, कुडिया स्वास्थ्यचौकी सुस्ता, पञ्चनगर महिला कल्याण कृषि सहकारी बर्दघाट, सरावल–४ हात्तीवन सामुदायिक भवन निर्माण, सरावलकै मङ्गलपुरमा सामुदायिक भवन निर्माण, दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाट र त्रिभुवन क्याम्पस बेलाटारीका लागि रु २०/२० लाख विनियोजन गरिएको छ ।

प्रतापपुर–५ स्थित बैदौली पुल धर्मशालाका लागि रु १९ लाख ४० हजार तथा सरावल–६ स्थित पुसौलीको अधुरो सडक निर्माण र सरावल–४ को कोटहीमाई दुर्गा मन्दिरमा उद्यान निर्माणका लागि रु १५/१५ लाख विनियोजन गरिएको छ । प्रतापपुर–३ स्थित आमासमूह अमहवाको अधुरो भवन निर्माण, प्रतापपुर–२ गोपीगञ्जस्थित प्रगतिशील महिला समूह, बर्दघाट–१६ सूर्यनगरस्थित बौद्धगुम्बा, बर्दघाटको लघुनाहामा दलित महिला भवन निर्माणका लागि रु १०/१० लाख विनियोजन गरिएको छ । संसारकोट मन्दिर तथा अधुरो महिला भवन निर्माणका लागि रु सात लाख विनियोजन गरिएको मन्त्री त्रिपाठीले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies