Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

ओलीको चेतावनी, ‘अध्यक्ष र प्रधानमन्त्री छोड्दिनँ, जे गर्नुहुन्छ, गर्नुस्’

काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा सहमतिअनुसार अघि बढ्नुपर्ने पद्धतिलाई तिरस्कार गर्न खोजिएकामा असन्तुष्टि व्यक्त गर्दै कुनै पनि हालतमा प्रधानमन्त्री र अध्यक्ष पद नछोड्ने बताएका छन् ।

आजको राजधानी दैनिकमा खबर छ - शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले महाधिवेशन नहुदाँ सम्म हरेक निर्णय सहमतिमै गर्नुपर्ने नियम भत्काई पार्टी एकताको स्प्रिट तोड्न लागेकामा आक्रोश व्यक्त गर्दै आफूलाई महाधिवेशनअघि अध्यक्षबाट र निर्वाचनअघि प्रधानमन्त्रीबाट कसैले हटाउन नसक्ने चेतावनी दिएका छन् ।

सचिवालय बैठकबाटै सहमति खोज्ने प्रयास भए पनि दुई अध्यक्षको प्रस्तावबारे सहमति खोज्न शनिबारको सचिवालय बैठक असफल भएको छ । प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको विवाद सचिवालय बैठकबाटै समाधान गर्नुपर्नेमा जोड दिएका थिए तर सहमति हुन नसकेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल पक्षले भने दुवै प्रस्ताव स्थायी समितिको बैठकमा लगेर छलफल गर्नुपर्नेमा जोड दिएका थिए ।

सचिवालय बैठकले सहमति खोज्न नसकेपछि दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा लगेर छलफल गर्ने गरी सचिवालय बैठकले निर्णय गरेको छ । जसअनुसार आज आइतबार (२१ मंसिरमा) पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठक बस्ने निर्णय गरिएको छ ।

प्रधानमन्त्री ओलीले भने स्थायी कमिटीको बैठक केही दिनपछि राख्न प्रस्ताव गरेका थिए । सचिवालय बैठकमा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा कार्यदल बनाएर पार्टीको संकट निवारण गर्नुपर्ने प्रस्ताव राखेका थिए तर नेता गौतमले थापाको प्रस्ताव अस्वीकार गरे ।

प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको विवाद समाधान गर्न गृहमन्त्री तथा सचिवालय सदस्य थापाले ल्याएको प्रस्ताव प्रभावकारी हुन सक्ने भन्दै थापाको प्रशंसा गरेका थिए । सचिवालय बैठकमा थापाले ल्याएको प्रस्तावमा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा महासचिव विष्णु पौडेललले सहमति जनाएका थिए ।

अध्यक्ष तथा प्रधाननमन्त्री ओलीले विभिन्न गलत उद्देश्य पूरा गर्न बैठकमा बल प्रयोग गर्न थालिएको भन्दै त्यसको सशक्त प्रतिरोध गरिने बताए । ‘तपाईंहरूले बल प्रयोग गरेर जसरी पनि बैठक राख्नुभएको छ, सहमति भाँड्न खोज्नुभएको छ, त्यो कार्य मेरा लागि मान्य हुने कुरै छैन,’ प्रधानमन्त्री ओलीले भने । वरिष्ठ नेता नेपालले ओलीमा अझै घमण्ड र अहंकार रहेको भन्दै सच्चिनुपर्ने आवश्यकता औंल्याएका थिए ।

सचिवालय बैठक बस्नुअघि दुई अध्यक्ष ओली र दाहालले छुट्टाछुट्टै छलफल गरेका थिए । उनीहरूबीच तीन हप्तादेखि संवाद हुन सकेको थिएन । तर लामो संवादहीनता तोड्दै दुई अध्यक्षबीच गोप्य छलफल भएपछि नेकपामा देखिएको संकट केही मत्थर हुने विश्वास गरिएको थियो तर शनिबारको सचिवालय बैठकमा कुनै सहमति भएन ।

ओलीले स्थायी कमिटी बैठकका एजेन्डा के हुने भन्दै अर्का अध्यक्ष दाहालसँग प्रश्न गरेका छन् । तर अध्यक्ष दाहालले यसअघि नै बैठक मिति र एजेन्डा तय भइसकेको बताउँदै अब दुवै अध्यक्षले पेस गरेको प्रस्तावबारे स्थायी कमिटी बैठकमा छलफल हुने बताए ।

अध्यक्ष ओलीले आइतबारको बैठक बस्न नसक्ने अडान लिए पनि बहुमत सदस्यले बैठक बस्नुपर्ने अडान लिएको सचिवालय बैठकमा सहभागी एक नेताले बताए । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठेले आइतबार स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने जानकारी दिए ।

‘स्थायी कमिटी बैठक बस्ननुपर्ने औचित्य अहिले छैन, बैठकका एजेन्डा पनि छैनन्,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, ‘पार्टी एकताको सहमति र पार्टी विभाजन गर्ने हिसाबले जानु राम्रो होइन ।’

तर अध्यक्ष दाहालले स्थायी कमिटी बैठकमा दुवै अध्यक्षले पेस गरेको प्रस्तावमा छलफल हुने एजेन्डा सुनाए । अहिले पार्टी गम्भीर अवस्थामा पुुगेकाले दुवै अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमा छलफल गर्नु नै अहिलेको एजेन्डा रहेको उनले बताए ।

‘संकट समाधान गर्न मैले पनि प्रस्ताव पेस गरेको छु । केपी कमरेडले पनि पेस गर्नुभएको छ । त्यसमाथि छलफल गर्ने हो । धेरै दिनपछि आज केपी कमरेड र मेरो कुरा भयो,’ दाहालले भने, ‘तर त्यसमा केही सहमति र निष्कर्ष केही भएको छैन । भोलि स्थायी कमिटीको बैठक बोलाएकै छौं, अब त्यहीँ छलफल गरौं ।’

सचिवालय सदस्य ईश्वर पोखेरलले पहिला सचिवालयकै बैठकमा छलफल गरेर मात्रै स्थायी कमिटीमा जाँदा राम्रो हुने भए पनि सचिवालयमा नसकेपछि स्थायी कमिटीमा जानु नै उपयुक्त हुने बताएका थिए । उनले आफ्ना विचार त्यहीँ राख्ने पनि बताएका थिए । तर महासचिव विष्णु पौडेलले सचिवालयको औचित्यमाथि प्रश्न उठाएका थिए । उनले सचिवालयको औचित्य समाप्त भइसकेको भन्दै सचिवालय विघटन गर्नुपर्ने प्रस्ताव समेत राखेका छन् ।

‘प्रचण्डको लाञ्छना पत्र छलफलका निम्ति उपयुक्त होइन । त्यसलाई फिर्ता लिनुपर्छ । यसलाई लिएर स्थायी कमिटीमा जान सकिन्न । स्थायी कमिटीको बैठक भोलि बस्दैन । यहीँ छलफल गरौं । एउटा निष्कर्ष निकालौं । त्यसपछि मात्रै स्थायी कमिटीको बैठक हुन सक्छ,’ प्रधानमन्त्री ओलीले बैठकमा भनेका थिए ।

ओली बोलेलगत्तै वरिष्ठ नेता नेपालले ओलीको कार्यशैलीको आलोचना गरेका छन् । ‘तपाईंलाई अझै पनि म नै सुप्रिम भन्ने भ्रम छ । हामी सबै बराबर हौं । आत्मालोचन गर्नुस् पहिला । अरूका कुरा पनि सुन्नुस्,’ वरिष्ठ नेता नेपालले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies