Khabar Dabali Logo
  January 18, Mon

भिजिट भिसामा मानव तस्करी भएको आशंकामा गृहले थाल्याे छानबिन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’ मा मानव तस्करी भइरहेको आशंकामा गृह मन्त्रालयले छानबिन थालेको छ । अन्तर्राष्ट्रिय उडान सुचारु भएसँगै ठूलो संख्यामा युवा–युवती भिजिट भिसाबाट खाडी देशमा गएको पाइएपछि छानबिन सुरु गरिएको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – गृह मन्त्रालयले उपसचिव रुद्र पण्डितको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । समितिमा अध्यागमन विभागका निर्देशक चुणा न्यौपानेलगायत सदस्य छन् । मानव तस्करी गिरोहसँगै मिलेर अध्यागमनका कर्मचारीले भिजिट भिसामा सहजै जान दिएको सूचनाका आधारमा छानबिन थालिएको मन्त्रालय स्रोतले जनाएको छ ।

‘खासगरी रातिको उडानमार्फत ठूलो संख्यामा नेपाली युएई र कतार गएको देखियो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘प्रारम्भिक छानबिनमा केही कर्मचारीको मिलेमतो देखिएको छ ।’ अध्यागमन विभागले सेटिङमा संलग्न भएको आशंकामा केही कर्मचारीलाई विमानस्थलस्थित अध्यागमन कार्यालयबाट हटाइसकेको छ ।

स्रोतका अनुसार विमानस्थलस्थित अध्यागमन प्रमुख गौलोचन सैंजूलाई समेत छानबिनको दायरामा ल्याइएको छ । गैंजूले भने अध्यागमनबाट कुनै गल्ती नभएको दाबी गरे । ‘तोकेको कागजपत्र देखाएपछि हामीले जान दिनैपर्‍यो,’ उनले भने, ‘शंकास्पद लागेकालाई हामीले दैनिक रूपमा फर्काइरहेका पनि छौँ ।’

गृह स्रोतका अनुसार सेटिङकै कारण अध्यागमन र प्रहरीबीच समेत विवाद भएको थियो । छानबिन समितिले अन्तर्राष्ट्रिय उडान खुलेपछि भिजिट भिसामा विदेश गएका नेपालीको सबै विवरण संकलन गरिसकेको छ । खासगरी दुबईमा ठूलो संख्यामा नेपाली गएका छन् । दुबईमा कामदारको माग हुन थालेकाले भिजिट भिसामा सेटिङ मिलाएर लैजान थालिएको छ ।

भिजिट भिसामा मानव तस्करी गरिरहेको आशंकामा वैदेशिक रोजगार विभागले पनि शुक्रबार केही मेनपावर कम्पनीमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ ।

मंसिर २० गते, २०७७ - ०८:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईपीजी प्रतिवेदन बुझ्न तयार होला भारत ?

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लमिा हुन लागेको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकले प्रबुद्ध...   

अब ६० अंक ल्याए सवारी लाइसेन्स पाइने

काठमाडौं । सवारीसाधन चलाउन अनुमतिपत्र लिन अनिवार्य पास गर्नुपर्ने प्रयोगात्मक परीक्षा (ट्रायल) लाई...   
प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार

प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार

काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री...   

परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो...   

कोरोनाले अस्त व्यस्त उद्योग धन्दा लयमा फर्किदै

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एउटा प्रतिवेदनले कोरोना महामारीपछि गरिबभन्दा...   

भारतबाट थप १५ मेगावाट विजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयत गर्न अनुमति पाएको...   

ओलीको बोली र व्यवहार फरक–फरक

काठमाडौं । २०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद्...   
मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान

मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान

काठमाडौं । हिजोआज झ्यापझ्याप बत्ती निभिरहन्छ । छिनको छिनमै बिजुली गएर नागरिकलाई हैरान पारे पनि सरकारले...   

आयोगलाई प्रचण्ड–माधव पक्षको प्रश्न : पार्टीले हटाएको ओलीलाई किन ‘अध्यक्ष’ भनेको ?

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षले पार्टीमा बहुमत पक्षले गरेको निर्णय कार्यान्वयन...   
यसरी गरिँदैछ प्रचण्ड–माधव एकता

यसरी गरिँदैछ प्रचण्ड–माधव एकता

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top