


‘भारतीय गुप्तचर संस्थाका प्रमुखको भ्रमण अपारदर्शी छैन’


-
-
मंसिर २० गते, २०७७ - ०८:०१

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय गुप्तचर संस्था (रअ) प्रमुखको भ्रमणले थुप्रै परिणाम ल्याइसकेको भन्दै पुरानै कुरामा अड्किएर बस्नुको अर्थ नरहेको बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिको शुक्रबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले रअ प्रमुख सामन्त गोयलको भ्रमण अपारदर्शी नभएको पनि बताए ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – सत्तासीन नेकपा नेता भीम रावलले रअ प्रमुख गोयलको भ्रमण र प्रधानमन्त्री केपी ओलीसँगको भेटवार्ताबारे समितिमा प्रश्न उठाएका थिए । जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले गोयलले रअ प्रमुखका रूपमा नभई भारतका प्रधानमन्त्रीको दूतका रूपमा नेपाल भ्रमण गरेको पनि बताए ।
‘नाकाबन्दीका बेला तत्कालीन सेना प्रमुख राजेन्द्र क्षेत्रीले भारतको भ्रमण गरेको होइन र ? परराष्ट्रमन्त्री ज्ञवालीले प्रतिप्रश्न गर्दै भने, ‘दुई देशका सरकारबीच औपचारिक संवाद नभइरहेका बेला कूटनीतिमा व्यापारिक, धार्मिक मान्छे प्रयोग हुने गरेको छैन र ?’
रअ प्रमुख गोयलको भ्रमणपछि भारतका तर्फबाट उच्चस्तरीय भ्रमण भइरहेकाले थुप्रै परिणाम आइसकेको उल्लेख गर्दै ज्ञवालीले पुरानै कुरामा अड्केर बस्नुको अर्थ नरहेको बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले छिमेकी चीनले नेपाली भूमि मिच्यो भन्नु अतिरञ्जित प्रचार मात्र भएको पनि बताए । विपक्षी कांग्रेसका प्रकाशमान सिंहले चीनसँगको सीमा विवाद संवेदनशील भएको भन्दै प्रश्न गरेपछि परराष्ट्रमन्त्री ज्ञवालीले चीनसँग सीमा विवाद नरहेको बताए ।
०७२ सालमा कृषि मन्त्रालयमा हुँदै नभएको नापी विभागको हवाला दिएर चीनले नेपाली भूमि मिच्यो भनेर अतिरञ्जित प्रचार

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भारतले रोकेन महाकालीमा एकतर्फी तटबन्ध
दार्चुला । काम रोक्न नेपाली पक्षले गरेको आग्रहलाई उपेक्षा गर्दै भारतले महाकालीमा एकतर्फी रुपमा तटबन्ध...शुरू भयो किसान क्रेडिट कार्ड, किसानलाई के फाइदा ?
काठमाडौं । कृषि ऋणमा सहज पहुँच पुर्याउन पहिलो पटक ‘किसान क्रेडिट कार्ड’ जारी गरिएको छ । कृषि विकास...खाँचो परेका बेला राष्ट्रियसभा झनै निष्क्रिय
काठमाडौं। प्रतिनिधिसभा विघटन भएको एक महिना पूरा भएको छ । यसबीचमा संसद्को उपल्लो सदन राष्ट्रियसभा...पाँच दिनभित्र कोरोनाविरुद्धको खोप जिल्लामा पुग्ने
काठमाडौं । सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने...भुइँको टिप्दा न बादल, न वामदेव
काठमाडौं । ‘भुइँको टिप्न खोज्दा खल्तीको झर्ने’ यो उखान नेपाली राजनीतिमा बढी नै चरितार्थ हुन थालेको...नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै
काठमाडौं । सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा...आयोगले दलको आधिकारिकता आफूहरुलाई दिने प्रधानमन्त्रीको रिडिङ
काठमाडौं । राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टी विभाजनका लागि संसदीय दल र पार्टी केन्द्रीय कमिटी...पुरुषमा पनि बढ्दै छ स्तन क्यान्सर
काठमाडौं । पुरुषमा समेत स्तन क्यान्सर बढ्दै गएको पाइएको छ । सामान्यतया स्तन क्यान्सर महिलाको रोग भनिन्छ...संवैधानिक आयोगहरूमा स्वेच्छाचारी नियुक्ति गर्ने अध्यादेशविरुद्धको रिट ३५ दिनसम्म सुनुवाइ भएन
काठमाडौं । संवैधानिक आयोगहरूमा स्वेच्छाचारी नियुक्ति गर्न सरकारले ल्याएको अध्यादेशविरुद्धको रिट...अब नियम विपरीत सुरक्षाकर्मी राख्नेले तलब भत्ता आफै व्यहोर्नुपर्ने
काठमाडौं । सुरक्षाकर्मीको दुरुपयोग रोक्न सरकारले नयाँ मापदण्ड बनाएको छ । अब नियमविपरीत कसैले सुरक्षाकर्मी...
