


दक्षिण एसियाकै ठूलो म्याग्नेसाइट उद्योग २२ वर्षदेखि बन्द


-
-
मंसिर २० गते, २०७७ - ०७:३०

दोलखा। दोलखा र सिन्धुपाल्चोक जिल्लामा फैलिएको छ, ओरियन्ड म्याग्नेसाइट उद्योग । यो दक्षिण एसियाकै ठूलोमध्येको एक म्याग्नेसाइट उद्योग हो । तर, देशको औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने सम्भावना बोकेको यो उद्योग पछिल्लो दुई दशकयता बेहाल अवस्थामा छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – बेलाबेलामा पुनः सञ्चालनमा ल्याउने चर्चा चले पनि २२ वर्षदेखि यो उद्योग सञ्चालनमा आउन सकेको छैन । यो उद्योगले कुनै समय २ हजारभन्दा बढीलाई रोजगारी दिएको थियो। सरकारी उदासीनताका कारण उद्योग सञ्चालनमा नआएपछि अर्बाैं मूल्य बराबरको म्याग्नेसाइट र खरिढुंगा उपयोगविहीन बनेका छन् । उद्योग सञ्चालनमा नआउँदा हजारौंले रोजगारीको अवसर गुमाएका छन् भने उद्योगको करोडाैं मूल्य बराबरको संरचना र सामान कवाडीमा परिणत हुँदै गएका छन् ।
ओरियन्ड म्याग्नेसाइटको विश्व बजारमा उच्च माग हुँदाहुँदै भारतीय एक कम्पनीको दबाबमा ०५५ सालदेखि उद्योग पूर्ण रूपमा बन्द भएको हो । ०५८ सालमा तत्कालीन माओवादीले ओरियन्ड म्याग्नेसाइट उद्योगमा आगजनी गरेर करोडौंको सामान नष्ट गरेपछि अहिले यो उद्योगको भग्नावशेष मात्र बाँकी छ ।
सरकारी बेवास्ताकै कारण उद्योग सञ्चालनमा आउन नसकेपछि थुप्रै बहुमूल्य मेसिनका पार्टपुर्जा चोरी भइसकेका छन् । २२ वर्षदेखिका कुनै पनि सरकारको पालामा उद्योग सञ्चालनमा ल्याउन विशेष प्रयत्नसमेत नगरेका कारण उद्योगमा केही सुरक्षा गार्डबाहेक १६ जना कर्मचारी राजधानीमै तलब बुझेर बसेका छन् ।
नेपाल सरकारको ७५ प्रतिशत, खेतान समूहको १२.५ प्रतिशत र भारतीय कम्पनी उडिसा इन्डस्ट्रिजको १२.५ प्रतिशत लगानी रहेको यो उद्योग सुरुदेखि नै अप्ठ्यारोमा परेको थियो । भारतीय कम्पनीको गलत नियत र नेपाल सरकारको बेवास्ताका कारण उद्योग डुबेर भारतीय पक्षले पुनः सञ्चालनमा ल्याउन नदिएपछि उद्योगको अवस्था जीर्ण बन्दै गएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सरकारको स्वीकृति बिनै नेपाली युवा कतार प्रहरीमा भर्ना
काठमाडौं । नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ...धौवादीबाट ३५ प्रतिशत शुद्ध फलाम
नवलपुर । नवलपुरको धौवादी फलाम खानीबाट उत्पादन हुने भएको छ । त्यहाँ भएको कच्चा पदार्थबाट ३५ प्रतिशतसम्म...तुलनात्मक रूपमा कोभिसिल्ड सुरक्षित
काठमाडौं । बुधबारदेखि लगाउन थालिने कोरोना भाइरस संक्रमण रोकथामविरुद्धको ‘कोभिसिल्ड’ खोप तुलनात्मक...नेपाल–चीन व्यापारमा अवरोध
काठमाडौं । २०७२ वैशाखको भूकम्पपछि पटक पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन...आयोगको अनिर्णय : नेकपा कानुनी रुपमा विभाजित हुन लम्बियो प्रक्रिया
काठमाडौं । राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा विभाजित हुने प्रक्रिया...जब प्रधानमन्त्रीले नै कर्मचारीलाई राजनीतिमा लाग्न सल्लाह दिए
काठमाडौं । निजामती सेवा ऐनको दफा ६१ मा निजामती कर्मचारीहरु राजनितीमा सहभागी हुन नपाउने व्यवस्था छ...काठमाडौं–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर
काठमाडौं । काठमाडौं–तराई–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृत...कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिबाट नै फैलिन सक्छ संक्रमण
काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिले अरूलाई कोरोना भाइरस सार्न सक्ने हुँदा लकडाउनका...‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड
काठमाडौं । काठमाडौंका विभिन्न स्थानका सडक छेउमा यतिखेर खाल्डो खनेर माटो थुपारिएको छ । सवारी–साधन...दलितलाई थर लेख्न अझै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन
काठमाडौं । काठमाडौं महानगरपालिका–३१ का कुमार आछामीको नागरिकतामा नाम ‘कुमार सार्की’ छ । पहिले नागरिकता...

प्रतिकृया लेख्नुहोस्:
- प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप लगाइने
- ‘केटू’ हिमालको आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपालीलाई काठमाडौँमा भव्य स्वागत
- गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना व्यक्त
- सरकारको स्वीकृति बिनै नेपाली युवा कतार प्रहरीमा भर्ना
- धौवादीबाट ३५ प्रतिशत शुद्ध फलाम