Khabar Dabali Logo
  January 25, Mon

पेट र मुख छ भन्दैमा जेमा पनि, जे पनि हसुर्नु हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासनिर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र सांस्कृतिक नामका अन्तरविरोधले देशको विकास र एकतामा आघात पर्ने भएकाले त्यसो नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुुवाटारमा आज आयोजित रक्षा मन्त्रालयको चालुु आर्थिक वर्षको पहिलो चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालस्तरीय विकास समस्या समाधान समितिको बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस द्रुतमार्गको प्रवेशविन्दु ललितपुरको खोकनाको जग्गाको मुुआब्जा विवादमा सरकारलाई संस्कृति र जातविरोधी चित्रण गरेर आफ्ना निहित फाइदा उठाउनेलाई सम्झाइबुुझाइ गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले विकासनिर्माणका काम कछुवा गति नभई तीव्र गतिमा गर्न आग्रह गर्दै भ्रष्ट सोचाइ भएकाहरुले जे काममा पनि भ्रष्टाचार हुन्छ भन्ने देख्ने गरेको बताए। उनले भने, “एकथरिलाई सबै काममा भ्रष्टाचार हुन्छ भन्ने लागेको छ । ती भ्रष्ट सोचाइ भएकाले भ्रष्टाचार नहुने कुरा पत्याउँदैनन् । पेट र मुख छ भन्दैमा जेमा पनि, जे पनि हसुर्नु हुँदैन । त्यस्तो भएमा गाईँभैँसी र मान्छेमा भिन्नता हुँदैन । त्यस्ताले विकासनिर्माणमा उल्झन ल्याउँछन् ।”

उनले भने, “खोकनामा जनतामा मात्र होइन, त्यहाँका देवताका मठमन्दिर पनि उठाउन लागियो भन्ने गलत कुरा फैलाएर स्थानीयवासीको सेन्टिमेन्ट लिन खोजिएको छ । समस्या समाधानमा लाग्नुुपर्ने जनप्रतिनिधि र नेताहरु उल्टै समस्या बल्झाउन लागेका छन् । समाजमा साम्प्रदायिकता भड्काउने तथा अशान्तिको विष छर्ने यस्ता प्रयासबाट सतर्क हुनुुपर्छ ।”

रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री ओलीले जातीय लडाइँ सिर्जना गर्दा राष्ट्रिय एकता ध्वस्त हुने भएकाले सबै मिलेर यस्ता समस्याको समाधान गरी सबै जातिको उत्थान गर्नुपर्नेमा जोड दिए ।
उनले सरकारले भत्किएका पुरातात्त्विक भवन र सम्पदा पुनःनिर्माण तथा ऐतिहासिक गढीहरुको संरक्षण गरिरहेकाले विकासनिर्माणका आयोजना गर्दा त्यस्ता संरचना र सम्पदालाई असर नपार्ने गरी काम गरिने स्पष्ट गरे । उनले खोकनाको जग्गा विवाद मिलाउन राष्ट्रिय योजना आयोग, अर्थ, भौतिक पूर्वाधार तथा यातायात र रक्षा मन्त्रालय तथा नेपाली सेनालाई समन्वयात्मक पहल गर्न निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले बङ्करदेखि ब्यारेकसम्मका कार्यक्रमलाई आगामी आर्थिक वर्षभित्र सक्ने गरी काम गर्न तथा चुरे क्षेत्र संरक्षणमा ध्यान दिन सम्बन्धित पक्षलाई निर्देश गर्दै कठिन स्थानका सडक तथा पूर्वाधारका काममा सेनालाई जिम्मा दिनैपर्ने वा अरुले नसक्ने भएमा मात्रै उसलाई दिन आग्रह गरे । उनले नेपाली सेनाको सिंहदरबारस्थित चण्डीदल गणको नयाँ भवन निर्माणका लागि बजेट विनियोजन र काम अघि बढाउन पनि सम्बन्धित मन्त्रालयका प्रतिनिधिलाई आग्रह गरे।

उनले कोभिड–१९ को महामारीको शुरुदेखि ज्यान जोखिममा राखेर सेनाले गरेको मानवीय कार्य र प्राकृतिक विपत्तिमा निर्वाह गरेको अग्रमोर्चाको भूमिका प्रशंसनीय रहेको बताउँदै पहिलो चौमासिकको मन्त्रालयको प्रगतिप्रति सन्तोष व्यक्त गरे ।

रक्षा मन्त्रालयको प्रगति ३५ प्रतिशत
सो अवसरमा योजना आयोगका उपाध्यक्ष डा पुुष्पराज कँडेलले खोकनाको जग्गामा विवाद सुुल्झाउन अन्तरमन्त्रालय समन्वय भइरहेको अवगत गराए भने प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यक्रम र आयोजनाहरुका लागि सेनालाई पर्याप्त बजेट उपलब्ध गराउन आग्रह गरे । मन्त्रालयको प्रगति समीक्षा प्रस्तुत गर्दै सचिव रेश्मीराज पाण्डेले गत कात्तिकसम्म ३४ दशमलव ५७ प्रतिशत प्रगति भएको जानकारी दिए।

सो मन्त्रालयस्तरमा चालु आवमा २१ माइलस्टोन रहेकामा १६ वटामा हरियो सङ्केत प्राप्त भएको उनले बताए । उनले राष्ट्रिय सुरक्षा नीतिको कार्ययोजना स्वीकृत भई कार्यान्वयनका चरणमा रहेको र राष्ट्रिय प्रतिरक्षा नीति राष्ट्रिय सुरक्षा परिषद्बाट पारित भई मन्त्रिपरिषद्मा पेश हुने क्रममा रहेको पनि जानकारी दिए ।

मंसिर १९ गते, २०७७ - १७:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिइँदै, आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नेपाल आंशिक प्राध्यापक सङ्घसँगको सहमति कार्यान्वयनका लागि...   

पक्ष र विपक्षमा शक्तिको प्रदर्शनले देश मुठभेडतर्फ जाने खतरा बढ्यो : अध्यक्ष थापा

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनैतिक दलका नेता एक अर्काको आरोप प्रत्यारोपमा...   

प्रचण्ड-नेपाल पक्षद्वारा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत...   

सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको...   

भीरबाट लडेर वडा सदस्यको मृत्यु, गाउँपालिका उपाध्यक्ष भुजेललाई पितृशोक

खोटाङ । भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ...   

संसद् विघटन असंवैधानिक भन्दै कराउनेहरु देश विरोधी हुन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन असंवैधानिक भयो भन्दै कराउनेहरु देश र संविधान...   

विश्व रेकर्ड होला, दुईवटा किड्नी भएकाे प्रधानमन्त्री कोही छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शारीरिक अपगङ्गता भएका व्यक्तिमा सबैभन्दा बढी समस्यामा...   

नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित

सुर्खेत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत...   
तस्विरमा हेर्नुहोस् मुख्यमन्त्री शेरधन राईको विवाह

तस्विरमा हेर्नुहोस् मुख्यमन्त्री शेरधन राईको विवाह

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षियमन्त्री...   
मुख्यमन्त्री शेरधन राईले कसे लगनगाँठो, बेहुलामा यस्तो देखिए

मुख्यमन्त्री शेरधन राईले कसे लगनगाँठो, बेहुलामा यस्तो देखिए

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षियमन्त्री...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top