


खाली विद्यालय भवनमा कोरोना अस्पताल निर्माण


-
-
मंसिर १९ गते, २०७७ - १२:१०

बलेवा । खाली रहेको विद्यालय भवन उपयोग गरेर बागलुङको काठेखोला गाउँपालिकाले अस्थायी कोभिड–१९ अस्पताल निर्माण गरेको छ । काठेखोला वडा नं ६ बिहुँमा रहेको भीमसेन प्राथमिक विद्यालयको भवनमा कोरोना सङ्क्रमितको उपचारका लागि दश श्ययाको अस्पताल तयार गरिएको हो ।
विद्यार्थी सङ्ख्या कम भएर नजिकैको अर्को विद्यालयमा प्राथमिक तह गाभिएपछि खाली रहेको सो विद्यालयको भवन उपयोग गरिएको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिए ।
भीमसेन प्रावि नजिकै रहेको भीमसेन माविमा गाभिएपछि भवन खाली थियो । “अस्थायी अस्पताल बनाउन अन्य भवन थिएनन्, विद्यालयको खाली भवनको उपयोग गर्यौं”, उनले भने, “कोभिड अवधिभर यो भवनमा अस्पताल रहनेछ ।” पहिले क्वारेन्टाइन बनाइएको भवनमा श्ययाका लागि आवश्यक पूर्वाधार निर्माण गरेर अस्पतालका रुपमा विकास गरिएको हो । अस्पताल सञ्चालनका लागि गाउँपालिकाले जनस्वास्थ्य अधिकृत सातौँ तहका रामचन्द्र लामाको नेतृत्वमा चार जना खटाएको छ । दुई स्टार्फ नर्स करार सेवामा छन् । एक कार्यालय सहयोगी पहिलेदेखि नै सेवारत छन् ।
“अस्थायी भए पनि अस्पताल हो, आवश्यक पूर्वाधार सम्पन्न बनाइएको छ”, प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्कीले भने, “मितव्ययी हिसाबले बिरामीको हितमा अस्पताल चल्नेछ ।” अस्पतालको अनुगमन गाउँपालिकाले गर्ने तथा आवश्यक पूर्वाधार, उपकरण र औषधिको व्यवस्था गरिएको उनले बताए ।
गाउँपालिकालाई सङ्घीय सरकारले अस्थायी कोभिड अस्पतालको लागि रु १० लाख उपलब्ध गराएको थियो । रु पाँच लाख कर्मचारीको व्यवस्थापन र बाँकी रु पाँच लाखमा पूर्वाधार निर्माण गर्ने कार्यविधि छ । “सरकारले पाँच श्ययाको अस्पताल बनाउन भनेको थियो, हामीले दश श्ययाको बनायौँ”, अध्यक्ष थापाले भने, “सम्भावित बिरामी, जनशक्ति र पूर्वाधारका आधारमा श्यया बढाइएको हो ।” गाउँपालिकाले चिकित्सकका लागि आवेदन मागे पनि नपरेपछि जनस्वास्थ्य अधिकृतलाई जिम्मेवारी दिएर थप प्रक्रियामा लागेको छ ।
काठेखोलामा हालसम्म ७८ सङ्क्रमितमध्ये ७४ जना निको भइसकेका छन् । अस्थायी अस्पतालमा दुई जनाले उपचार गराइरहेका छन् । अस्पतालमा रहेका सङ्क्रमितलाई आइसोलेसनमा दैनिक तीन पटक खानाको व्यवस्था गरिएको र कोभिड महामारीमा काम गर्ने स्वास्थ्यकर्मीलाई ५० र ७५ प्रतिशत जोखिम भत्ताको व्यवस्थापन गरिइको गाउँपालिकाले जनाएको छ । अस्पताल सञ्चालनपछि अक्सिजन आवश्यक बिरामीको काठेखोलामै उपचार हुनेछ । भेण्टिलेटर र सघन उपचार कक्षका आवश्यक बिरामीलाई मात्रै सदरमुकाम बागलुङ बजार पठाइने छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने अभियुक्त पक्राउ
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी...प्रदेश नं १ : कृषिमा उल्लेखनीय प्रगति
विराटनगर । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक वर्षका अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको...निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याइने
कैलाली । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य तथा धनगढीका व्यवसायी गोपाल हमालको...चालू आर्थिक वर्षको ६ महिनामा साढे छ खर्बको आयात
काठमाडौँ । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि...एनआईबीएल बैंकको ३४ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न
काठमाडौँ । नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो ३४ औं वार्षिक...जुलुसमा निर्धारित नारा मात्र लगाउन नेकपाको निर्देशिका जारी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने...हुम्लामा २ दिनदेखि हवाई उडान अवरुद्ध
सिमकोट । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको...जलवायु परिवर्तन प्रभावको कारण बालबालिकामा बढ्दो कुपोषण
पेरिस । गरीबी र सरसफाई जस्ता परम्परागत कारणहरूले भन्दा बढी जलवायु परिवर्तनको प्रभावले गम्भीर बाल...भारतीय प्रधानमन्त्री मोदी, मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९...बाइडेन अमेरिकाको राष्ट्रपति भएकोमा विश्वका नेताहरुबाट बधाई
पेरिस । संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले बुधबार शपथ लिएसँगै विश्वका नेताहरुले उनको...
