


अपाङ्गता दिवसका अवसरमा सहयोग एवं सम्मान


-
-
मंसिर १९ गते, २०७७ - ११:०१

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्बरका अवसरमा अपाङ्गता भएका व्यक्ति तथा त्यस क्षेत्रमा काम गर्ने संस्थालाई सम्मान एवं सहयोग गरिएको छ । मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले बौद्धस्थित एउटै परिवारका अपाङ्गता भएका पाँच जनालाई रु १५ हजार नगद सहयोग प्रदान गरेको छ । समाजका सभापति उत्तम पुडासैनीसहित पदाधिकारीले बिहीबार बौद्धमा उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
यसअघि २० नोभेम्बरमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर समाजले असहाय बालबालिकाको संरक्षणका लागि कार्यरत सुनौलो पाइला परिवार काठमाडौँलाई रु १५ हजार नगद सहयोग प्रदान गरेको थियो । यसैगरी शान्ति समाजको दाङ शाखाले पनि अपाङ्गता दिवसकै अवसरमा तुलसीपुरमा आयोजित कार्यक्रममा अपाङ्गता भएकाको अधिकारका लागि समर्पित रोशन गिरीलाई सम्मान गरेको छ ।
दिवसकै अवसरमा समाज रुपन्देही शाखाले बुटवल उपमहानगरपालिका–१५ स्थित लुम्बिनी अपाङ्ग दुष्टिविहीन अनाथ आश्रमलाई सेतो छडी, खाद्यान्न÷तरकारी सहयोग प्रदान गरेको छ । समाजका तर्फबाट केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल, केन्द्रीय सदस्य लालप्रसाद (कृष्ण) पङ्गेनी, शाखा सभापति धनपति खनाल (डिपी), सहसचिव कपिल ज्ञवाली, कोषाध्यक्ष कृष्ण भट्टराईसहितको टोलीले सहयोग हस्तान्तरण गरेको जनाइएको छ ।
दिवसकै दिन शान्ति समाज दाङ शाखाले केही असहाय बालबालिकालाई सहयोगस्वरुप खाद्यान्न, शैक्षिक सामग्रीस्वरुप पुस्तक र केही नगद सहयोग प्रदान गरेको छ । समाजका संस्थापक सभापति कृष्ण पहाडीसँग रहेको ३०० र समाजसँग रहेका १०० गरी ४०० पुस्तक कैलालीस्थित टीकापुर सामुदायिक पुस्तकालयलाई प्रदान गरिएको छ । पहाडीले यसअघि आफूसँग रहेका दर्जनौँ वस्त्र केही सामाजिक संस्थालाई प्रदान गरिसकेका जनाइएको छ ।
यस वर्षको अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका दिन मङ्सिर २५ गते मध्याह्न १२ बजे समाजले आणविक हतियार निषेध सन्धिलाई शीघ्र अनुमोदन गर्न र आणविक अस्त्ररहित विश्वको आह्वानसहित काठमाडौँस्थित अमेरिका, रुस, चीन, बेलायत, फ्रान्स, भारत, पाकिस्तान, उत्तरकोरिया र इजरायलका राजदूतावास अगाडि एकसाथ प्रदर्शन गर्ने तयारी गरेको सभापति पुडासैनीले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लीकनको आग्रह
वासिङट्न । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति...व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित
वाग्मती । मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् ।...कृषकलाई एक लाख जडीबुटीको बिरुवा वितरण गरिने
भोजपुर । नाङ्गा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडीबुटीको बिरुवा वितरण गरिने...भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु...श्रीलङ्काद्धारा कोरोनाका कारण बन्द सीमा सबै देशका लागि खुला
कोलम्बो । श्रीलङ्काले कोभिड १९को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै...भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा
चितवन । राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग...डेढ वर्षीय बालकको डुबेर मृत्यु
रौतहट । दुर्गाभगवती नगरपालिका १ कोईरी टोल बस्ने अनन्त महतोको डेढ वर्षीय छोरा छपुकुमार महतोको घर अगाडि...आफ्नै आमाको हत्या गरेको अभियोगमा ३३ वर्षीय प्रेम पक्राउ
तनहुँ । आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका ११ दरैपधेरो बस्ने...शुक्लाफाँटाका काउलीले बजारमा मूल्य पाएन
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा...नेपालमै चिनिँदैन अर्थोडक्स चिया
इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा...
