


इलाममा चियाको अध्ययन तथा परीक्षण केन्द्र शिलान्यास


-
-
मंसिर १८ गते, २०७७ - १६:३७

पशुपतिनगर । नेपाली चियाको उत्पादन, प्रशोधन र बजारीकरणको प्रवद्र्धन गर्ने उद्देश्यले इलाममा चिया अध्ययन तथा परीक्षण केन्द्र निर्माण शुरु भएको छ । सूर्योदय नगरपालिका इलामको २० प्रतिशत र प्रदेश नम्बर १ सरकारको ८० प्रतिशत लगानीमा सो केन्द्र निर्माण शुरु भएको हो । रु २३ करोड लगानीमा निर्माण शुरु भएको केन्द्रको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्दै देशभर उत्पादन हुने चिया गुणस्तर जाँच गरी विश्व बजारमा पु¥याइने भएकाले केन्द्रले नेपाली चियाको प्रवद्र्धनमा ठूलो योगदान गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रदेश नं १ सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाले केन्द्रमा प्रदेश सरकारको लगानी भए पनि देशभरको चियाको गुणस्तर जाँच हुने बताए । चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णु भट्टराईले केन्द्रबाट चियाको अन्तरराष्ट्रिय बजार विस्तारमा सहयोग पुग्ने बताए ।
प्रदेशसभा सदस्य काजीमान कागतेले चियाको राजधानी घोषित सूर्योदय नगरपालिकामा निर्माण हुने केन्द्रले इलामको मात्रै नभएर देशभरका चियाखेती गर्ने किसान, उद्योगी र व्यवसायीको मनोबल बढ्ने बताए ।
कन्याम चिया बगानसँगै रहेको ११ रोपनी क्षेत्रफलमा केन्द्र निर्माण हुनेछ । सूर्योदय –७ मा १८ महिनामा केन्द्र निर्माण सम्पन्न भइसक्ने नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लीकनको आग्रह
वासिङट्न । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति...व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित
वाग्मती । मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् ।...कृषकलाई एक लाख जडीबुटीको बिरुवा वितरण गरिने
भोजपुर । नाङ्गा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडीबुटीको बिरुवा वितरण गरिने...भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु...श्रीलङ्काद्धारा कोरोनाका कारण बन्द सीमा सबै देशका लागि खुला
कोलम्बो । श्रीलङ्काले कोभिड १९को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै...भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा
चितवन । राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग...डेढ वर्षीय बालकको डुबेर मृत्यु
रौतहट । दुर्गाभगवती नगरपालिका १ कोईरी टोल बस्ने अनन्त महतोको डेढ वर्षीय छोरा छपुकुमार महतोको घर अगाडि...आफ्नै आमाको हत्या गरेको अभियोगमा ३३ वर्षीय प्रेम पक्राउ
तनहुँ । आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका ११ दरैपधेरो बस्ने...शुक्लाफाँटाका काउलीले बजारमा मूल्य पाएन
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा...नेपालमै चिनिँदैन अर्थोडक्स चिया
इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा...

प्रतिकृया लेख्नुहोस्:
- भीरबाट लडेर वडा सदस्यको मृत्यु, गाउँपालिका उपाध्यक्ष भुजेललाई पितृशोक
- कनकाईमा विद्युत् शव दाहगृह स्थापनामा पहल शुरु
- ‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड
- दलितलाई थर लेख्न अझै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन
- बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने